दर्ता तथा प्रवेश
मंसिर ७ गते निर्वाचन सम्भव नभएको निर्वाचन आयुतको दावी
PDF Print E-mail

काठमाडौ, ७ असार । निर्वाचन आयोगका आयूक्त अयोधिप्रसाद यादवले दलहरुवीच सहमति बन्न नसके मंसिर ७ गते निर्वाचन सम्भव नरहेको बताएका छन् ।

 

रिपोर्टर्स क्लब नेपालले विहीबार अयोजना गरेको साक्षात्कारमा बोल्दै आयूक्त यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन हुन गतिशिल अवस्थाको सृजना गर्नु पर्ने धारणा राखे ।

 

उनले सबै कानुनी, राजनीति र प्राविधिक समस्याको अन्त्य पछि निर्वाचन सम्पन्न गर्न १२० दिन आवश्यक रहेको भन्दै साउन पहिलो साता सम्म कानूनी जटिलताको अन्त्य गर्नु पर्ने बताए ।

 

उनले भने–हामिले सरकारलाई भनिसकेका छौ, साउनको पहिलो साताभित्र राजनीतिक सहमति गरेर कानूनी र संबैधानिक जटिलता अन्त्य गर्नु र्यो । निर्वाचनकोलागी १२० दिन चाहिन्छ त्यो भन्दा कम समयमा निर्वाचन गराउन कठिन हुन्छ ।

 

 

आयूक्त यादवले निर्वाचन गर्न संविधानमा संसोधन गरेर मतदातको बैद्यता, संविधानसभा सदस्य निर्वाचन ऐन २०६९, मतदाता नामावलीको अपडेट भर्सन, ईलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोगको तालिम र कर्मचारीको ब्यवस्था गर्नु पर्नेमा जोड दिए ।

 

 

स्वतन्त्र र निष्पक्ष निर्वाचनकोलागी निर्वाचन आयोगले जारी गरेको आचार संहिता सरकारले पूर्ण रुपमा पालना गर्नु पर्ने भन्दै निर्वाचन आयोगले यसको कडा अनुगमन गर्न संयन्त्रको निर्माण गरिसकेको जानकारी दिए ।

 

कमेन्ट राख्नुहोस्