दर्ता तथा प्रवेश
आगलागि पिडितलाइ राहतकोषको घोषणा
PDF Print E-mail

काठमाडौ, ३ जेठ । सिरहाको औरही गाविसमा मंगलवार भएको भिषण आगलागिको बुधवार प्रधानमन्त्रीसहितको टोली निरिक्षण गरेको छ ।

 

आगलागिमा परेको प्रति परिवारलाई सरकारको तर्फबाट २५ हजारको दरले राहत दिने घोषणा पनि प्रधानमन्त्री डा बाबुराम भट्टराइले गर्नुभएको छ । निरीक्षण टोलीमा प्रधानमन्त्रीसहित गृहमन्त्री विजयकुमार गच्छदार, संचारमन्त्री राजकिशोर यादव, उपप्रधानमन्त्री इश्वर पोखरेल र सभासद विजय

दवलगायत हुनुहुन्थ्यो ।

 

सिरहामा भएको आगलागिमा ८ सय ५० परिवारको ४ हजार घर जलेर नष्ट भएको छ । आगोले जलेर घाइते स्थानीय दिनेश साहका ३ महिनाका छोराको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । उनीहरुको उपचार सरकारले गर्ने घोषणा पनि प्रधानमन्त्री डा भट्टराइले बताउनु भएको छ । साथै प्रधानमन्त्रीले आगलागी पीडितका लागि नीजि क्षेत्रसँग पनि आफूले कुरा गर्ने बताउनु भएको छ । पीडितहरुलाई तत्कालका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले ५ हजार र जिविसले १ हजार रुपैयाँ दिने जनाइएको छ ।

 

औरही गाविसको ३, ४, ५, ६, ७ र ८ वडामा भएको भीषण आगलागीमा ८ सय ५० घर जलेको प्रारम्भिक तथ्यांक निकालिएको छ । आगलागी पीडितका लागि रेडक्रस, नेपाली सेना, स्थानीय संघ संस्था यूवा तथा छिमेकि देश भारतका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले राहत तथा खाद्यान्न वितरण गरीरहेका छन् ।

 

कमेन्ट राख्नुहोस्