दर्ता तथा प्रवेश
काँग्रेस मन्त्रीहरुको राजिनामा प्रधानमन्त्रीमा
PDF Print E-mail

काठमाडौ, १२ जेठ । प्रधानमन्त्रीले संविधानसभाको म्याद थप्ने प्रस्तावकारण रुष्ट बनेको नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको निर्णय अनुसार पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई राजिनामा गराएको छ ।

 

उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले विहीवार नै सभापति सुशिल कोइरालालाई राजिनामा दिए पनि शुक्रवार सभापतिले अर्का मन्त्री सुर्यमान लिम्बुसहितको राजिनामा प्रधानमन्त्रीलाई बुझाएका छन् ।

 

तीन दलको बैठकमा सहभागी प्रधानमन्त्रीलाई कोइरालाले प्रचण्ड निवास लाजिम्पाटमै राजिनामा बुझाएका हुन ।

 

काँग्रेसले विहीवार सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

 

कमेन्ट राख्नुहोस्