| मासु पकाइरहेको कराहीमा परी घाइते |
|
| कञ्चनपुर, २१ बैशाख । जिल्लास्थित झलारी गाविसका एक युवा मासु पकाईरहेको कराहीमा परेर घाइते भएका छन् । झलारी–७ का २७ वर्षीय ठगीबहादुर सार्की विवाहका लागि पाक्दै गरेको मासुको कराहीमा परेर घाइते भएका हुन् ।
गएराति विवाहमा सहभागी हुन गएका उनी तातो कराहीमा खसेका थिए । सार्कीको टाउको तलको पूरै भाग जलेकोले उनको अवस्था चिन्ताजनक रहेको छ । उपचारका लागि कोहलपुरको अस्पतालमा पु¥याइएको भएपनि त्यहाँ उपचार हुन नसक्ने जनाएपछि भारतमा लगिएको छ ।
|
|
| लामिछानेको सहयोगमा इ–लाइब्रेरी |
|
| चितवन, २१ वैशाख । एनआरएनका अध्यक्ष जीवा लामिछानेले जिल्लास्थित रत्ननगरमा रहेको नेपाल उच्चमाविमा २३ लाखको लागतमा ई–लाइबेरी निर्माण गरिदिएका छन् ।
उक्त लाइब्रेरीको शनिबार मुख्य सचिव लीलामणि पौडेलले उद्घाटन गरे । पौडेलले लाइब्रेरीको सदुपयोग गरी सक्दो फाइदा लिन आग्रह गरेका छन् । सम्पुर्ण सहयोग अध्यक्ष लामिछानेले नै गरेको उमाविका प्राचार्य गोपाल आचार्यले बताए लाइब्रेरी भवनको चार कोठामध्ये माथिल्लो कोठामा १७ वटा कम्प्युटर राखिएका छन् । तलको कोठामा पुस्तकालय रहेको छ ।
|
| पछिल्लो परिमार्जन ( शनिबार, 04 मे 2013 11:43 ) |
|
| सप्तरीमा आगालागीले ११५ घर नष्ट |
|
| सप्तरी, २१ वैशाख । जिल्लाको योगिनियाँ गाविसमा गएराति आगो लाग्दा १ सय १५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तीले जनायो ।
योगिनियाँ गाविस –७ निवासी ज्वाला बनबरिया यादवका घरबाट राति १२ बजे शुरु भएको आगो विहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो । आगालागीले ३९ परिवारको सबै घर सखाप बनाएको थियो । आगालागीले पशुधनको समेत क्षति भएको जनाइएको छ । करेन्ट सट भएपछि आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।
|
|
| पारिजात पाण्डुलिपी आचार्यलाई |
|
| काठमाडौं, २१ वैशाख । पारिजात स्मृति केन्द्रले यसपालाको ‘पारिजात बालसाहित्य पाण्डुलिपी पुरस्कार–२०६९’ साहित्यकार विजयराज आचार्यलाई प्रदान गरेको छ ।
त्यसैगरी ‘पारिजात बालसाहित्य पाण्डुलिपि प्रशंसापत्र–२०६९’ बाट केदार श्रेष्ठ, संगीत स्रोता र सविना सिन्धु पुरस्कृत भएका छन् ।
साहित्यकार पारिजातको स्मृतिमा स्थापित केन्द्रले २०५१ सालदेखि हरेक वर्ष सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।
|
|
| प्रचण्ड र कोइरालावीच भेटवार्ता |
| शुक्रबार, 03 मे 2013 08:03 |
 |
 |
 |
|
| काठमाडौं, २० वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच शुक्रबार कोइराला निवास महारागन्जमा भेटघाट भएको छ ।
कोइराला र प्रचण्डवीच चुनावी वातावरण तयारी, आन्दोलनरत दलको समेट्न खालका कार्यक्रम, चुनावको मिति घोषणालगायतका विषयमा कुराकानी भएको महाराजगन्ज स्रोतले बतायो ।
उच्चस्तरीय राजनीति संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस सभापति कोइरालाले प्रचण्डसँग आन्दोलन गरिरहेका ३३ दलको मागलाई सम्बोधनको प्रक्रियबारे आफ्नो कुरा राखेका थिए ।
|
|
| मर्नेको संख्या ५०० पुग्यो |
| शुक्रबार, 03 मे 2013 07:46 |
 |
 |
 |
|
| ढाका, २० वैशाख । बङ्गलादेशको राजधानी ढाकाको गएको एकहप्ता अघि आठतल्ले भवन भत्कदाँ मर्नेको संख्या ५०० पुगेको छ ।
दुर्घटनामा अझै पनि मर्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनास्थलअघि अझै पनि आफ्ना ्आफन्तहरुको शव फेला नपरेको भन्दै धर्नामा बसेका छन् । क्षतिग्रस्त भवनबाट उद्वारको काम भने जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन् ।
सो दुर्घटनाको विरोधमा राजधानी ढाकामा हजारौँ नागरिक उत्रिएका थिए । उनीहरुले उक्त भवन बनाउने मालिक तथा इञ्जिनियर र तयारी पोशाक सञ्चालन गर्ने मालिकलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
यसैबीच उक्त भवनमा कारखाना सञ्चालन गर्ने मालिकसमेत गरी नौजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।–एजेन्सी
|
|
| दल दर्तामा ३३ दलको विरोध |
| शुक्रबार, 03 मे 2013 07:24 |
 |
 |
 |
|
| काठमाडौ, २० वैशाख । वर्तमान सरकारप्रति अपत्ति जनाउदै आएको नेकपा–माओवादीसहितका आन्दोलनरत ३३ दलीय मोर्चाले दल दर्ता प्रक्रियाको विरोध गरेका छन् ।
शुक्रबार मोर्चा कान्तिपथमा रहेको निर्वाचन आयोग अगाडि २ घन्टा विरोध प्रदर्शन गर्दै धर्ना बसेका थिए । राष्ट्रपतिले जारी गरेको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज नभएसम्म दल दर्तालगायतका चुनावी कार्यक्रम स्थगित गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । चारदलीय सिन्डिकेटको अन्त्य गर्न भन्दै मोर्चाले वर्तमान सरकारको राजीनामा समेत माग गरेका थिए ।
|
|
| एक वर्षमा २२७ पत्रकारमाथि आक्रमण |
| शुक्रबार, 03 मे 2013 07:15 |
 |
 |
 |
|
| काठमाडौं, २० वैशाख । नेपालमा एक वर्षमा २ सय २७ पत्रकारमाथि आक्रमण भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार राजधानीमा गरिएको कोणसभामा महासंघले उक्त जानकारी दिएको हो । हरेक वर्षको मे ३ मा विश्वभर प्रेस स्वतन्त्र दिवस मनाइदै गर्दा नेपालमा पनि विभिन्न माग र नारा बोकेर पत्रकारहरुले दिवस मनाइरहेका छन् । 'संविधानसभाको निर्वाचनमार्फत लोकतान्त्रिक संविधानः प्रेस स्वतन्त्रताको रक्षा श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान' मुल नाराका साथ विभिन्न ठाउँमा प्रभातफेरि समेत आयोजना गरियो ।
|
| पछिल्लो परिमार्जन ( शुक्रबार, 03 मे 2013 07:26 ) |
|
| अमेरिकीलाई उत्तर कोरियाले तोक्यो १५ वर्ष सजाय |
| बिहिबार, 02 मे 2013 10:22 |
 |
 |
 |
|
| प्योङयाङ, २० बैशाख । गतवर्षको नोभेम्बरमा उत्तर कोरियामा पक्राउ परेका एक अमेरिकी नागरिकलाई त्यहाँको सर्वोच्च अदालतले १५ वर्षको ‘कठिन परिश्रम’ सजाय तोकेको छ ।
उत्तर कोरियाको समाचार संस्था केसिएनसीले दिएको जानकारी अनुसार ती सजाय पाउने व्यक्ति केनेथ पाई हुन् । उत्तर कोरियामा घुमफिरमा गएका पाईलाई प्योङयाङले सरकार विरोधी क्रियाकलापमा सहभागी भएको आरोपमा पक्राउ गरेको थियो ।
यही अपराध गरेको आरोपमा उनले अबको १५ वर्ष अनिवार्य काम गर्नुपर्नेछ । समाचारहरुमा जनाए अनुसार यो अमेरिकालाई उत्तर कोरियाको अप्रत्यक्ष धम्की हो । यसले जारी अमेरिका र उत्तर कोरियाको चिसिएको सम्बन्धलाई अझै बढाउने बताइएको छ ।
यहाँको सरकारले अमेरिकी नागरिकलाई पक्राउ गरिएको यो पहिलो घटना भने होइन । यसअघि पनि दुई अमेरिकी पत्रकार, एक व्यापारी, एक शिक्षकलाई नजरबन्दमा राखेको थियो ।-एजेन्सी
|
| पछिल्लो परिमार्जन ( शुक्रबार, 03 मे 2013 08:10 ) |
|
| बालसाहित्य समाजमा भिक्टर |
| बिहिबार, 02 मे 2013 09:45 |
 |
 |
 |
|
| काठमाडौ, १९ वैशाख । नेपाल बालसाहित्य समाजको अध्यक्षमा साहित्यकार भिक्टर प्रधान निर्विरोध निर्वाचित भएका छन् । समाजको साधारणसभाले प्रधानलाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा रमेश भट्टराई, महासचिवमा शाश्वत पराजुली, सचिवमा यशु श्रेष्ठ र कोषाध्यक्षमा कार्तिकेय घिमिरे चयन भएको सदस्य सचिव विजयराज आचार्यले बताए ।
कार्यसमितिका सदस्यहरु भने चुनिएको आचार्यले जनाए । कार्यसमिति चुनिएका सदस्यमा डा शैलेन्दुप्रकाश नेपाल, डा ध्रुव घिमिरे, गङ्गादेवी कसजु, भोला श्रेष्ठ, एकाराम सिंह र अनुराधा शर्मा छन् ।
|
|
|
|
|
Page 8 of 188 |