| पूर्व युवारज पारसले पानी पिउन थाले |
|
| काठमाडौ, २१ फागुन । हृदयघात पछि अचेत अवस्थामा विगत १३ दिन देखि बैंककस्थित समितिभेद अस्पतालमा उपचार गराई रहेका पूर्व युवराज पारस शाहलाई आइतवार अबेरबाट भेन्टिलेटरबाट बाहिर निकालिएको छ । पारसलाई भेन्टीलेटरबाट बाहिर निकालिएको भए पनि पुन आवश्यक पर्ने आशंकामा समितिभेद अस्पतालले सो विषयलाई आधिकारिक रुपमा पुष्टि नगरेको एभेन्यूज टेलिभिजनले जनाएको छ ।
पारसको होस शनिवार मात्र खुलेको थियो । होस खुलेपछि उनले आफन्तहरुलाई चिनेको अस्पतालले जनाएको थियो । सोमवार पारसले आँफै पानी पिउन र वोल्न समेत थालेका छन् ।
स्थीतिमा सुधार ल्याउन पारसको फिजियो थेरापीसमेत गर्नुपर्ने उपचारमा संलग्न मुटुरोग बिशेषज्ञ मान चान्दाभिमोल र स्नायुरोग बिशेषज्ञ सोङचाई चिन्वातान्कुलले जारी गरेको संयुक्त प्रेस बिज्ञप्तिमा जनाइएको छ ।
पारस बिरामी परेपछि पूर्वराज परिवारका सवैसदस्य अहिले थाईल्याण्डमै रहेका छन् ।
|
|
| आइतबार मुलुकभरका शिक्षण संस्था ठप्प |
|
| काठमाडौं, २० फागुन । विद्यालयमा सङ्गठन खोल्ने विषयमा सञ्चालक र विद्यार्थी सङ्गठनबीचको विवादले आइतबार मुलुकभरका शैक्षिक संस्था ठप्प भएका छन् ।
निजी शैक्षिक संस्थाको सञ्जाल एसोसिएसन फर प्राइभेट एजुकेसनल अफ नेपाल (अपिन) ले आइतबार देशभरका निजी तथा सरकारी शैक्षिक संस्थामा गरेको बन्दले ७५ लाख विद्यार्थी प्रभावित भएका छन् ।
|
|
| पूर्व युवराज पारसको होस खुल्यो |
|
| काठमाडौं, १९ फागुन । पूर्व युवराज पारस शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । अस्पतालमा भर्ना भएको ११ दिनपछि उनको होस खुलेको बैङ्ककस्थित समितिभेज अस्पतालले जनाएको छ । उनले अब मान्छे ठम्याउन थालका छन् ।
|
|
| कर्णेल लामा धरौटीमा रिहा हुने |
|
| काठमाडौं, १९ फागुन । बेलायतको कारागारमा रहेका नेपाली सेनाका महासेनानी कुमार लामालाई धरौटीमा रिहा गर्ने त्यहाँको अदालतले निर्णय सुनाएको छ ।
महासेनानी लामा बेलायत पुगेको बेला त्यहाँको प्रहरीले उनलाई विगतको द्वन्द्वको समयमा नेपालमा युद्ध अपराध गरेको अभियोगमा पक्राउ गरेको थियो । शान्ति स्थापना कार्यमा राष्ट्रसङ्घीय मिसन सुडानमा खटिएका लामा बिदाको समयमा परिवारलाई भेट्न बेलायत पुगेको समयमा पक्राउ परका हुन् ।
|
|
| पारसको स्वास्थ्य अवस्थामा केही सुधार |
|
काठमाडौं १७, फागुन । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा केही सुधार देखिएपछि एमआरआई गर्ने तयारी भइरहेको छ । पूर्वयूवराज पारसको मुटुको चालमा सुधार आएको र शरीरको तापक्रम पनि सामान्य बन्दै गएकाले बिहीबार नै एमआरआई गरिने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले विज्ञप्ती नै निकालेर पूर्व युवराज पारसको हातगोडामा सहज चाल देखिएको तथा औषधिबिना नै रक्तचाप र मुटुको धड्कन नियन्त्रणमा आएको उल्लेख छ ।
विज्ञप्ति अनुसार शाहको हातखुट्टामा सहज चाल देखिएको छ । यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाह र कोमलले फागुन १६ गते बुधबार साँझ नै पारसको स्वास्थ्यस्थितिवारे जानकारी लिएक छन् । फागुन ८ गते राति अचानक हृदयघात भएपछि बैंकको समितिभेज अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ ।
|
|
| पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल थाइल्यान्ड प्रस्थान |
|
| काठमाडौ, १६ फागुन । हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न पूर्व राजा ज्ञानेन्द्र शाह बुधवार थाइल्यान्ड जानुभएको छ ।
पत्नि कोमल शाह, नाति र नातिनीहरूसहित ज्ञानेन्द्र १ बजेर ५५ मिनेटमा थाइल्याण्ड जानुभएको हो । झन्डै डेड हप्तादेखि उपचारमा रहनुभएका पारसको स्वास्थ्यअवस्थामा सुधार नआएपछि स्थिति बुझ्न उहाँ बैङ्कक जानुभएको पारिवारिक स्रोतले जनाएको छ ।
पूर्व युवराज पारसको स्वास्थ्य अवस्थामा अपेक्षाअनुसारको सुधार आउन नसकेको अस्पतालले मंगलवार मात्रै जानकारी गराएको थियो ।
उहाँको बैङ्ककको समितिभेज अस्पतालमा उपचार भइरहेको छ ।
|
|
| जेठ मसान्तभित्र निर्वाचन गर्न आयोग तयार |
|
| काठमाडौ, १५ फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने करिव निश्चित भएपछि निर्वाचन अयोगले पनि जेठ मसान्तभित्रै संविधानभसभाको निर्वाचन गर्न आयोग तयार रहेको जनाएको छ ।
आयोगले चुनाव गर्नसक्ने बताएपछि सरकारले चुनाव घोषणा गरेपनि समय अभावका कारण आयोगले तोकिएको मितिमा चुनाव गर्न सक्ला कि नसक्ला भन्ने आम चिन्ता हटेको छ ।
साथै, जेठ मसान्त भित्र निर्वाचन गर्ने गरी प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरुको सहमतिले तोकिएकै समयमा संविधानसभाको दोस्रो निर्वाचनहुने पक्का भएको छ ।
संविधानसभाको निर्वाचनसँगै स्थानीय निकायको निर्वाचन गर्ने विषयमा भने आयोग असमर्थ रहेको जनाइएको छ । केही राजनीतिक दलका नेताले संविधानसभाको निर्वाचनसँगै स्थानीय निकायको निर्वाचन पनि गरिनु पर्ने माग गर्दै आएका छन् ।
|
|
| रेग्मीलाइ प्रधानमन्त्री बन्न सर्वोच्चको स्वीकृति |
|
| काठमाडौ, १४ फागुन । सर्वोच्च अदालतले दलहरुबीच हुने सहमति अनुसार प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारको नेतृत्व गर्न तयार रहेको बताएको छ ।
सर्वोच्चले सोमवार विज्ञप्ती जारी गरी दलहरुबीच भइरहेको छलफलप्रति रेग्मी सकारात्मक रहेको बताएको छ ।
मन्त्रिपरिषदको अध्यक्ष बन्ने रेग्मीको नै निज चाहना र इच्छा नभएको भन्दै विज्ञप्तीमा भनिएको छ,'न्यायापालिकाको सार्वेच्च पदमा रही देशको न्ययापालिकोको नेतृत्व गरिरहेको अवस्थामा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने सम्बन्धमा सम्मानीय ज्यूको कुनै निजी चाहना वा इच्छा रहेको नभई यो विषय वृहत्तर राष्ट्रिय हित एवं सरोकारको विषय रहेको हुँदा राष्ट्रिय हित अनुकूल देशका उत्पन्न संवैधानिक जटिलताको निवारणका लागि सम्माननीय प्रधानन्यायधीशज्यूको सकारात्मक दृष्टिकोण रही आएको छ ।'
|
|
| अमेरिकाले एफ-35 लडाकू विमानहरूको उडान रोक्यो |
|
| वासिङटन, १४ फागुन । अमेरिकाले लकहीड मार्टीन एफ-35 लडाकू विमानहरूको सबै उडानहरू रद्द गरेको छ । अमेरिकी रक्षा विभाग ले यस कुराको जानकारी दिँदै बताए अनुसार एक लडाकू विमानको इन्जिनमा खराबी पाइएपछि यस प्रकारका सबै लडाकु विमानहरूको उडान रद्द गरिएका हुन् ।
अमेरिकी रक्षा विभाग ले विमानहरूको इन्जिनहरूको जाँचको नियमित कार्यक्रममा यस प्रकारको खराबी देखिएको थियो । रक्षा विभागले बताए अनुसार अहिले सावधानीका लागि सबै एफ-35 लडाकू विमानहरूको उडानहरू जांच प्रक्रिया पुरा हुने बेला सम्मका लागि रोक लगाइएको छ ।
यस प्रक्रियामा जांचमा समावेस १७ लडाकू विमान तथा फ्लोरिडा तथा एरिजोनामा प्रशिक्षणमा प्रयोग भैरहेका अन्य ३४ लडाकू विमानहरूको उडानमा रोक लगाइएको छ ।
|
|
| दक्षिण कोरियामा महिला राष्ट्रपति |
|
| काठमाडौ, १४ फागुन । दक्षिण कोरियामा पार्क जेउन–हीले पहिलो महिला राष्ट्रपतिका रुपमा सोमवार शपथ लिनु भएको छ । हजारौ समर्थकबीच राष्ट्रपति पार्कले राष्ट्रिय सुरक्षा र आर्थिक उन्नतिमा आफू ढृढ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उत्तर कोरियाले गरेको आणविक परीक्षणले कोरियाली जनतालाई चुनौति दिएको उहाँले बताउनु भयो । दक्षिण कोरियाली जनता र मुलुकको सुरक्षामा कतैबाट पनि चुनौति आए नसहने पार्कको दृढता थियो ।
साइनुरी पार्टीकी ६१ वर्षीया नेतृ पार्कले गत डिसेम्बरमा सम्पन्न निर्वाचनमा मुन लाई–ईनलाई पराजित गर्नुभएको हो । पार्क दक्षिण कोरियामा करिब दुई दशक शासन गरेका सैन्य नेता पार्क चुङ–हीकी छोरी हुनुहुन्छ ।
|
|
|
|
|
Page 3 of 31 |