दर्ता तथा प्रवेश
सरकार र क्षेत्री, व्राम्हण समाजवीचको बार्ता निष्कर्ष विहिन
PDF Print E-mail
काठमाडौं, २९ वैशाख । सरकार र संयुक्त संघर्ष समितिवीच शुक्रवार  भएको बार्ता निष्कर्ष विहिन भएको छ । बार्ता निष्कर्ष विहिन भएपछि समितिले नेपाल बन्दको कार्याक्रमलाई निरन्तरता दिएको छ । सरकारसँगको बार्ता पछि बसेको बैठकले बन्दलाई निरन्तरता दिने निर्णय गरेको समितिले जनाएको छ ।
दुई दिनको नेपाल बन्दका कारण आजित भएका सर्वसाधारणलाई पुनः समस्या हुने भएको छ । यस अघि सरकारकाप्रति निधि र प्रमुख दलका शीर्ष नेताहरुसँग पनि समितिको बार्ता भएको थियो । बार्तामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय राज्यका पक्षमा अडान राखेपछि समिति आक्रोशित हुँदै बाहिरिएको हो ।
समितिले जातीय राज्य नबनाउन गरेको प्रस्तावलाई एमाओवादीले अस्वीकार गरेपछि बार्ता सफल नभएको समितिका सदस्यहरुले बताएका छन् ।
बार्तामा सरकारका तर्फबाट बार्ता टोली संयोजक तथा उपप्रधानमन्त्री कृष्ण सिटौला सहितका सदस्य तथा दलहरुका तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको सहभागिता थियो ।
संयुक्त संघर्ष समितिबाट व्राम्हण समाज, क्षेत्री समाज, दलित समाज, दशनामी समाज, पिछडा बर्ग लगायतको उपस्थिती थियो ।

यसैक्रममा क्षत्री समाज काठमाडौंका उपाध्यक्ष रामकुमार क्षत्रीले क्षत्री, ब्राहमण, दशनामी, समाज लगायतले गरेको २ दिने नेपाल बन्दलाई आम नेपाली जनताको सहयागेबाट सफल भएको छ । 

 

कमेन्ट राख्नुहोस्