दर्ता तथा प्रवेश
एमाले असन्तुष्ट नेताले पार्टीमै रहेर सङ्घर्ष गर्ने
PDF Print E-mail

काठमाडौ, ७ असार । नेकपा एमालेका असन्तुष्ट जनजाति र मधेसी नेताहरुले तत्कालका लागि पार्टीमै बसेर संघर्ष गर्ने भएका छन् ।

 

काभ्रेको धुलिखेलमा चलिरहेको एमाले जनजाति र मधेसी नेताहरुको भेलाले एमालेमा आफूहरुको माग सम्बोधन गराउनको लागि दवाव दिने निचोड निकालेको असन्तुष्ट एमाले नेता राजेन्द्र श्रेष्ठले जानकारी बताउनुभभयो ।

 

सकभर पार्टीमै बसेर मागहरुको सुनुवाई गराउने, नभएमा नयाँ पार्टी गठन लगायतका विकल्प खुल्ला रहेको श्रेष्ठको भनाई छ ।

 

असन्तुष्ट नेताहरुको बैठक जारी छ । एमालेका आदिवासी, जनजाति तथा मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीले संघीयताको बारेमा आफूहरुले राखेको मागमा नेतृत्वले कुनै सुनुवाइ नगरेको भन्दै पार्टीका बैठक तथा औपचारिक कार्यक्रम बहिस्कार गर्दै आएका छन् ।

 

कमेन्ट राख्नुहोस्