दर्ता तथा प्रवेश
समाज
आफ्नै लिंग काटे गुरुङले
शुक्रबार, 17 मे 2013 10:15    PDF Print E-mail

चितवन, ३ जेठ । लमजुङका लेखमान गुरुङले आफ्नो लिंग आफै काटेका छन् । गुरुङ केही दिनयता चितवनको भेजाहड स्थित ससुरालीमा बस्दै आएका थिए । घरमा कोही नभएको मौका छोपी उनले लिंग काटेर दुई टुक्रा पारेका थिए । उनको अवस्था निकै गम्भीर रहेको बुझिएको छ ।

भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेजमा ल्याएर उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले आफ्नै लिंग किन काटे यसको कारण भने खुल्न सकेको छैन । उक्तघटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 10:39 )
 
आगोले २० करोड ध्वस्त
शुक्रबार, 17 मे 2013 09:05    PDF Print E-mail

काठमाडौं, ३ जेठ । काठमाडौंको ठमेलमा रहेको एक क्लबमा आगो लाग्दा २० करोड बराबरको धनमाल नष्ट भएको महानगरीय प्रहरी आयुक्ताको कार्यालय काठमाडौंले जनाएको छ ।

विहिबार राति ठमेलको फेसेस क्लबमा लागेको आगो शुक्रबार विहानसम्म निभाउन नसक्दा सो क्षति भएको बताइएको छ

प्रहरीका अनुसार सो क्लबमा विहिबार १०:३० बजेबाट शुक्रबार विहान ८ बजे मात्र नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुर तिनैवटै जिल्लाका दमकलले नपुगेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत दमकल झिकाएको थियो ।

पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 10:39 )
 
उमेर १०१, सन्तान १०६
सोमबार, 13 मे 2013 10:59    PDF Print E-mail

गुल्मी, ३० वैशाख । गुल्मीकी एक वृद्धा १०१ वर्षको उमेरमा गर्दा १०६ सन्तानका अभिभावक बनेकी छिन् ।

गुल्मी रुरु–३ की भीमला ज्ञवालीले आफ्नै खनाति खनातिनासँगै एकसय वर्ष पुरा गरेको उपलक्ष्यमा हालै जन्मदिन मनाएकी छन् । ज्ञवालीका दुई छोरा र पाँच छोरीबाट जन्मेका सन्तानको सङ्ख्या १०६ पुगेको छ ।

भीमलाका दुई छोरा र पाँच छोरीबाट जन्मेका सन्तानको हाँगो फैलिँदै गएर अहिले १७ नाति, १५ नातिनी, २९ पनाति, ३३ पनातिनी, एक खनाति र चार खनातिनी पुगेका छन् ।

पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 10:40 )
 
दाइजोको निहुँमा जिउँदै जलाइए महिला
PDF Print E-mail
राजविराज, २४ चैत  । दाइजो र अंशको निहुँमा सप्तरी डिमन गाविस-३ की एक महिलालाई जिउँदै जलाएर मारिएको आरोप माइती पक्षले लगाएको छ।
पति र ससुराली पक्षविरुद्ध लामो समयदेखि अंश मुद्दा खेप्दै आएकी ३५ वर्षीया संयुक्ता देवलाई उनका सासु, श्रीमान, जेठाजु, देवर र देउरानीले जिउमा मट्टितेल खन्याएर आगो लगाएको माइती पक्षको आरोप छ ।
 
गत सोमबार राति ९ बजे घरैमा आगोले जलेर गम्भीर घाइते संयुक्ताको उपचार क्रममा बिहीबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। शरीरको झण्डै ९० प्रतिशत भाग जलिसकेकाले संयुक्तालाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ। संयुक्ताका सुराली पक्षले खाना पकाउँदै गर्दा साडीमा आगो सल्केर घटना भएको बताएका छन्।
 
शुक्रबार मृतकका पिता राजविराज-७ का जामुनप्रसाद चौधरीले दाइजो र अंशको निहुँमा छोरीलाई जिउँदै जलाएर मारिएको बताए। उनले भने, ‘मागेजति दाइजो दिन नसक्दा छोरीलाई जलाइएको हो, हत्यारालाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’ 
 
एसी शेर्पाले स्कुललाई दिए दस ल्यापटप
बुधबार, 27 मार्च 2013 12:40    PDF Print E-mail

काठमाडौँ, १५ चैत । सोलुखुम्बुको टाप्टिङमा रहेको जनप्रिय माविलाई अमेरिका बस्दै आएका आङछिरिङ शेर्पा (एसी)ले सवटा ल्यापटप र किन्डल प्रदान गरेका छन् ।


उनी संलग्न रहेको सेभेन समिट फाउन्डेसनले सो सहयोग जुटाएको जानकारी शेर्पाले दिए । विद्यालयमा बुधाबार आयोजित एक कार्यक्रममा समिटका अध्यक्षसमेत रहेका शेर्पाले स्कुलका प्रधानाध्यापक धनबहादुरकार्कीलाई सो सामग्री हस्तान्तरण गरेका थिए ।


सामाजिक सेवाका लागि अमेरिकामा स्थापना भएको फाउन्डेसनले नेपाललगायतका गरिब देशका स्कुललाई सहयोग गर्दै आएको छ । फाउन्डेसनका अध्यक्ष शेर्पाले सोलुखुम्बु जस्तै देशका विभिन्न विकट जिल्लामा रहेका विद्यालयलाई आगामी दिनमा यस्तै सहयोग गर्ने आश्वासनसमेत दिए ।


शेर्पाले विश्वका सात महादेशका सबैभन्दा अग्लो सातवटै हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । सेभेन समिट फाउन्डेसनले स्कुलका विद्यार्थी फोहोर व्यवस्थापन तालिमसमेत दिएको छ । विसं २०१४ मा स्थापना भएको विद्यालयमा करिब २०० विद्यार्थी छन् ।

पछिल्लो परिमार्जन ( बुधबार, 27 मार्च 2013 12:43 )
 
विमानस्थलका १ सय ४९ टावरहरू बन्द गर्न अमेरिकाको आदेश
शनिबार, 23 मार्च 2013 13:08    PDF Print E-mail

वासिङटन, १० चैत। अमेरिकामा कडा बजेट कटौतीका कारण सङ्घीय उड्डयन प्रशासनले १४९ साना विमानस्थलका हवाइ यातायात नियन्त्रण टावरहरू बन्द गर्ने आदेश दिएको छ।

यसरी बन्द हुने भनिएका अन्य ४० वटा टावरहरू राष्ट्रिय अभिरुचि वा अन्यत्रबाट प्राप्त बजेट सहयोगका कारण बन्द नभएको जानकारी प्रशासनले दिएको छ।

यातामन्त्री रे लाहुडले एक विज्ञप्ति प्रकाशन गरी मुलुकभरका समुदायबाट उनीहरूको विमानस्थलका टावरको महत्वका विषयमा गुनासो आएपनि यस प्रकारको निर्णय गर्नुपरेको बताउनुभयो।

उहाँले बजेट कटौती पालना गर्नुपर्ने भएकाले यस प्रकारको व्यवस्था गर्नुपरेको पनि उल्लेख गर्नुभयो। सङ्घीय उड्डयन प्रशासनले हालको बजेटमा ६३ करोड ७० लाख अमेरिकी डलर बराबर कटौती गर्न र मार्चदेखिको सात महिनामा आठ करोड ५० लाख कटौती गर्न परेकाले यस्तो अवस्था आएको जानकारी दिएको छ।

 
बीसवर्ष जेल बसेपछि निर्दोष पुष्टि
शुक्रबार, 22 मार्च 2013 10:47    PDF Print E-mail

न्युयोर्क, ९ चैत । न्युर्योकस्थित ब्रुक्लिन् राज्यको सर्वोच्च आदलतले विहिबार डेभिड् रत्न निर्दोष भएको फैसला सुनाएको छ । एक धर्मगुरु रब्बीको हत्या अभियोगमा सन् १९९१ मा जेल परेका रत्न हत्यामा संलग्न ठोस प्रमाण फेला नपरेकोले उक्त फैसला सुनाएको अदालतले जनाएको छ ।
सन् १९९० मा मोर्मन धर्म गुरुको हत्या अभियोगमा उनलाई ३७ वर्ष जेल सजाय सुनाएको थियो । अभियोगकर्ताले भने उनी दोषी भएको दाबी गरेको छ । तर रत्नले शुरुदेखि नै उक्त आरोप अस्वीकार गरेका थिए । त्यतिबेला रत्न कुलतमा फसेका थिए । धर्मगुरु रब्बीको हत्यराको सुचना दिनेलाई त्यतिबेलाका मेयर डेभिड् डिन्किनले दश हजार डलर पुरस्कार दिने घोषणा समेत गरेका थिए ।

 
बस चोरीको आरोपमा दुई पक्राउ
शुक्रबार, 22 मार्च 2013 08:36    PDF Print E-mail

काठमाडौं, ९ चैत । नेपालगन्ज बसपार्कबाट हराएको बस कञ्चनपुरको श्रीपुरमा भेटिएपछि प्रहरीले चोरीको आशंकामा दुइजनालाई पक्रेको छ । पक्राउ पर्नेमा देखतभुली– १ चाँनदेउका धीरज चौधरी र सुरेन्द्र चौधरी रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनायो ।

बसपार्कबाटै हराएको भे१प १३८१ नम्बरको बस चारदिनपछि भेटिएको थियो । बस चोरीमा ठुलै समुह सक्रिया रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो परिमार्जन ( शुक्रबार, 22 मार्च 2013 08:41 )
 
अध्यादेश पिडितमैत्री नभएको भन्दै आपत्ती
बिहिबार, 21 मार्च 2013 10:40    PDF Print E-mail

काठमाडौ, ८ चैत । बेपत्ता भएको व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–०६९ पीडितमुखी नभएको भन्दै अधिकारकर्मीहरूले विरोध जनाएका छन् ।

अध्यादेशमार्फत गठन गरिएको आयोगले तत्कालीन द्वन्द्वका समयमा सरकारी पक्ष र विद्रोही पक्षका तर्फबाट भएका अपराधिक घटनालाई जबरजस्ती मेलमिलाप गराउने उद्देश्य राखेकाले अध्यादेश पीडितमैत्री नभएको उनीहरूको भनाइ छ ।

बिहीवार राजधानीमा आयोजित छलफलपश्चात् अधिकारकर्मीहरूद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई पनि अध्यादेशले बेवास्ता गरेको भन्दै विरोध जनाइएको छ ।

जारी अध्यादेश पीडितमैत्री नभएको र यसले पीडकहरूलाई उन्मुक्ति दिने र संरक्षण गर्ने नियत राखेकाले अध्यादेश तत्काल सम्बोधन गर्न अधिकारकर्मीहरूले माग गरेका छन् ।

पछिल्लो परिमार्जन ( बिहिबार, 21 मार्च 2013 11:05 )
 
ओबामा राष्ट्रपतिको रुपमा पहिलो पटक इजरायल
PDF Print E-mail

काठमाडौ, ७ चैत । अमेरीकी राष्ट्रपति बाराक ओवामा राष्ट्रपतिको रुपमा आफ्नो पहिलो इजरायल भ्रमणमा निस्कनु भएको छ । राष्ट्रपति ओबामाको ३ दिने भ्रमणलाई मध्यनजर गर्दै इजरायल र प्यालेस्टाइनको सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले उल्लेख गरेको छ ।

भ्रमणका क्रममा सिरिया युद्ध तथा इरानको परमाणु कार्यक्रमका विषयमा छलफल केन्द्रित रहने जनाईएको छ ।
भ्रमणका समयमा इजरायल र प्यालेस्टाईन बीचको अवरुद्ध शान्ति प्रक्रिया पुनः सुचारु गर्ने विषयमा आशलाग्दो प्रगति हुन सक्ने सम्भावना त्यति नरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति ओबामाले इजरायली प्रधानमन्त्री बेन्जेमिन नेतान्याहु तथा प्यालेष्टाईनी राष्ट्रपति मोहम्मद अब्बाससँग भेट गर्ने कार्यक्रमा रहेको छ । ओबामाको भ्रमणको तयारी स्वरुप विदेश मन्त्री जोन केरी इजराईलमै रहनु भएको छ ।

 


Page 1 of 31