| नेपालमा जनता र नेता बन्द कार्यक्रममा व्यस्त | ||||
|
|
काठमाडौं, २८ वैशाख । राष्ट्रिय अखण्डताका लागि जातिय सद्भाव सयुक्त संर्घष समितिले विभिन्न माग गर्दै आहृवान गरेको नेपाल बन्दका कारण बिहीवार देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण काठमाण्डौमा पनि सवारी साधन कम चलेका छन् । बन्द सफल बनाउन भन्दै हिडेका केही बन्दकर्ताहरुलाई प्रहरीले पक्राउसमेत गरेको छ । बन्दमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर सडकमा सुरक्षाकर्मीको बाक्लो रुपमा तैनाथ गरिएको छ । बन्दले कक्षा १२ को परीक्षा दिइरहेकाहरुलाई मार परेको छ । यस्तै सुदूरपश्चिम, मध्यपश्चिमसहितका ठाउाका नागरिकले भने दोहोरो बन्दको मार खेपेका छन् । संघियता जातियताका आधारमा हुनु नहुने तर उत्तर दक्षिण जोडिएको संघियताका लागि भन्दै बन्द आहृवान गरिएको विभेद मुक्ती प्रगतिशिल समाजका केन्दिय अध्यक्ष रुपबहादुर परियारले जानकारी दिनुभयो । जातिय संघ संगठनलाई अन्य जातियमा नभई आदिवासीमा सुचिकृत गर्नु पर्ने, आफुहरुको हक अधिकार हरेक क्षेत्रमा स्थापित गर्नु पर्ने, तोकिएको समयमा संविधान बन्नु पर्नेलगायत माग राख्दै संर्घष समितिले बिहीवार र शुक्रवार बन्दको आहृवान गरेको हो । ब्राहृमण समाज, क्षत्री समाज, ठकुरी समाज महासंघ, दशनामी समाज, विभेद मुक्ती प्रगतिशिल समाज, दलित जागरण सेवा संघ, पिछडा वर्ग महासंघलगायत संघसंगठन आवद्ध रहेको समिति बन्द गराएका हुन् । बन्दले गर्दा छोटो तथा लामो दुरीका सवारी साधान सन्चालनमा आउन नसकेकाले यात्रुहरु बीचबाटोमा नै अलपत्र परेका छन् । यसै क्रममा काठमाडौं क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष रामकुमार क्षत्रीले जातीय अधिकारका नाममा मलुकलाई विखण्डन गराई साम्प्रदायीक हिंसा भड्काउने जुन किसिमको जातीय आधारमा राज्यको भागबण्डा गर्ने क्रियाकलाप भईहरेको छन् यसले राष्ट्र र राष्ट्रियता तथा जातीय सददभावमाथी आँच आउने निश्चित छ । उहाँले यसप्रति समयमा नै सचेत हुनु जरुरी छ । तसर्थ, यस किसिमको गम्भिर विषयलाई समयमा नै राज्यको ध्यानाकर्षण नभएकोले ्क्षेत्रीहरु दुई दिने नेपाल बन्द गर्न बाध्य भएको बताए । |




