| नयाँ संविधानमा संवैधानिक राजसंस्थाको व्यवस्था गर्न माग | ||||
|
|
काठमाडौ ४ जेठ । लिग नेपाल शान्ति एकता पार्टीले नयाँ संविधानमा राष्ट्रिय एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्थाको व्यवस्था गर्न माग गरेको छ । बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृति बहुजाती नेपालीको साझा फूलबारीलाई संघीयताको नाममा खण्डिकृत गर्न खोजेको आरोप लगाउँदै अखण्ड नेपालका लागि नयाँ संविधानमा राजसंस्थाको स्थान सुनिश्चित हुनुपर्ने माग गरेको हो ।
बिहीवार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले विदेशीको इसारामा ठूला ४ दलले रातारात मुलुक विखण्डन हुनेगरी ११ प्रदेश पास गरेको दावी गर्दै सहमति राष्ट्रको निम्ति घातक भएको बतायो । उसले ३ करोड नेपालीहरुको साझा फूलबारीको रुपमा अखण्ड नेपाल संवैधानिक राजसंस्था नै हुनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा लिग नेपाल शान्ति एकता पार्टीका अध्यक्ष धनेन्द्रबहादुर बस्नेतले मुलुकका लागि राजसंस्था पनि एउटा शक्ति भएको दावी गर्दै कुनै पनि शक्तिलाई निषेध गरेर पार्टीहरु अगाडि बढ्न नसक्ने ठोकुवा गरे ।
कसैलाई वाईपास गरे । बोल्न पाउने, खान नपाउने गणतन्त्र एक दिन समाप्त हुने दावी गदै उनले भने–हत्या, हिंसा, भ्रष्टाचार, गुण्डगर्दी, महंगी र अभावले चरम रुप लिएपछि जब नेताहरु असफल हुन्छन् तबमात्र अखण्ड नेपालका भरिपूर्ण सास फेर्न पाउने छन् । |




