दर्ता तथा प्रवेश
नेपालको बारे भारतीय र चिनिया राजदुतको चासो
PDF Print E-mail

काठमाडौ, १६ जेठ । पछिल्लो नेपालको राजनीतिक घटनाक्रमको बारेमा प्रधानमन्त्री डा बावुराम भट्टराईलाई भेटेर चिनिया राजदुत याङ्ग होउलान र भारतीय राजदूत जयन्त प्रसादले चासो राख्नु भएको छ ।

 

छुट्टाछुट्टै रुपमा  मंगलवारको  भेटको क्रममा दुवै देशका राजदूतले मुलुकमा संविधानसभा र संसद विघटन, यसपछिको दलहरुबीचको सम्बन्धको बारेमा जिज्ञासा राख्नु भएको थियो ।

 

भेटमा प्रधानमन्त्रीले बर्तमान राजनीतिक घटनाक्रमबारे स्पष्टपार्दै संविधानसभाको नयाँ निर्वाचनको घोषणासँगै देशमा लोकतान्त्रिक प्रक्रिया जारी रहने विश्वास दिलाउनु भएको बताइएको छ ।

 

कमेन्ट राख्नुहोस्