दर्ता तथा प्रवेश
नेपाली काँग्रेसका केसी धर्नामा
PDF Print E-mail

काठमाडौ, ३० बैशाख । उपभोक्ता समितिमा रहँदा भ्रष्टाचार भएको भन्दै छानबीनमा परेकाहरुलाई उपभोक्ता समितिमा राखेर नयाँ योजनाको सम्झौता गर्न दबाब दिँदै पुर्व मन्त्रि तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी जिविस सोलुखुम्बुमा धर्नामा बसेका छन् ।

 

सल्यान गाविसमा पुग्ने कृषि सडक अन्तर्गतको बजेटमा आफ्नै प्रत्यक्ष हस्तक्षेपमा यस अघि उपभोक्ता समिति बनाएका केसीले पटक पटक सम्झौता गरिदिनका लागि मौखिक दबाब दिए पनि जिविसले कार्यालयले भ्रष्टाचारको आशंकामा छानबीन गरिरहेकाले फेरी तिनै ब्यक्ति राखेर नयाँ सम्झौता गर्न नमाने पछि केसी अनिश्चित कालिन भन्दै धर्नामा बसेका छन् ।

 

अघिल्लो आर्थिक बर्षमा विभिन्न निकायबाट गएको बजेटमा तिङला गविसमा सडक खन्ने क्रममा एक किलोमिटर सडकमा ४० लाख भन्दा बढी खर्च भए पछि जिविसले त्यहाँका तीन वटा समितिमा छानबीनको लागि समितिनै बनाएर लागेको छ । सोही योजना अन्तर्गतको एउटा समितिमा रहेका सल्यानका गणेशकुमार राईको अध्यक्षतामा सल्यान सडकखण्डको लागि नयाँ उपभोक्ता समिति निर्माण गरि केसीले सम्झौता गर्न दबाब दिएका हुन् ।

 

तिङला गाविसको वडा नं १ बरबोट देखि सल्यान लैजाने सडकको लागि यस पटक जिल्ला विकास समितिको कृषि सडक अन्तर्गत २५ लाख, सहरी विकास तथा सब डिभिजन कार्यालय ओखल्ढुङ्गाको १४ लाख र गाविस सल्यानको २ लाख गरि ४० लाखको बजेट खर्च गर्न गाविसमा आफै पुगेर केसीले राईको अध्यक्षतामा समिति बनाएका थिए । राईको अध्यक्षतामा समिति बनाएर जिविसमा उपभोक्ताहरु आए पछि जिविसले निज राई छानबीनमा रहेका भन्दै फर्काएर पुनः अर्को ब्यक्तिको अध्यक्षतामा समिति बनाएर ल्याए मात्र सम्झौता गर्ने बताएको थियो ।

 

नेकपा एमालेका राईलाई काँग्रेस केन्द्रिय सदस्य केसीले अगाडी सारे पछि नेपाली काँग्रेस भित्रै विरोध भएको छ । नाम नखुलाउने सर्तमा काँग्रेसका एक जिल्ला नेताले बताए अनुसार केसीले आफ्नो पार्टनरमा रहेको डोजरलाई काम दिने शतर्ममा राईलाई अगाडी सारेका छन् ।

 

कमेन्ट राख्नुहोस्