| काँग्रेसले संघियता नचाहेकाले संविधान सभा विघटन–किराँती | ||||
|
|
काठमाडौ, ६ असार । एकिकृत नेकपा माओबादीका पोलिट व्यूरो सदस्य तथा पूर्व मन्त्रि गोपाल किँरातीले बैद्यको नयाँ पार्टीको हालत नेकपा माले पार्टीको जस्तै हुने दाबी गर्नु भएको छ ।
बुधवार रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पोलिट व्यूरो सदस्य किराँतीले बैद्यले पार्टी फुटाएर समग्रमा राम्रो भएको टिप्पणी गर्दै मोहन बैद्यको हालत सहानाप्रधानको जस्तै हुने जिकिर गर्नु भएको हो ।
उहाँले अब हुने निर्वाचनमा बैद्यको नयाँ पार्टीको एक सिट भन्दा नआउने जिकिर गर्नु भयो । एकिकृत माओबादीले सहानुभुति देखाएमा महासचिब बादलले मात्र चुनाव जित्न सक्ने किराँतीको तर्क छ ।
साक्षात्कारमा पुर्व मन्त्रि किराँतीले कुनै हालतमा मंसिर ७ मित्र चुनाव हुने र मंसिर ७ मा चुनाव हुन नदिए एकिकृत नेकपा माओबादी जनविद्रोहमा जाने समेत चेतावनी दिनुभयो ।
काँग्रेस र माओबादीले पहिचान सहितको संघियता नचाहेकाले गर्दा नै संविधान सभा विघटन भएको बताउनु भयो । |




