दर्ता तथा प्रवेश
भट्टराई र नर्वेली स्टोल्टेनवर्गबीच भेटवार्ता
PDF Print E-mail

रियो द जेनेरियो (ब्राजिल),  ७ असार ।  प्रधानमन्त्री बाबुराम भट्टराई र नर्वेली प्रधानमन्त्री जेन्स स्टोल्टेनवर्गबीच यहाँ भइरहेको दिगो विकाससम्बन्धी राष्ट्रसङघीय सम्मलेनको सिलसिलामा बिहीबार भेटवार्ता भएको छ ।

 

सो अवसरमा उनीहरुबीच शान्तिप्रक्रिया, वित्तीय लगानी र नेपालमा जलविद्युतको सम्भाव्यता लगायतका द्धिपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।

 

भेटपछि प्रधानमन्त्री भट्टराईले नर्वेली सरकारले आफूले नेपाललाई दिइरहेको विकास सहायताको समीक्ष गरी निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । 'नर्वे सरकार नेपाललाई जलविद्युत विकासमा थप लगानी गर्न इच्छुक छ', नर्वेली प्रधानमन्त्रीलाई उधृत गर्दै प्रधानमन्त्री भट्टराईले भने ।

 

सो अवसरमा प्रधानमन्त्री भट्टराईले नेपालमा राजनीतिबाहेक आर्थिक विषयहरुमा राजनीतिक दलहरुबीच मतभेद नभएको कुरा नर्वेली समकक्षीलाई जानकारी गराएका थिए । त्यस अवसरमा अन्तराष्ट्रिय विकासमन्त्री हिक्की होल्मसको पनि सहभागिता थियो ।

 

कमेन्ट राख्नुहोस्