दर्ता तथा प्रवेश
सञ्चारमा चर्चा भएजस्तो ११ प्रदेशनै बनाउने सहमति नभएको मधेसी सभासदको दावी
PDF Print E-mail

काठमाडौ, ५ जेठ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रवार आफ्नो पार्टीमा मधेसबाट सहभागी सभासद, केन्द्रीय सदस्यहरुसँग विहान छलफल गर्नु भएको छ ।

 

प्रचण्ड निवास बालुवाटारमा शुक्रवार भएको छलफलमा मधेसी केन्द्रीत सभासद तथा केन्द्रीय सदस्यहरुले प्रमुख तीनबीच भएको राज्यपुनर्संरचना बारेको सहमति र वास्तविकताको बारेमा जिज्ञासा राखेका थिए ।

 

जवाफमा माओवादी अध्यक्ष प्रचण्डले सञ्चार माध्यमा चर्चा भएजस्तो ११ प्रदेशनै बनाउने सहमति नभएको र यसबारेमा के गर्ने भन्ने बारेमा दलहरुसँग कुराकानी भइरहेको बताउनु भएको माओवादी केन्द्रीय सदस्य रामरिजन यादवले जानकारी दिनुभयो । 

 

कमेन्ट राख्नुहोस्