दर्ता तथा प्रवेश
राष्ट्रिय समाचार
नेकपा–माओवादीका केन्द्रीय सदस्य पक्राउ
बुधबार, 15 मे 2013 11:09    PDF Print E-mail

सुर्खेत, १ जेठ । बुधबार नागरिकता बिधेयकविरुद्ध प्रदर्शन गर्ने क्रममा सुर्खेतमा नेकपा–माओवादीका केन्द्रीय सदस्य भरत बम पक्राउ परेका छन् । सुर्खेतको मैनतडा, जहरेमा भएको सभामा प्रहरीले हस्तक्षेप गरी केन्द्रीय सदस्य बम सहित ९ कार्यकर्तालाई समेत पक्राउ गरेको माओवादी प्रवक्ता पम्फा भुषालले जनाएकी छिन्।

३३ दलले चुनावी सरकारको विरोधमा मेची–महकाली अभियान सञ्चालन गरेकै बेला माओवादीको कार्यकर्ता पक्राउ परेका हुन् । भुषालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही क्रममा आज सुर्खेतको मैनतडाजहरेमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका हाम्रा पार्टीका कार्यकर्ता माथि प्रहरीले गोली चलाउँदा ३ जना कमरेडहरु घाइते बनेका छन् र केन्द्रीय सदस्य भरत बमसहित ९ जनालाई गिरफतार गरिएको छ।’ घाइतेलाई उपचार तथा क्षतिपुर्ति तथा गिरफ्तारलाई बिनासर्त रिहा गर्न प्रवक्ता भुषालले माग गरेकी छिन्।

 
काँग्रेस कार्यकर्ता मृत फेला
बुधबार, 15 मे 2013 11:04    PDF Print E-mail

सिरहा , १ जेठ । नेपाली काँग्रेसका कार्यकर्ता किशोरी मण्डलको शव खेतमा फलिएको अवस्थामा फेला परेको छ । कल्याणपुर जब्दीको रमनाबंठीया बुधबार अपरान्ह्र उनको शव फेला पारेको हो । कल्याणपुर जब्दी २ का ४५ वर्षीय मण्डलको हत्या गरेको हुनसक्ने आशंका प्रहरी गरेको छ ।

घाँटीमा थिचिएको देखिएकोले हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको हो । मण्डलको हत्या कसले र किन गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कांग्रेस सिरहाका सचिव नरेश यादवले एक विज्ञप्ती जारी गरि तत्काल अपराधीलाई खोजी गरि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

 
पुनःबहाली नभएपछि पार्टी खोले
मंगलबार, 14 मे 2013 12:39    PDF Print E-mail

पार्टीको नाम नेपाल राष्ट्र सेवा दल

काठमाडौं, ३१ वैशाख ।१० वर्षे जनयुद्धमा जागिर गुमाएका प्रहरी र सेनाले पुनःबहाली नभएपछि पार्टी खोलेका छन् ।

सोमबार राजधानीको रिपोर्टस क्लबमा उनीहरुले पार्टीको नाम समेत सार्वजनिक गरेका छन् । उनीहरुले दलको नाम नेपाल राष्ट्र सेवा दलका राखेका छन् ।

दलका संयोजक सूर्यबहादुर घिमिरेले आफ्नो नयाँ पार्टी घोषणा गर्दै राजनीतिक दलहरुले आफूहरुलाई पुनःवहाली गर्ने आश्वासन मात्र दिएर ढाँटेकोले बाध्य भएर नयाँ राजनीतिक दल खोलेको जानकारी दिए।

जागिर गुमाएकाहरुले पाँच वर्षसम्मको संघर्षपछि पनि उनीहरुलाई पुनःबहाली गर्नेतर्फ सरकारले ध्यान नदिएको राजनीतिक दल खोलेर देशमा राजनीति गर्ने निर्णय गरेका हुन्।
सशस्त्रद्वन्द्वका क्रममा सेना र प्रहरीका ४६ हजार ४९० राष्ट्र सेवकले जागिर गुमाएका थिए ।

पछिल्लो परिमार्जन ( मंगलबार, 14 मे 2013 12:41 )
 
महसंघको अध्यक्षमा नगेन्द्र कुमाल विजयी
मंगलबार, 14 मे 2013 12:27    PDF Print E-mail

चितवन, ३१ वैशाख । चितवनको सौराहामा भएको नेपाल आदीवासी जनजाति महासंघको आठौं महाधिवेशनबाट अध्यक्षमा नगेन्द्र कुमाल विजयी भएका छन् । उनले चन्द्रविक्रम राईलाई १४ मतले पछि पार्दै विजयी हुन सफल भएका हुन् । कुमालले ३२ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी राईले १८ मत ल्याएका छन् ।

महासचिवमा पेम्बा भोटे, कोषाध्यक्षमा जगतबहादुर बराम, उपाध्यक्षमा हिमालबाट डण्डु शेर्पा,पहाडबाट सुर्य भुजेल,तराईबाट रामअवतार मण्डल,भित्रि तराईबाट सफिया दराई र महिलाबाट रोशनी मेचे छन् ।

त्यस्तै पांच सदस्यीय सचिवमा यसोदा चौधरी, गणेशराज थकाली, यमबहादुर चेपाङ, ध्यानी उराउ र चिनियाँ माझी छन् । सोमबार राति १० बजेबाट सुरु भएको निर्वाचन १२ बजे सकिएको थियो । मत परिणाम भने राति साढे १ बजे सार्वजनिक भएको महासंघले जनाएको छ । २८ गतेबाट सुरु महाधिबेशन नेतृत्व चयनमा सहमति हुन नसक्दा निर्वाचन भएको हो ।

पछिल्लो परिमार्जन ( मंगलबार, 14 मे 2013 12:33 )
 
रेग्मीको दोस्रो छलफल एमालेसँग
मंगलबार, 14 मे 2013 12:21    PDF Print E-mail

काठमाडौँ, ३१ वैशाख । विभिन्न विवादित विषयलाई सहमति जुटाएर चुनावको वातावरण तयार गर्न मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दोस्रो दिन मंगलबार एमालेका नेतासँग छलफल गरेका छन् ।

सो छलफलमा एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल र नेताहरू भीम रावल, अग्नि खरेल सहभागी थिए । प्रधानमन्त्री कार्यालय वालुवाटारमा भएको छलफलमा सरकारी टोलीका वार्ता संयोजक गुहमन्त्री माधवप्रसाद घिमिरे समेत थिए ।

अध्यक्ष रेग्मीले सोमबार नेपाली काँग्रेसका सभपाति सुशील कोइरालासँग छलफल गरेका थिए । एमालेसँग भएको छलफलमा संविधानसभा चुनावसम्बन्धी मूल कानुनमा रहेको दलको मान्यता पाउन ल्याउनुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) समानुपातिक सदस्य दल दर्ता, फौजदारी कसुर लागेकाले उम्मेदवार हुन पाउने नपाउनेलगायतका विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

 
श्रेष्ठलाई उपचार गर्न विदेश लाने
मंगलबार, 14 मे 2013 12:10    PDF Print E-mail

काठमाडौं, ३१ वैशाख । पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई थप उपचार गराउन विदेश लाने तयारी भएको उनको परिवारले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ    ज्ञानेश्वरस्थित हिमाल नर्सिङ होममा उपचार गराइरहेका थिए ।

उच्च रक्तचाप र निमोनिया संक्रमण भएका ७१ वर्षीय श्रेष्ठको स्वास्थ्यमा थप उपचारका लागि विदेश लानुपर्ने आवश्यकता रहेको अस्पतालले जनाएपछि विदेश लाने तयारी गरेको बताइएको छ ।

 
कार बम आक्रमणमा परी ५० को ज्यान गयो
मंगलबार, 14 मे 2013 12:02    PDF Print E-mail

टर्की, ३१ वैशाख । टर्कीको एक सहर सोमबार भएको दुईवटा वेग्लावेग्लै ठाउँमा भएको कार बम विस्फोतमा ५० व्यक्तिको ज्यान गएको छ ।

विस्फोटमा परी सय भन्दा बढी व्यक्ति घाइते भएका थिए । सिरियाको सीमा नजिकै भएको विस्फोट सिरियासँग आवद्ध समूहले नै गराएको हुनसक्ने आशंका टर्कीका सरकारी अधिकारीहरूका गरेका छन् ।  

सिरियामा सन् २०११ देखि सुरुको आन्दोलनका कारण करिब ४ लाख सिरियाली शरणार्थी टर्कीमा रहदै आएका छन् । –एजेन्सी

 
एन्जेलिनाको दुबै स्तन अप्रेसन
मंगलबार, 14 मे 2013 11:58    PDF Print E-mail


altन्युयोर्क । हलिउड अभिनेत्री तथा निर्देशक एन्जेलिना जोलीले क्यान्सर संक्रमण भएको देखिएपछि स्तन अप्रेसन गरेको बताइएको छ ।
उनले स्तन क्यान्सरबाट बच्न मास्टेक्टोमी नामक अपरेशन गरेकी थिइन् ।
उनको उक्त स्तन अपरेशनका लागी करिब ३ महिना लागेको थियो । उनको उक्त अपरेसन गत अप्रिलमा सकिएको थियो । उनले आफ्नो अपरेशनका दौरान आफूलाई आफ्ना पति ब्राड पिटले निकै साथ दिएको भन्दै खुसीका साथ धन्यवाद समेत दिएकी छिन् ।

चिकित्सकहरुले उनलाई स्तन क्यान्सर हुने ८७ प्रतिशत र गर्भासयको क्यान्सर हुने सम्भावना ५० प्रतिशत रहेको बताएका थिए ।
हालैन्युयोर्क टाइम्समा माइ मेडिकल च्वाइस शिर्षकको लेखमा उनले आफ्नो आमा एक दशकसम्म क्यान्सरबाट संघर्ष गरेर ५६ वर्षको उमेरमा मृत्यु भएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘म चाहन्छु मेरा बच्चाहरुले पनि आफ्नो आमा गुमाउनु नपरोस् ।ु उनले आफूले आफ्ना सन्तानहरूलाई नतर्सिन आग्रह गरेको समेत बताएकी छिन् ।

-एजेन्सी

पछिल्लो परिमार्जन ( बुधबार, 15 मे 2013 12:50 )
 
अप्रिल यता अमेरिकी खुद्रा बिक्रीमा वृद्धि
मंगलबार, 14 मे 2013 11:46    PDF Print E-mail

न्युयोर्क, ३१ वैशाख । अप्रिलयता अमेरिकी खुद्रा बिक्रीमा अप्रत्याशितरूपमा वृद्धि भएको छ । यसअघि खुद्र बिक्रीमा व्यापक ओरालो लागेको थियो ।
सोमबार सार्वजनिक गरिएको तथ्यांकमा अमेरिकी वाणिज्य विभागले मार्च महिनामा शून्य दशमलव पाँच प्रतिशतको गिरावटपछि अप्रिल महिनामा खुद्रा बिक्री शून्य दशमलव एक प्रतिशतले वृद्धि हो ।

मार्च महिनामा सबैभन्दा ओरालो लागेको खुद्र विक्रीले गर्दा व्यापारीहरुको खर्च बढाएको थियो । कार, पेट्रोल र निर्माण सामग्रीलाई समेट्ने प्रमुख बिक्री र कुल गार्हस्थ्य उत्पादनको उभपोक्ता खर्च शून्य दशमलव पाँच प्रतिशतले बढेको छ ।

त्यसैगरी कार बिक्री एक प्रतिशतले र लुगाकपडाको बिक्री एक दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । डिपार्टमेन्ट स्टोरहरूलाई समेट्ने सामान्य मर्केन्डाइज स्टोरको बिक्री एक प्रतिशतले बढेको छ ।

इलेक्ट्रोनिक्स उपकरण स्टोर, निर्माण सामाग्री र बगैँचा आपूर्ति भण्डारको बिक्रीमा पनि वृद्धि भएको छ । यस बृद्धिसँगै आर्थिक मन्दी विस्तारै घट्ने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् ।

पछिल्लो परिमार्जन ( मंगलबार, 14 मे 2013 11:56 )
 
नेपाली फिल्ममा तामिल हिरोइन
सोमबार, 13 मे 2013 11:10    PDF Print E-mail

altकाठमाडौ । तामिल, मलयालम र तेलुगु भाषाका फिल्म खेलिसकेकी भारतीय अभिनेत्री सोनाली जोशीकोनेपाली फिल्म ‘माया दिउँ झैं भो’ मा अभिनय गरेकी छन् । फिल्म जेठको पहिलो शुक्रबार रिलिज हुने भएको छ।

निर्मल केसीद्वारा निर्देशित फिल्ममा सोनालीले बिराज भट्टको जोडी भएर अभिनय गरेकी छन्। सोनालीको यो पहिलो नेपाली फिल्म हो। फिल्ममा पूजना प्रधान, पुष्कर भट्ट, विनय आनन्द लगायतले पनि अभिनय गरेका छन्।


प्रेम, एक्सन र पारिवारिक ड्रामाले भरिपूर्ण यस फिल्मलाई भोजपुरी र नेपाली दुई भाषामा निर्माण गरिएको हो। फिल्मको ८० प्रतिशत छायांकन भारतको मुम्बईमा भएको थियो।

पछिल्लो परिमार्जन ( सोमबार, 13 मे 2013 11:32 )
 


Page 4 of 279