दर्ता तथा प्रवेश
काग्रेस सभापति सुशिलसँग बैद्य असन्तुष्टि
PDF Print E-mail

काठमाडौ, ३ जेठ । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले मंगलवार भएको तीन दलको सहमति प्रति काग्रेस सभापति सुशिल कोइरालालाई बुधवार  भेटेर असन्तुष्ठि ब्यक्त गरेका छन् ।

 

उनले तीन दलको सहमतिले जाती समूदायको पहिचानको आकाक्षामा गंभिर आघात पुगेको र सहमतिले पहिचानलाई नष्ट पार्ने षडयन्त्र भएको आशंका उत्पन्न भएको भन्दै विरोध जनाएका थिए ।

 

उनले तीन दलको सहमति आफुहरुले नमान्ने र त्यस विरुद्ध आन्दोलनमा जाने चेतावनी दिदै आन्दोलनमा सघाउन आब्हान समेत गरेका थिए ।

काग्रेस सभापतिले भने सहमति मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न सफल भएको भन्दै सहमतिमा बखेडा झिकेर फेरि मुलुकलाई अन्यौलतामा नफसाउन आग्रह गरेका थिए ।

 

उनले प्रदेशको नाम प्रदेश सभाले नै राख्ने भएकोले प्रदेशले नै पहिचानको आधार खोज्ने उल्लेख गर्दै पहिचान नमर्ने आश्वासन दिएका थिए ।

 

कमेन्ट राख्नुहोस्