दर्ता तथा प्रवेश
आदिवासी जनजातिहरूले पत्रकारलाइ ठोके
PDF Print E-mail

काठमाडौ, ७ जेठ । पहिचानसहितको सङ्घीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्द अघि ५ बजेदेखि स्थगित भएको छ ।

 

सङ्घर्ष समितिले आम नागरिकको जनजीवन सहज बनाउन ५ बजेदेखि आजका लागि बन्द लिएको जनाएको छ । बन्द कार्यक्रम समीक्षा र सरकारसँग वार्ताका विषयमा साझा धारणा बनाउन केही बेरमा सङ्घर्ष समितिको बैठक बस्ने तयारी भइरहेको महासचिव परशुराम तामाङले जानकारी दिनुभयो । सरकारले वार्ताका लागि आह्वान गरे पनि तीन मुख्य दलका नेताहरूसँग मात्रै वार्ता गर्ने आफूहरूको अडान रहेको तामाङले बताउनुभयो ।

 

बन्दका कारण आइतवार देशभरको जनजीवन प्रभावित रह्यो । राजाधानीमा प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा सन्चारका साधनहरूमाथि तोडफोड गर्नुका साथै पत्रकारहरूलाई समेत कुटपीट गरेका छन् । बन्दकर्ताले सन्चारकर्मीको मोटरसाइकलसमेत जलाएका छन् । यसैबीच सन्चारकर्मीमाथि भएको दुव्र्यवहारको विभिन्न सङ्घ संस्थाले निन्दा गर्दै निर्वाध सूचना सङ्कलन गर्न कुनै अवरोध नगर्न आग्रह गरेका छन् ।

 

 

यसैबीच प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै बन्द हड्ताल जस्ता कार्यक्रमहरूले मुलुक मुठभेडतर्फ अगाडि बढेकोमा आफ्नो ध्यानाकर्षभएको जनाएको छ । सरकार र बन्दकर्ताहरूले संयम अपनाएर वार्ताका माध्यमबाट निष्कर्षमा पुग्न पनि काउन्सिलले आग्रह गरेको छ ।

 

यसैगरी बन्दका क्रममा आइतवार कान्तिपुर पब्लिकेसन, कान्तिपुर टेलिभिजन, कान्तिपुर एमएम, एभिन्यूज टेलिभिजन, नागरिक दैनिक, इमेज टेलिभिजन, एफएम रेडियोलगायतका सञ्चार गृह र संस्थाका सवारी साधनमाथि भएको तोडफोड गर्ने कार्यको रिपोर्टर्स क्लब नेपालले विज्ञप्तिमार्फत भत्र्सना गरेको छ ।

 

 

कमेन्ट राख्नुहोस्