| नयाँ संविधान जारी सँगै नेपालका सवै कैदीको आम माफी | ||||
|
|
काठमाडौ, ३ जेठ । नेपाल भरीका जेलमा विभिन्न आरोपमा कैद जीवन विताईरहेको कैदी बन्दीहरुका आफन्तले जेठ १४ गते संविधान जारी गरेसँगै सबै कैदी बन्दीलाई आम माफी दिएर जेल खाली गर्न माग गरेका छन ।
आममाफीकालागी कैदी बन्दी पिडित संघ गठन गरेर दवाव मुलुक कार्यक्रम गरिरहेको सो सस्थाले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आधा भन्दा बढी कैदि बन्दी निर्दोष भएर पनि सजाय पाईरहेको तर राजनीतिक पहुचावालाहरु जधन्य अपराध गर्दा पनि सहजै छुट्ने गरेको आरोप लगाउँदै जेठ १४मा नयाँ संविधान जारी गरेपछि सबै कैदिबन्दीलाई आममाफी दिएर जेल खाली गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघकी संयोजक सुरक्षा थापाले राजनीतिक दलका कार्यकर्ता र पहुचँवालाहरु जघन्य अपराध गर्दा समेत सजिलै उन्मुक्ती पाउने गरेको भन्दै संविधान जारी भए मुलुक नयाँ यूगमा प्रवेश गर्ने भएकोले सो अवसरमा सबै कैदि बन्दीलाई आम माफी दिनु पर्ने धारणा राखिन । उनले कैदमा रहेका पनि नेपाली नागरिक भएकोले उनीहरुलाई पनि देश विकासमा सहभागी हुने मौका दिनु पर्ने बताईन ।
मेघनाथ शर्माले धेरै कैदि बन्दीहरु प्रहरीले बढुवाकालागी नक्कली अपराधी बनाएर फसाएकाहरु रहेको दावी गर्दै कैदि बन्दीको रिहाईसँगै कैदी बन्दीको सिधामा बढोत्तरी र जेल सुधारको समेत माग गरे ।
मनिश्वर गौतमले मुलुकमा १४ लाख कैदि बन्दी रहेको भन्दै नयाँ संविधान जारी भए पछि सबैलाई रिहा गरेर मुलुक विकासमा संलग्न हुने अवसर दिनु पर्ने बताए। |




