दर्ता तथा प्रवेश
नव गठित माओवादीको पक्षमा एक दर्जन संघ संस्था
PDF Print E-mail

काठमाडौ, ७ असार । एकीकृत नेकपा माओवादीका बहुमत भातृ संगठनहरु मोहन बैद्यले नेतृत्व गरेको नवगठित नेकपा, माओवादीको पक्षमा उभिएका छन् ।

 

एमाओवादीका २६ भातृसंगठन मध्ये १९ वटा संगठनको अध्यक्ष सहित बहुमत सदस्य आफ्नो पार्टीको पक्षमा रहेको नव गठित नकेपा–माओवादीले दाबी गरेको छ ।

 

सो पार्टीको केन्द्रीय कार्यालय कुपण्डोलमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा नेताहरु तिलक परियार र सुरेश आले मगर लगायतका नेताले त्यस्तो दावी गरेका हुन ।

 

नवगठित पार्टीको पक्षमा महिला, दलित, पत्रकार, शिक्षक, कर्मचारी, खेलाडी, स्वास्थ्यकर्मी, प्राध्यापक, जनसांस्कृतिक महासङघ, आदिवासी–जनजाति महासङघ, उद्योग व्यापार महासंघ, बेपत्ता परिवार समाजलगायतका अध्यक्षहरुले ऐक्यबद्धता जनाएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

 

संस्थापन पक्ष एमाओवादीको पक्षमा भने विद्यार्थी, मजदुर, किसान, बुद्धिजीवी, सुकुम्वासी, भूतपूर्व सैनिक संगठनका अध्यक्ष देखिएका छन्।

 

कमेन्ट राख्नुहोस्