दर्ता तथा प्रवेश
राजनीति
सरकारलाई भेन्टिलेटरमा राखेर जवरजस्ती नबचाउ— सिटौला
PDF Print E-mail

काठमाडौ, १७ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको मृत सरकारलाई भेन्टिलेटरमा राखेर बचाइराख्नु राष्ट्रहितविपरीत हुने बताउनुभएको छ ।

 

नेपाल प्रेस युनियन इलामले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिटौलाले भत्रुभयो–"जेठ १४ गतेदेखि मृत घोषित भइसकेको सरकारलाई प्रचण्ड र बाबुरामजीले बचाइराख्नु हुत्र जस्तो लागेको छ, सास फेर्न नसक्ने सरकारलाई अब मृत भएको घोषणा गरौँ, लगाइएको भेन्टिलेटरसमेत खोलिदिऔँ र नयाँ सहमतिमा काँग्रेसको नेतृत्वमा सरकार बनाऔँ, यही नै उत्तम विकल्प हो ।"

 

नयाँ सहमतिको सरकार कहिले बन्छ भत्रे पत्रकारको जिज्ञासामा उहाँले अबको एक महिनाभित्र काँग्रेसको नेतृत्वमा नयाँ सहमतिको सरकार बन्ने छ भन्नुभयो । "एमाओवादीले राष्ट्रपतिलाई विवादमा तानेर राष्ट्रपतिजस्तो मर्यादित संस्थालाई विवादमा ल्याउन खोजेकाले" राष्ट्रपतिले अब दलसँग अन्तिम छलफल गर्ने उहाँले बताउनुभयो । 

 
दलहरुबीच हुने सहमति लागू गर्न सरकार प्रतिबद्घ–मन्त्री महतो
PDF Print E-mail

काठमाडौ, १७ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतोले वर्तमान सरकार दलहरुबीच हुने सहमति लागू गर्न प्रतिबद्घ रहेको बताउनुभएको छ ।

 

महोत्तरी जिल्लाको बर्दिवास—९ मा बुधवार बर्दिवास अस्पताल भवनको शिलान्यास गर्दै मन्त्री महतोले सो प्रतिबद्घता व्यक्त गर्नुभएको हो ।

सो अवसरमा मन्त्री महतोले राष्ट्रिय सहमतिको सरकार, संविधानसभाको निर्वाचनसम्बन्धी प्रक्रिया र निर्वाचनको मितिबारे दलहरुबीच साझा सहमति हुनुपर्ने उल्लेख गर्नुभयो ।

सङ्घीयताका बारेमा नेपाली काँग्रेस, एमालेलगायतका पुराना संसद्वादी दलहरु उदार हुनसके चाँडै सहमति हुने उहाँको भनाइ थियो ।

 

अस्पतालजस्तो सम्वेदनशील र जनसरोकारको विषयमा राजनीतिक आग्रह नसाध्न सबै पक्षसँंग उहाँले आग्रहसमेत गर्नुभयो ।

 

बर्दिवासका स्थानीय दाताहरुले निःशुल्क उपलब्ध गराएको एक बिघा क्षेत्रफलमा २५ शय्याको अस्पताल भवन निर्माण गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधिहरुले अस्पताल भवन निर्माण हुन लागेकामा खुसी व्यक्त गरेका थिए ।

 

तीनतले सो भवन रु पाँच करोड दुई लाखको सरकारी अनुदानमा निर्माण हुन लागेको भवन तथा आवास डिभिजन कार्यालय जनकपुरका प्रमुख सम्पत घिमिरेले जानकारी दिनुभयो ।

 
राष्ट्रपतिले प्रधानमन्त्री तोक्न र हटाउन नमिल्ने–ज्ञवाली
PDF Print E-mail

काठमाडौ, १७ असोज । एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले राष्ट्रपतिलाई प्रधानमन्त्री तोक्ने वा हटाउने अधिकार नभएकाले सरकार गठनको विषयमा राष्ट्रपतिले केही गर्न नसक्ने बताउनुभएको छ ।

 

संविधानले राष्ट्रपतिलाई सरकार गठनका विषयमा कुनै अधिकार नदिएकाले प्रधानमन्त्रीलाई हटाउने वा नयाँ प्रधानमन्त्री तोक्ने हैसियत राष्ट्रपतिलाई नभएको उहाँले बताउनुभयो । "राष्ट्रपतिले कामचलाउको ठाउँमा नयाँ सरकार ल्याउन दलहरुलाई समयसीमा तोकेर यत्ति समयभित्र नयाँ सरकार ल्याऊ भन्न सक्नुहुन्छ", एमाले गुल्मीको नवौँ

बैठकमा प्रशिक्षणका लागि गुल्मी आउनुभएका नेता ज्ञवालीले बुधबार पत्रकारहरुसँग भन्नुभयो— "त्योभन्दा अगाडि बढेर उहाँले कसैलाई प्रधानमन्त्री तोक्न पनि मिल्दैन र हटाउन पनि मिल्दैन ।"

 

उहाँले राष्ट्रपतिलाई विवादमा नल्याई सहमति गरेर दलहरुले नै समाधान खोज्नुपर्ने बताउनुभयो ।

नेता ज्ञवालीले सत्तारुढ पार्टी र सरकारले मुलुकलाई मुठभेडतर्फ धकेल्न खोजिरहेको आरोप पनि लगाउनु भयो ।

 
काँग्रेसका तीन दर्जन नेता कार्यकर्ताद्धारा पार्टी परित्याग
PDF Print E-mail

काठमाडौ, १७ असोज । संविधानसभा निर्वाचनको नेतृत्व गरे पनि संविधानसभाबाट संविधान निर्माण नगरी त्यसको विघठनमा भूमिका खेलेको आरोप लगाउँदै नेपाली काँग्रेसका पूर्व सभासद कुमार राईसहित करिब तीनदर्जन कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

 

राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले दल त्यागको घोषणा गरेका हुन । कार्यक्रममा पूर्व सभासद राईले कांग्रेसबाट उत्पीडित जनताको हक सुनिश्चित हुने निश्चित भएकोले पार्टी त्याग गर्नु परेको प्रष्टिकरण दिए । उनले कांग्रेस पार्टी प्रजातन्त्र र लोकतन्त्रको हिमायती दल ठाने पनि बहुलवादी समाजअनुकुल नभएको भन्दै उत्पीडनको पक्षमा बोल्ने सम्पूर्ण कांग्रेसका नेता, कार्यकतालाई दल त्याग गर्न आह्वान गरे ।

 

उनले काँग्रेसले संघीयतामा प्रष्टता नदेखाएको, आयोगले प्रस्ताव गरेको १० प्रदेशमा समर्थन नगरेको, कांग्रेसमा आवद्ध आदिवासी जनजाति अगुवाहरुले ११ बुँदे माग कांग्रेस केन्द्रीय कार्यसमितिमा बुझाएको तर नेतृत्व गम्भीर नरहेकोले दल त्यागेको उनीहरुले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

कांग्रेस त्याग्नेमा संखुवासभाका पूर्व सांसद दुर्गामणि देवान, सिन्धुलीका उपसभापति बुद्धराज राई, ओखलढुंगाका जुद्धबहादुर राई, म्याग्दीका टिकाप्रसाद गौचन, नवलपरासीका राजकुमार महतो, नुवाकोटका सुवास तामाङ, दोलखाका नोर्साङ शेर्पा, दोलखाकै कोपिला थामीलगायतका रहेका छन् ।

 
वर्तमान सरकार इतिहासकै नालायक–ओली
PDF Print E-mail

काठमाडौ, १७ असोज ।  केपी शर्मा ओलीले देशरुपी रेललाई दुर्घटना गराएर वर्तमान सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नैतिकताका आधारमा तत्काल ठाउँ खाली गर्नुपर्ने बताउनुभएको छ ।

 

प्रेस चौतारी नेपालद्वारा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता ओलीले असक्षम भइसकेको सरकारले ठाउँ ओगटेर बस्नु देशलाई झन संकटमा पार्नु हो भन्नुभयो । "धनुष उठाउन गएका प्रधानमन्त्री बाबुराम भट्टराईले न धनुष उठाउन सके न अरुलाई उठाउने ठाउँ छाडे्" उल्लेख गर्दै ओलीले वर्तमान सरकार इतिहासकै नालायक भएको आरोप लगाउनुभयो ।

 

"वर्तमान सरकारसँग इमान, जमान केही छैन", चर्चा गर्दै नेता ओलीले "देश जहाँसुकै जाओस् आफू मन्त्री र प्रधानमन्त्री भैराखुँ, पैसा कमाई राखुँ सोचले बाबुराम नेतृत्वको सरकार ग्रस्त रहेको छ" उहाँले वर्तमान सरकारको वहिर्गमन विना नयाँ सहमतिको वातावरण बन्न नसक्ने उल्लेख गर्नुभयो ।

 

वार्ता र सहमतिको नाममा समय वर्वाद गर्ने गलत नीतिमा एमाओवादी लागेको आरोप लगाउँदै ओलीले राजनीतिक दलका नेताहरु अहिले साँचो अर्थमा जिम्मेवारी वहन नगरे मुलुक ठूलो दुर्घटनामा फँस्ने दावी गर्नुभयो । "वार्ता नगरुँ भने समस्याको समाधानको बाटो त्यही हो, वार्तामा बसुँ भने सत्ता टिकाउनकै लागि माओवादीले सहमतिको नाममा अल्मल्याई रहेको छ" उहाँले चर्चा गर्नुभयो ।

 
माओवादी हिंसात्मक बाटोमा लाग्न खोजेको देउवाको आरोप
PDF Print E-mail

काठमाडौँ, १६ असोज । राजनीतिक दलका वरिष्ठ नेताहरूले हिंसात्मक आन्दोलनबाट कुनै पनि परिणाम निस्कन नसक्ने भएकाले सबै राजनीतिक दलहरूले सहमति र समझदारीबाट समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

 

अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा प्रजातन्त्र तथा विकास केन्द्र र तक्षशिला एकेडेमीद्वारा संयुक्तरूपमा मंगलवार आयोजित कार्यक्रममा सहभागी नेताहरूले हिंसात्मक बाटोमा नलागि सहमतिबाट निकास खोज्न आह्वान गरेका हुन् ।

 

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादी हिंसात्मक बाटोमा लाग्न खोजेकोप्रति सङ्केत गर्दै भन्नुभयो– 'हिंसात्मक बाटोबाट कुनै पनि परिणाम आउँदैन, अहिंसाबाट मात्र सबै समस्याको समाधान गर्न सकिन्छ ।'

 

विसं २०४६ र २०६२/ ०६३ का आन्दोलन अहिंसाबाट नै सफल भएको उल्लेख गर्दै उहाँले अहिंसाकै जित हुने स्पष्ट पार्नुभयो ।

 
आर्थिक विकासले मात्र राजनीतिक व्यवस्था राम्रो–अर्थमन्त्री
PDF Print E-mail

 

काठमाडौ, १६ असोज । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विकासले मात्र राजनीतिक व्यवस्था सुदृढ हुने बताउनुभएको छ ।

नवलपरासीको डण्डामा रहेको मध्यविन्दु सामुदायिक अस्पतालको मंगलवार  निरीक्षणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

 

सरकारले आर्थिक वर्षको सुरुमा पूर्ण बजेट ल्याउन नपाउँदा विकासले गति लिन नसकेको भन्दै उहाँले मौलिकहकले व्यवस्था गरेका क्षेत्रमा समेत सरकारले लगानी गर्न नसकेको बताउनुभयो ।

 

स्वास्थ्यजस्तो आधारभूत क्षेत्रमा लगानी बढाउन आवश्यक भएको उहाँको भनाइ थियो । स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा तीव्र रुपमा लगानी बढाएर आर्थिक विकासको आधार तयार गर्न सरकार लागिपरेको छ उहाँले भन्नुभयो ।

समुदायस्तरबाट साचालनमा ल्याइएका लोक कल्याणकारी क्षेत्रमा पूर्वाधार विकास गर्न सरकारले त्यस्ता क्षेत्रले ओगटेका जग्गाको भोगाधिकारका लागि व्यवस्था गर्न लागेका बताउनुभयो ।

 

जग्गाको भोगाधिकार नहुँदा दातृ निकायबाट सहयोग नहुने हुँदा सरकारले भोगाधिकारका लागि वैकल्पिक व्यवस्था गरेर भए पनि अस्पतालको जग्गाको भोगाधिकार व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।

 
नेपालमा राजावादी तेह्र दल एकताबद्ध
PDF Print E-mail

 

काठमाडौँ, १६ असोज । विभिन्न १३ राजावादी दल अहिलेको परिस्थितिमा फुटेर होइन जुटेर देश र जनताको रक्षा गर्नुपर्ने भन्दै एकताबद्ध भएका छन् ।

 

ती साना १३ दल मिलेर बनेको देशभक्त लोकतान्त्रिक मोर्चाको संयोजकमा मनमोहनशमशेर राणालाई चयन गरिएको छ ।

 

लोकतन्त्रका हिमायती भन्ने ठूला दलहरुले राष्ट्रियताको रक्षा गर्न नसक्ने भन्दै मोर्चाले अहिलेको अवस्थामा राजासहितको राष्ट्रिय सहमति कायम गर्नुपर्ने मोर्चाद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।

 

मोर्चामा राष्ट्रिय जन एकता पार्टी राष्ट्रिय एकता पार्टी लोक कल्याणकारी जनता पार्टी देशभक्त राष्ट्रवादी पार्टी राष्ट्रिय शिवसेना पार्टी लिग नेपाल शान्ति एकता पार्टी नेपाल राष्ट्रवादी पार्टीलगायत आबद्ध छन् ।

 

मुलुकका प्रमुख ठूला दलले सङ्क्रमणकालीन अवस्थालाई छोट्याउनुको सट्टा राष्ट्रघाती काम गरेको राष्ट्रियता धर्मसंस्कृति र आम नेपालीको आत्मसम्मानमा आँच आउने काम गरेको आरोप मोर्चाको छ । 

 
प्रतिबन्ध विरुद्ध सरकार कडा रुपमा उत्रीने–सञ्चारमन्त्री
PDF Print E-mail

काठमाडौ, १६ असोज । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले नेकपा–माओवादीले हिन्दी चलचित्रको प्रर्दशनमा रोक लगाउने गरी थालेको आन्दोलनका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

 

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सरकार यस्तो गैर जिम्मेवार पुर्ण कार्यको विरोधी रहेको भन्दै नेकपा–माओवादीलाई वार्ताकोलागी आब्हान गरे ।

 

मन्त्री यादवले भने–माओवादीले सरकारको ध्यान आर्कषित गराउन आन्दोलन गरेको हो । हाम्रो ध्यान आर्कषित भयो अब बार्तामा आउनुहोस ।

 

साक्षात्कारमा उनले नेपाली बजारको अन्तर्राष्ट्रिय बजार खोज्ने अभियान जारी रहेको बेला नेपालमा विदेशी भाषाको चलचित्र प्रर्दशनमा रोक लगाउने कुराले हाम्रो अभियानलाई सहयोग नगर्ने भन्दै चलचित्र समाज रुपान्तरणको माध्यम भएकोले यसलाई कुनै भाषा र देशसँग जोडेर हेर्न नहुने बताए ।

 

उनले अहिलेको समयमा विदेशी भाषाको चलचित्र रोक्छु भन्नु सूर्यलाई हत्केलाले छेक्छु भन्नु जस्तै भएको दावी गर्दै यो कदम नेपालको सामाजिक रुपान्तरण रोक्ने राष्ट्रघाती कदम भएको आरोप लगा

 
सर्वदलिय बैठक पनि हात्ति आयो हात्ति आयो फुस्सा
PDF Print E-mail

काठमाडौ, १६ असोज । राष्ट्रपतिको अल्टिमेटम पछि असोज भित्र सहमति कायम गर्ने प्रमुख चार दलको प्रयासमा मंगलवार बसेको सर्वदलिय बैठक पनि हात्ति आयो हात्ति आयो फुस्सा बनेको छ ।

 

बैठकमा मधेसी मोर्चा सहित तीन दलका शिर्ष नेताहरुको कुनै ठोस सहमतिको खाँका नल्याएकोले बैठकमा केवल आ आफ्नो अडान ब्यक्त गर्ने काम भएको थियो ।

 

ठूला दलहरुले सहमतिको खाँका नल्याएकोमा साना दलले आक्रोस ब्यक्तगर्दै ठूला दलहरु नै सहमति गर्न ईच्छुक नभएको आरोप लगाएका थिए ।

 

बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचनमा जाने र सहमतिका साथ अगाडि बढ्ने सहमति भएको बताए । उनले निर्वाचनमा जाने प्रक्रिया, सदस्य संख्या, सहमतिको सरकार लगायतका विषयमा भने दलहरुवीच अझै विवाद भएको र केही दिन छलफल गरेर सहमति जुटाईने बताए । उनले पहिलो बैठकबाट सहमति खोज्नु हतार हुने बताए ।

 

बैठकमा संविधानसभाको पुनःस्थापना र निर्वाचनको विषयमा दलहरुवीच चर्को मतभेद भएको छ । सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरु संविधान सभा पुनःस्थापनाको पक्षमा रहेको भन्दै पुनःस्थापन विना निर्वाचन सम्भव नहुने तर्क गरे ।

 

काँग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले आफू अहिले पनि संविधानसभा पुनःस्थापनाकै पक्षमा रहेको भन्दै पुनःस्थापनाको सान्र्दभिकता अझै पुष्टि हुँदै गएको बताए । उनले निर्वाचनकोलागि पनि पुनःस्थापना हुनै पर्ने तर्क गरे ।

 


Page 92 of 188