दर्ता तथा प्रवेश
मधेसमा देखिएको समस्या हल हुने दाहालको दावी
PDF Print E-mail
काठमाडौँ, ३० वैशाख । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा देखिएको पार्टीको समस्या हल गर्न पार्टीले केही दिनभित्रैमा कार्ययोजना ल्याउने बताउनुभएको छ । 
 
शनिवार आफ्नै निवासमा भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष दाहालले पार्टीले तराईमा देखिएको समस्या हल गर्ने विषयमा वैज्ञानिक उपायहरूको खोज गर्ने र त्यसलाई पार्टी पदाधिकारीको बैठक बसी समाधान गर्ने बताउनुभएको एमाओवादीका सल्लाहकार जालिम मियाँले जानकारी दिनुभयो । 
 
सो अवसरमा भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरूले तराई मधेसमा पार्टी शुद्धीकरणको कार्ययोजना ल्याउन, पार्टीलाई जनताको दैनिक जीवनसँग जोड्न र जनपक्षीयरूपमा स्थानीयस्तरका कार्यक्रमहरू ल्याउनका लागि आग्रह गरिएको सल्लाहकार मियाँले जानकारी दिनुभयो । 
 
भेटमा अध्यक्ष दाहालले पछिल्लो समयमा तराई मधेसमा पार्टीको सङ्गठन केही कमजोर भएको उल्लेख गर्दै त्यसलाई हल गरेर जाने पक्षमा पार्टी रहेको बताउनुभएको थियो । 
 

कमेन्ट राख्नुहोस्