| एमालेका ८ प्रदेसमा नयाँ प्रस्ताव | ||||
|
|
काठमाडौं, ३० वैशाख । राज्य पुनर्संरचनाका विषयमा दलहरुका वीच विवाद भईरहेका समयमा एमालेले सहमतिका लागि दुई नयाँ प्रस्ताव अघि सारेको छ ।
एमाले स्थायी समितिको शनिवार सिंहदरबारमा बसेको बैठकले राज्य पुनर्संरचनामा ८ वा ११ प्रदेशको प्रस्ताव अघि सारेको सचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, 'बहुपहिचानमा आठ र साझा संघीय प्रदेशको हकमा एघार प्रदेशको प्रस्ताव ल्याएका छौं ।' बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै उनले सम्भवत एघार प्रदेशमा दलहरुका वीच सहमति हुन सक्ने बताए । बहुपहिचान भए आठ एवं साझा नाम सहितको संघीय राज्यमा ११ प्रदेश बनाउन सकिने एमालेको सो प्रस्तावमा अन्य दलसँग छलफल गरेर सहमतिको प्रयास गरिने छ । |




