| एमाले पहिलो शक्ति बन्छ–खनाल |
|
|
काठमाडौं, ४ जेठ । चुनावको मिति अझै तोकिएको छैन तर दलहरु भने चुनावको परिणामबारे अनुमान गर्न थालिसकेका छन् । यही क्रममा एमाले अध्यक्ष झलनाथ खनालले आगामी चुनावमा एमाले देशको पहिलो शक्तिका रुपमा स्थापित हुने दाबी गरेका छन्।Â
बीसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय मदन नगर बल्खुमा आयोजित कार्यक्रममासो भनाई राखेका हुन् । उनले पहिलो संविधानसभाको चुनावमा एमाओवादी पहिलो पार्टी बनेकै कारण संविधान बन्न नसकेको आरोप लगाए । चुनावमा पहिलो शक्तिका रुपमा स्थापित हुँदै संविधान निर्माणसहितका कामलाई निष्कर्षमा पुर्याउने काम एमालेको रहेको उनले दाबी गरे। कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रितले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै उनले नेता द्वयको सिद्धान्तमा आधारित भएर नेपाल वर्तमान अवस्थासम्म आइपुगेको बताए ।
|
|
|
| रेखा थापा एमाओवादीमा प्रवेश |
|
|
काठमाडौं, ४ जेठ । नायिका रेखा थापा शनिबार एमाओवादीमा प्रवेश गरेकी छन् । त्यसैगरी एमाले पोलिटब्यूरो सदस्य उर्मिला अर्याल पनि एमाओवादीमा प्रवेश गरेकी छन्।
उनी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका मिल्ने साथी हुन् । एमाओवादी पार्टी कार्यालय पेरिस डाँडाँमा शनिबार आयोजित समारोहमा दुबै जना एमाओवादी प्रवेश गरेका हुन्।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 10:38 ) |
|
| धनमकै उत्पादन घट्ने |
| शुक्रबार, 17 मे 2013 10:24 |
 |
 |
 |
|
|
काठमाडौं, ३ जेठ । यो वर्ष बेलैमा पानी नपरेकाले खाद्यान्न उत्पादन आठ प्रतिशत घट्ने कृषि विकास मन्त्रालयले जनाएको छ । विहिबार मन्त्रालयले एक तथ्यांक सार्वजनिक गर्दै प्रमुख बाली धान र मकैको उत्पादनमा ठूलो गिरावट आउने देखिएको जनाएको हो।
यो वर्ष ८७ लाख लाख ३८ हजार टनमात्रै खाद्यान्न उत्पादन हुने प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ। गएको वर्ष ९४ लाख ५८ हजार टन खाद्यान्न उत्पादन भएको थियो। मन्त्रालयका अनुसार धान उत्पादन ११ प्रतिशतले घट्नेछ भने मकै आठ प्रतिशतले गिरावट आउने देखिएको छ। त्यसैगरी कोदो रदुई प्रतिशतले कमी आउने, तर गहुँबाली भने दुई प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
|
|
|
| आफ्नै लिंग काटे गुरुङले |
| शुक्रबार, 17 मे 2013 10:15 |
 |
 |
 |
|
|
चितवन, ३ जेठ । लमजुङका लेखमान गुरुङले आफ्नो लिंग आफै काटेका छन् । गुरुङ केही दिनयता चितवनको भेजाहड स्थित ससुरालीमा बस्दै आएका थिए । घरमा कोही नभएको मौका छोपी उनले लिंग काटेर दुई टुक्रा पारेका थिए । उनको अवस्था निकै गम्भीर रहेको बुझिएको छ ।
भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेजमा ल्याएर उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले आफ्नै लिंग किन काटे यसको कारण भने खुल्न सकेको छैन । उक्तघटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 10:39 ) |
|
| दासढुंगा घटना झनै रहस्यमय बन्यो–नेपाल |
| शुक्रबार, 17 मे 2013 09:53 |
 |
 |
 |
|
|
चितवन, ३ जेठ । मदन भण्डारी र जीवराज आश्रितको २० औ स्मृति दिवसमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अमर लामाको हत्याबाट दासढुंगा घटना झनै रहस्यमय बनेको बताएका छन् ।
नेकपा एमाले चितवनले शुक्रबार दासढुंगामा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै नेता नेपालले सो विचार राखेका हुन् । दासढुंगामा २० वर्षअघि एमालेका दुई नेताको दुर्घटनामा परी निधन भएको थियो । उक्त घटनामा सवारी चालक लामा भने बाँच्न सफल भएका थिए ।
नेता नेपालले घटनाको प्रमाण सवारीचालकको हत्या गर्ने व्यक्तिहरु अहिले एमाओवादीमा रहेका सुन्नमा आएकोले यसको जवाफ माओवादीले नै दिनुपर्ने बताए । लामा जीवितै रहेको भए दासढुंगाको रहस्य खुल्न सक्ने भएकाले उनको हत्या गरिएको दाबी नेपालले गरे । विभिन्न समयमा आयोग बनाएर अनुसन्धन गरेपनि दोषी पत्ता नलाग्नु दुर्भाग्य भएको धारणा राख्दै नेपालले आफ्नै पार्टी समेत यसमा चुकेको बताए ।
|
|
|
| ‘चुनावको मिति ९० दिन अघि मात्र’ |
| शुक्रबार, 17 मे 2013 09:23 |
 |
 |
 |
|
|
डडेल्धुरा, ३ जेठ । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले तत्काल चुनावको मिति तोक्न नहुने बताएका छन् । उनले चुनावको मिति तोक्दा चुनाव खर्चिलो हुने भएकाले ९० दिन अघि मात्र मिति तोक्नुपर्ने बताएका हुन् ।
ुप्रेस युनियनले डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले निकै अघि घोषणा गरिएको मिति नेपालीले थेग्न नसक्ने दाबी गरे ।
देउवाले भने,‘सकभर ६० दिन अघि नभए ९० दिन अघि मात्र चुनावको मिति तोक्नुपर्छ ।’उनले चुनाव हुनेमा कुनै शंका नगर्न आश्वस्त समेत पारेका थिए ।
|
|
|
| आगोले २० करोड ध्वस्त |
| शुक्रबार, 17 मे 2013 09:05 |
 |
 |
 |
|
|
काठमाडौं, ३ जेठ । काठमाडौंको ठमेलमा रहेको एक क्लबमा आगो लाग्दा २० करोड बराबरको धनमाल नष्ट भएको महानगरीय प्रहरी आयुक्ताको कार्यालय काठमाडौंले जनाएको छ ।
विहिबार राति ठमेलको फेसेस क्लबमा लागेको आगो शुक्रबार विहानसम्म निभाउन नसक्दा सो क्षति भएको बताइएको छ
प्रहरीका अनुसार सो क्लबमा विहिबार १०:३० बजेबाट शुक्रबार विहान ८ बजे मात्र नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुर तिनैवटै जिल्लाका दमकलले नपुगेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत दमकल झिकाएको थियो ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 10:39 ) |
|
| आँधीले ६ को ज्यान लियो |
| शुक्रबार, 17 मे 2013 09:03 |
 |
 |
 |
|
|
न्युयोर्क, ३ जेठ । अमेरिकाको टेक्सासमा आएको भीषण आँधीमा परी ६ जनाको ज्यान गएको छ भने सय भन्दा बढी व्यक्तिहरु घाइते भएका छन् ।
आँधीका कारण कैयौ घरमा क्षति पुगेको बताईएको छ । आँधीले रेन्चो ब्रजोससँग जोडिएका ग्रेनबरी सहरको क्षेत्र बढी प्रभावित भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार आँधी आउदाँ घरहरु हल्लिएका थिए । रुखहरु, सवारी साधनहरु समेत क्षतिग्रस्त बनेका छन् । उक्त आँधी क्लेबर्न सहरतिर अघि बढिरहेको जनाईएको छ ।
घटनास्थलमा उद्धारकर्मी खटाइसकेको सरकारी अधिकारीले जनाएको छ ।
|
|
|
| अन्तराष्ट्रिय कराते कोच अमात्य सम्मानीत |
| बिहिबार, 16 मे 2013 13:50 |
 |
 |
 |
|
|

न्युयोर्क- अन्तराष्ट्रिय मार्सल आर्टस संघ न्युयोर्कले आफनो डोजोको नियमित ग्रेडिङ ( बेल्ट टेष्ट ) को अवसर पारेर नेपाली कराते प्रशिक्ष् कदेवेन्द्र आमात्यलाई विशेष सम्मान गरियो । अमेरिकास्थित नेशनल कराते फेडेसनको रेफ्री समेत भएको आमात्यले गत महिना अमेरिकाको लसभेगासमा सम्पन्न युएस नेपाल ओपन र जुनियर इन्टरनेशनल च्याम्पियनसीपमा सफल कोचको भुमीका निभाएका थिए । उक्त च्याम्पियनसीपमा नेपालको तर्फबाट कास्य पदक विजेता तीन खेलाडीहरु शान्त ठोकर, समिर थोकर र जनकसिंह खडगले अमात्यलाई संघसग मिलेर सम्मान गरेका थिए । उनलाई प्रमुख अतिथि तथा सितेरियो करातेका सस्थापक राईले खादा र सम्मान पत्रका साथ सम्मान गरेका थिए । नेपालमा सन १९९३ देखि प्रशिक्षण कार्यमा लाग्दै आएका उनी सन २००७ देखि बोष्टनमा बसोबास गदै आइरहेका छन । आमत्य सितेरिया करातेमा तेस्रो डानको उपाधी हासिल गरिसकेर विभिन्न स्थानमा प्रशिक्षण दिदै आएका छन । यसै क्रममा अहिले नियमित रुपमा बोष्टन कम्युनिटि सेन्टर र वाइएमसिए स्पोटस क्लबमा कराते प्रशिक्षकको रुपमा कार्य गदै आइरहेका छन । न्युयोर्कको ज्याक्सनहाइटस्थित संघको आफनै डोजोमा सम्पन्न उक्त ग्रेडिङमा जुनियरदेखि सिनियार विभिन्न उमेर समुहका २४ जना खेलाडीहरुको सहाभागीता रहेका थिए ।

नेपालको सितेरियो करातेको सस्थापक थानेश्वर राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको शूरुवातमा खेलाडीहरुले आफुले सिकेको मार्सल आर्टसको आधारभुत कला प्रस्तुत गरेका थिए । वेल्टटेष्ट कार्यक्रमसंगै सस्थाले कार्यक्रममा संघका अध्यक्ष् तथा डोजोका प्रमुख प्रशिक्ष्क ÂÂÂÂ शान्त थोकरले नेपाल हुदै विदेशमा आएर पनि विश्वभरिको खेलाडीहरुको सहाभागीता रहेको उच्च प्रतियोगितमा कोच गर्न सफल आमात्यले मुलुकको प्रतिष्ठा बडाएको बताएका थिए । कार्यक्रममा सम्मानीत कोच आमात्यले खेलप्रतिको लगावकै कारण नेपाली खेलाडीहरुको प्रतिनिधित्व गरि युएस ओपनसम्मको कराते प्रतियोगितामा कोच गर्न पाएको रमाइलो अनुभव सुनाएका थिए । उक्त अवसरमा प्रमुख अतिथि राईले प्रवासमा पनि नेपालीद्धारा सञ्चालित डोजोमा तालीमरत खेलाडीहरुले नेपालको पहिचान अन्तराष्ट्रिय माझ दिलाउने कार्य गरेको बताएका थिए ।
|
| पछिल्लो परिमार्जन ( बिहिबार, 16 मे 2013 14:01 ) |
|
| दैनिक २० किलो सुन आयात हुने |
| बिहिबार, 16 मे 2013 12:51 |
 |
 |
 |
|
|
काठमाडौ, २ जेठ ।केन्द्रीय बैंकले १५ किलो सीमा तोकेको सुन आयतमा ५ किलो बढाएर दैनिक २० किलो सुन बजारमा आयात गर्न सकिने व्यवस्था गरेको छ । करिब ३ वर्षअघि अत्यधिक सुन आयात भएपछि दैनिक १५ किलो सीमा तोकेको केन्द्रीय बैंकले जेठ र असारका लागि ५ किलो थपिदिएको छ ।
पछिल्लो व्यवस्थाअनुसार औसत दिनको २० किलोका हिसाबले वाणिज्य बैंकहरूले सुन आयात गर्न पाउने छन् । विवाहको मौसमलाई ध्यानमा राखी सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ लाई संशोधन गरेर सुन आयात गर्न सकिने परिमाणमा ५ किलो थपिएको हो । बजार भने दैनिक ४० किलो सुन माग हुने व्यापारी बताउँछन् ।
|
|
|
|
|
|
Page 2 of 279 |