दर्ता तथा प्रवेश
समाज
सेक्स गर्दागर्दै हर्टअट्याक हुन सक्ने
PDF Print E-mail

काठमाडौं, २ माघ । यौन सम्बन्धबाट नचाहँदा–नचाहँदै गर्भ रहने खतरा त छँदै नै छ, अर्को एक खतरा पनि देखिएको छ, त्यो हो–मुटुमा पर्ने असर ।

समाचार एजेन्सी बीबीसीका अनुसार शोधकर्ताको भनाई छ कि शारीरिक सम्बन्धका समयमा समेत मुटुमा गम्भीर असर पर्न सक्छ । शोधकर्ताले ४५ जना मानिसमा मुटुमा हुने समस्या मध्ये १ जना मानिसमा यस्तो समस्या यौन सम्बन्ध कायम गरिरहेको समयमा हुने पाएको जनाइएको छ ।

त्यस्तै समाचारमा भनिएको छ कि फ्रान्सका पूर्व राष्ट्रपति फेलिक्स र कम्तिमा २ जना पोप यस्ता छन्, जसको मृत्यु शारीरिक सम्बन्ध कायम गरिरहेको समयमा मुटमा भएको गम्भीर समस्या (हर्टअट्याक)को कारण भएको थियो ।

त्यतिमात्रै होइन्, शोधकर्ताका अनुसार जो व्यक्ति एकल यौन गतिविधिमा सक्रिय हुन्छन्, उनीहरु अन्धोपनाको शिकार समेत हुन सक्छन् । यस प्रकारको मामिलामा श्वासप्रश्वास रोकिने कारणबाट समेत मानिसको मृत्यु हुन सक्छ । तथापी यस किसिमको मामिला भने निकै कम बाहिर आएको जनाइएको छ ।

 
प्रधानमन्त्री र महान्यायाधिवक्ता बिरुद्ध सर्वोच्चमा रीट
PDF Print E-mail

काठमाडौ, २९ पुस । आठ वर्ष अघि जिउँदै पुरेर माओवादी कार्यकर्ताबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यासम्वन्धी अनुसन्धान रोक्न प्रधानमन्त्री डा बाबुराम भट्टराई र महान्यायाधीवक्ताले दिएको निर्देशन वदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

 

आईतवार अधिवक्ता गोविन्द बन्दीले अनुसन्धान रोक्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायाधीवक्ता मुक्ति प्रधानले दिएको निर्देशन अन्तरिम संविधान र सरकारी मुद्दा सम्वन्धी ऐन विपरित भएको दावी गर्दै रिट दायर गरेका हुन ।

 

त्यसै गरी अभिवक्ता बन्दीले दायर गरेको रिटमा महान्यायाधीवक्तले अनुसन्धान रोक्न पठाएको लिखित निर्देशन बदर गर्न उत्प्रेशणको समेत माग गरिएको हो ।

 

उनले रिटमा प्रधानमन्त्री, महान्यायाधीवक्ता, महान्यायाधीवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय, सरकारी वकिलको कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेखलाई विपक्षी बनाएका छन् ।

 
पशुपति क्षेत्रमा आगलागी
PDF Print E-mail

काठमाडौ, २९ पुस । पशुपति क्षेत्रको मृगस्थलीस्थित गोरखनाथ मन्दिरसँगै रहेको सत्तलमा आगलागी हुँदा एकजना वृद्धाको मृत्यु भएको छ।

आइतवार  करिब ८:३० बजे भएको सो आगलागीमा परेर नाम, वतन नखुलेकी अन्दाजी ८० वर्षीया वृद्धाको मृत्यु भएको गौशाला प्रहरी प्रभागले जनाएको छ।

 

सो आगलागीबाट करिब रु १५ लाख बराबरको क्षति भएको छ। आगलागी के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 
अमेरिकाले अफगान सैनिक फिर्ता गर्ने क्रमलाई गति दिने
PDF Print E-mail

 

वासिङ्टन, २८ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार अफगानिस्तानमा नेटोको सेनाले स्थानीय सुरक्षाको जिम्मेवारी अफगान सुरक्षा सेवालाई हस्तान्तरण गर्ने तथा त्यहााबाट अमेरिकी सैनिक फिर्ता लैजाने कार्यको गति तीव्र बनाउने बताउनुभएको छ ।

अफगान राष्ट्रपति हमिद कारजाइसाग भेटपछि राष्ट्रपति ओबामाले सन् २०१४ पछि नेटोको सेनाको अफगानिस्तानमा निकै सीमित भूमिका हुने बताउादै वासिङ्टनले अफगानिस्तानमा अल–कायदालाई नियन्त्रण गर्ने प्रमुख लक्ष्य प्राप्त गरेको उल्लेख गर्नुभयो ।

उहाँले अव नेटोको सेनाले तालिम र सल्लाह दिने कार्य गर्ने र उनीहरूले अफगान सुरक्षा सेवालाई सघाउने जानकारी दिनुभयो । उहाँले अफगान राष्ट्रपति कारजाइसाग एक संयुक्त पत्रकार सम्मेलनमा अब अफगानिस्तान आफ्नो पूर्ण सार्वभौमसत्ताको ऐतिहासिक पाइलामा अगाडि बढेको उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा अफगान राष्ट्रपति कारजाइले अब अफगान सेनाले आफ्ना जनतालाई सुरक्षा दिने पूर्ण जिम्मेवारी लिने उल्लेख गर्नुभयो । उहाँले अमेरिकी तथा अन्तर्राष्ट्रिय सेना गाउामा नरहने र अब त्यो जिम्मेवारी अफगान नागरिकको भएको पनि उल्लेख गर्नुभयो ।

राष्ट्रपति ओबामाले हाल अफगानिस्तानमा रहेका ६६ हजार सैनिक प्राय: फिर्ता गर्ने योजना गर्नुभएको बताइएको छ । राष्ट्रपति ओबामाले अफगानिस्तानमा कार्यरत हुने सैनिकको सुरक्षाको प्रत्याभूति नभइकन त्यहाँ सैनिक राख्ने कुरा सम्भव नहुने पनि उल्लेख गर्नुभयो ।

 

 
पत्रकार महास‌ंघको टोली दैलेखमा
PDF Print E-mail

काठमाडौ, २८ पुस । पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेकामाथि भइरहेको अनुसन्धान प्रक्रिया बारे बुझ्न नेपाल पत्रकार महासंघका उच्च स्तरीय मिसन टोली दैलेख पुगेको छ । 

अध्यक्ष शीव गाउँलेको नेतृत्वमा गएको महासंघको ४ सदस्यीय मिसन टोली शनिवार  काठमाडौबाट दैलेखका लागि प्रस्थान गरेको हो ।

 

टोलीमा सल्लाहकार पोषण केसी, केन्द्रीय सदस्य दामोदर तिमिल्सिना र केन्द्रीय सदस्य एवं मध्यपश्चिमाञ्चल संयोजक सूर्यमणी गौतम रहनु भएको छ ।

टोलीले पछिल्लो वस्तुस्थितिको बारेमा अध्ययन गर्नुका साथै पीडित पत्रकारका परिवार, स्थानीय पत्रकार, प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने अध्यक्ष गाउँलेले जानाकारी दिनुभयो ।

 
अल्बर्ट आइन्सटाइनको सुत्र अन्तरिक्षमा परिक्षण गरीने
PDF Print E-mail

काठमाडौ, २६ पुस । अल्वर्ट आइन्सटाइनले प्रतिपादन गरेको विश्वव्यापि सुत्र ई बरावर एमसि स्क्वायर अन्तरीक्षमा समेत प्ररिक्षण गरीने भएको छ ।

पृथ्विमा प्रमाणित सुत्र अन्तरीक्षमा सहि छ वा छैन भनि भौतिकशास्त्रीहरुले परिक्षण गर्न लागेका हुन् । अमेरीका स्थित एरिजोना विश्वविद्यालयका भौतिक विज्ञानका प्राध्यापक आन्द्रेइ लेबेदले यस सिद्धान्तको अन्तरीक्षमा परिक्षण गर्ने बताएका हुन् । उनले गरेको यो घोषणासँगै भौतिक वैज्ञानीकहरुमा नयाँ चुनौती थपिएको ।


आइन्सटाइनको ई बरावर एमसि स्क्वायर सिद्धान्त उर्जा, पिण्ड र प्रकाशको गतिसँग सम्वन्धि छ ।

 
सरकार विरुद्ध पत्रकार महासंघ आन्दोनमा
PDF Print E-mail

काठमाडौ, २५ पुस ।  पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ प्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध कडा संघर्षमा उत्रने भएको छ ।

प्रधानमन्त्री भट्टराईले मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा दैलेखमा २०६१ सालमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई पक्राउ पर्नुमा दुःख व्यक्त गरेपछि महासंघ आन्दोलित बनेको हो ।

त्यसैको बिरोधमा बुधवार नेपाल पत्रकार महासंघले नयाँ बानेश्वरमा बिरोध सभाको आयोजना गरेको छ ।  त्यसैगरी पुस २७ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

पत्रकार हत्याका आरोपीले उन्मुक्ती पाउन नहुने बिषयलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा महासंघको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

सरकार विरुद्धको कार्यक्रम अझ सशक्तढंगले अघि बढाउने नेपाल पत्रकार महासंघका सचिव जगत नेपालले बताउनु भयो । यस्तै, नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले प्रधानमन्त्रीको टिप्पणी भत्सर्नायोग्य भएको बताउनुभएको छ ।

 

 
स्थानीयवासी माथी गोली चल्यो प्यूठानमा
PDF Print E-mail

काठमाडौ, २३ पुस ।  प्यूठान जिल्लाको झिमरुक जलविद्युत आयोजनाले लोडसेडिङ गरेकोमा स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

विरोधमा उत्रिएका स्थानीयवासीको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागी प्यूठानको नयाँगाउँ गाविसका सन्तोष बुढा घाइते भएका छन् ।

बुढाको हातमा गोली लागेको छ । सरकार र प्यूठानबासीबीच एक वर्षअघि भएको लोडसेडिङ अन्त्य गर्ने सहमति पालना नभएको भन्दै प्यूठान र रोल्पावासी आन्दोलित भएका थिए । आन्दोलनकारीले सोमवार बिहानैदेखि दारिमचौरस्थित आयोजनाको उत्पादन गृहमा घेरा हाली आगजनीसमेत गरेका छन् । आगलागीबाट आयोजनाको केही भवनमा क्षति पुगेको छ ।

 

दिनभर तनावपूर्ण रहेको आयोजनाको उत्पादन गृहलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । नर्वे सरकारको सहयोगमा दुई दशकअघि निर्माण पूरा भएको आयोजनाबाट प्यूठान, रोल्पा र अर्घाखाँचीमा विद्युत् विस्तार गरिएको छ ।

 
अमेरिकामा गोलाबारीका घटना बढ्यो
PDF Print E-mail

एजेन्सी, २२ पुस ।  अमेरिकाको कोलोराडो राज्यस्थित एक घरभित्र भएको गोलीबारीमा ४ जनाको मृत्यु भएको छ । राज्यको अउरोरा शहरको डेन्भर स्थित एक घरमा गोलीचलेको आवाज सुनेपछि प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

पाँच घण्टाको प्रयासपछि प्रहरी घरभित्र प्रवेश गर्दा चार शव फेला पारेको विविसिले जनाएको छ । बन्दुकधारीले दुई पुरुष र एक महिलाको गोली हानी हत्या गरेको र घटनास्थलमा प्रहरी पुगेपछि आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीको आशंका छ । गत जुलाइमा कोलोराडो राज्यको सोही शहरमा रहेको एउटा सिनेमा घरमा बन्दुकधारीले अन्दाधुन्ध गोली चलाउँदा १२ जनाको ज्यान गएको थियो ।

अमेरिकामा पछिल्लो समय गोलाबारीका घटना बढिरहेका छन् ।

 
काठमाडौमा यसवर्षकै कम तापक्रम
PDF Print E-mail

काठमाडौँ, २२ पुस । काठमाडौँ उपत्यकामा आइतवार यसवर्षकै बढी चिसो भएको छ । काठमाडौँमा हिजो ०.७ तापक्रम रहेकामा आज ०.२ पुगेको छ ।

उपत्यकामा आइतवार यसवर्षकै बढी चिसो भएको र तत्कालै पानी पर्ने सम्भावना नरहेकाले चिसो अझै बढ्ने मौसमविद् राजेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले देशका तराईका जिल्लाबाहेक सबै स्थानमा जाडो बढेको पनि बताउनुभयो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको आजको न्यूनतम् तापक्रम ०.२ डिग्री सेल्सियस र अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म रहेको छ ।

 


Page 8 of 31