| काँग्रेसका सभासदहरुद्वारा तराइमा ५ प्रदेशको माग | ||||
|
|
काठमाडौं, ७ जेठ । काँग्रेस सभासद्हरुले तराई-मधेसभित्र जसरी भए पनि पाँच प्रदेश बनाउनुपर्नेमा जोड दिएका छन् ।
संविधान सभामा शनिवार भएको बैठकमा काँग्रेसका सभासदहरुले प्रदेशका विषयमा जोडदार माग गरेका हुन् ।
जसमा अवधि,कोचिला-विराट, मिथिला-भोजपुरिया-सिम्रनगौढ लुम्बिनी र थरुहट हुनुपर्नेमा जोड गरेका हुन् ।
माग गर्नेमा रामकृष्ण यादव, अजय चौरसिया, रमेश रिजाल, उमाकान्त चौधरी, शोभाकर पराजुली, कृष्ण यादव, लगायतका ४१ सभासद् थिए ।
|




