दर्ता तथा प्रवेश
भारतीय राजदूत नेपालको राजनीतिमा सक्रियता
PDF Print E-mail

काठमाडौं, ३० वैशाख । एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले भेटगरी राजनीतिक परामर्श गर्नु भएको छ ।

 

राजधानीमा शनिवार  भएको अलग अलग भेटबार्तामा भारतीय राजदूत जयन्तले संविधान लेखन र शान्ति प्रक्रियाका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको स्रोतले जनाएको छ ।

भेटका क्रममा पछिल्लो पटक एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ । भारतीय राजदूत जयन्तले पाँच बुँदे सहमति कार्यान्वयनमा एमालेले आलटाल गरेको भन्दै अध्यक्ष खनालसँग असन्तुष्टि जनाएको स्रोतको भनाई छ ।

 

जवाफमा अध्यक्ष खनालले मुलुकको निकास र नयाँ संविधानप्रति सबै दलहरु जिम्मेवार रहेको भन्दै सहमतिमै नयाँ संविधान तोकिएको समयमा आउने बताउनु भएको छ ।

उता, कांग्रेस उपसभापति पौडेलले पनि संविधानका विवादित विषय सहित राज्य पुनर्संरचनामा दलहरु सहमति खोज्ने प्रयासमा रहेकाले निकास आउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

 

राजनीतिक सक्रियता तिव्र बनाएका राजदूत जयन्त केही दिन अघि मात्रै नयाँ दिल्लीबाट नेपाल आउनु भएको थियो । शुक्रवार  मात्रै उहाँले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालासँग राजनीतिक विषयमा परामर्श गर्नुभएको थियो ।

 

कमेन्ट राख्नुहोस्