दर्ता तथा प्रवेश
निकासको लागि पाँच बुँदे सहमतिमा ध्यान–कोइराला
PDF Print E-mail

काठमाडौ, ८ असार । नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले मुलुकको निकासकोलागी पाँच बुँदे सहमति नै उपयूक्त सुत्र भएको बताएका छन् ।

 

उनले तीन दल र मधेसी मोर्चाबीच विगतमा भएको पाँच बुँदे सहमतिको कार्यान्वयनबाट नै वर्तमान राजनीतिक सङकट समाधान हुने भन्दै पाँच बुँदे अनुसार नहिडेसम्म चुनावविरुद्ध काँग्रेसले आन्दोलन जारी राख्ने बताए ।

 

उनले वर्तमान सरकारले संवैधानिक र राजनीतिक सहमति उल्लङघन गरी चुनाव घोषणा गरेकाले पार्टीले आन्दोलन गरेको भन्दै लोकतन्त्र समाप्त गर्न खोज्नेहरु आफै समाप्त भएर जाने चेतावनी दिए ।

 

कोइरालाले चुकेनन् योद्धाहरु नामक गितिसंग्रहको सिडी क्यासेटको राजधानीमा बिहीवार विमोचन गर्दै त्यस्तो धारणा राखेका हुन ।

 

यसैवीच नेपाल विद्यार्थी संघको महाधिवेशनको मिति तोक्न विद्यार्थीहरुको प्रतिनिधि मण्डलले कोइराललाई भेटेर आग्रह गरेको छ ।

भेटमा कोइरालाले तोकिएको समयमा नै महाधिवेशन हुने धारणा राखे । उनले नेविसंघका अध्यक्षलाई बोलएर आफूले सल्लाह गर्ने जानकारी दिदै छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

 

कमेन्ट राख्नुहोस्