दर्ता तथा प्रवेश
ब्रहमण क्षेत्री समाजद्धारा गृहमन्त्रीको राजिनामा माग
PDF Print E-mail

काठमाडौं १५ जेठ । ब्रम्हण, क्षेत्री, दशनामी र ठकुरीहरुको संगठन राष्ट्रिय अखण्डता र जातीय सद्भाव लागि संयुक्त संघर्ष समितिले जेठ १४ गते संविधानसभा अगाडि गरिएको शान्तिपूर्ण र्‍याली र धर्ना कार्यक्रममा गृहमन्त्रीको ठाडो आदेशमा दमन गरिएको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने माग गरेको छ ।

 

सोमबार रिपोर्टर्स क्लब नेपाल पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले विभिन्न अस्पतालमा उपचार गराईरहेका घाईतेहरुको निःशुल्क उपचार गर्नुपर्ने भन्दै गते जेठ ४ गते संघर्ष समिति र प्रमुख राजनीतिक दलहरुको संलग्नतामा सरकारसँग भएको सम्झौता तत्काल लागू गर्न समेत माग गरेको छ ।

 

संघर्ष समितिले राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि सञ्चालित आन्दोलन निरन्तर जारी राख्ने स्पष्ट पार्दै केही दिनमै आन्दोलनको थप स्वरुप निर्धारण गर्ने जानकारी दिएको छ ।

 

पत्रकार सम्मेलनमा संयुक्त संघर्ष समितिका संयोजक दीलबहादुर क्षेत्रीले राम्रो र हाम्रो संविधानका लागि ६०१ सभासद्हरुलाई ४ वर्षसम्म दशैँको खसी पाले जैं पालेर राखिए पनि जनताको कर खाएका नमक हराम सभासदहरुले जनतालाई धोका लिएर स्वार्थको राजनीति गरेको आरोप लगाए ।

 

उनले भने– यो अखण्ड नेपालको फूलवारीमा रमाई बसेका ३ करोड नेपालीहरुको जातीय सद्भावलाई खलबल्याउने जातीय अतिवादीहरुको दिवास्वप्न सखाप पार्ने छौं ।

 

संघर्ष समितिका सचिव कुमार खड्काले नेपाललाई विखण्डन गर्ने र जातीय सद्भाव भड्काउनेहरुको विरुद्ध संयुक्त संघर्ष समिति ढाल, खम्बा, दिवार भएर उभिने चेतावनी दिए ।

 

कमेन्ट राख्नुहोस्