दर्ता तथा प्रवेश
जेठ १४ गतेभित्र संविधान जारी गर्न राष्ट्रपतिको आग्रह
PDF Print E-mail

काठमाडौ, १२ जेठ । राष्ट्रपति डा रामबरण यादवले मधेसी मोर्चा सहित तीन ठूला दलका शिर्ष नेताहरुलाई जेठ १४ भित्रै नयाँ संविधान जारी गर्न सुझाव दिएका छन् ।

 

सविधानसभाको म्याद सकिन दुई दिन बाँकी रहँदा राष्ट्रपतिले शुक्रवार आफ्नै निवासमा दलका शिर्ष नेताहरुलाई बोलाएर विवादित विषयमा सहमति खोजेर संविधान जारी गर्ने बातावरण बनाउनु भन्दा विवादमै अडान कायम राखेको प्रति गंभिर ध्यान आर्कषित गराएका छन् ।

 

राष्ट्रपतिसँगको छलफलमा संघीयताको विषयमा दलहरुले यसअघि शिर्ष बैठकमा राख्दै आएका अडानहरुलाई नै दोहोर्याएका थिए । राष्ट्रपतिले सहमतिको विकल्प नभएको भन्दै दलहरुलाई सहमतिमै अगाडि बढेर मुलुकलाई अन्यौलताबाट निकास दिन आग्रह गरेका थिए ।

राष्ट्रपति यादवले पछिल्लो राजनीतिक जटिलतर्पm ध्यान आर्कषण गराउँदै सहमतिको साझा विन्दु खोज्न आग्रह गरेका थिए ।

 

बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिले दलहरुलाई सहमति गरेर अगाडि बढ्न सुझाव दिए पनि दलहरुले आ आफ्नो अडान कायमै राखेको बताए ।

 

काँग्रेस सभापति सुशिल कोइरालाले दलहरुले विवादित विषय दोहोर्याएको भन्दै सहमति कायम गर्न अप्ठ्यारो भएको बताए ।

 

कमेन्ट राख्नुहोस्