दर्ता तथा प्रवेश
राष्ट्रिय समाचार
अन्तराष्ट्रिय कराते कोच अमात्य सम्मानीत
बिहिबार, 16 मे 2013 13:50    PDF Print E-mail

alt

न्युयोर्क- अन्तराष्ट्रिय मार्सल आर्टस संघ न्युयोर्कले आफनो डोजोको नियमित ग्रेडिङ ( बेल्ट टेष्ट ) को अवसर पारेर नेपाली कराते प्रशिक्ष् कदेवेन्द्र आमात्यलाई विशेष सम्मान गरियो । अमेरिकास्थित नेशनल कराते फेडेसनको रेफ्री समेत भएको आमात्यले गत महिना अमेरिकाको लसभेगासमा सम्पन्न युएस नेपाल ओपन र जुनियर इन्टरनेशनल च्याम्पियनसीपमा सफल कोचको भुमीका निभाएका थिए । उक्त च्याम्पियनसीपमा नेपालको तर्फबाट कास्य पदक विजेता तीन खेलाडीहरु शान्त ठोकर, समिर थोकर र जनकसिंह खडगले अमात्यलाई संघसग मिलेर सम्मान गरेका थिए । उनलाई प्रमुख अतिथि तथा सितेरियो करातेका सस्थापक राईले खादा र सम्मान पत्रका साथ सम्मान गरेका थिए । नेपालमा सन १९९३ देखि प्रशिक्षण कार्यमा लाग्दै आएका उनी सन २००७ देखि बोष्टनमा बसोबास गदै आइरहेका छन । आमत्य सितेरिया करातेमा तेस्रो डानको उपाधी हासिल गरिसकेर विभिन्न स्थानमा प्रशिक्षण दिदै आएका छन । यसै क्रममा अहिले नियमित रुपमा बोष्टन कम्युनिटि सेन्टर र वाइएमसिए स्पोटस क्लबमा कराते प्रशिक्षकको रुपमा कार्य गदै आइरहेका छन । न्युयोर्कको ज्याक्सनहाइटस्थित संघको आफनै डोजोमा सम्पन्न उक्त ग्रेडिङमा जुनियरदेखि सिनियार विभिन्न उमेर समुहका २४ जना खेलाडीहरुको सहाभागीता रहेका थिए ।

alt

नेपालको सितेरियो करातेको सस्थापक थानेश्वर राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको शूरुवातमा खेलाडीहरुले आफुले सिकेको मार्सल आर्टसको आधारभुत कला प्रस्तुत गरेका थिए । वेल्टटेष्ट कार्यक्रमसंगै सस्थाले कार्यक्रममा संघका अध्यक्ष् तथा डोजोका प्रमुख प्रशिक्ष्क  शान्त थोकरले नेपाल हुदै विदेशमा आएर पनि विश्वभरिको खेलाडीहरुको सहाभागीता रहेको उच्च प्रतियोगितमा कोच गर्न सफल आमात्यले मुलुकको प्रतिष्ठा बडाएको बताएका थिए । कार्यक्रममा सम्मानीत कोच आमात्यले खेलप्रतिको लगावकै कारण नेपाली खेलाडीहरुको प्रतिनिधित्व गरि युएस ओपनसम्मको कराते प्रतियोगितामा कोच गर्न पाएको रमाइलो अनुभव सुनाएका थिए । उक्त अवसरमा प्रमुख अतिथि राईले प्रवासमा पनि नेपालीद्धारा सञ्चालित डोजोमा तालीमरत खेलाडीहरुले नेपालको पहिचान अन्तराष्ट्रिय माझ दिलाउने कार्य गरेको बताएका थिए ।

पछिल्लो परिमार्जन ( बिहिबार, 16 मे 2013 14:01 )
 
दैनिक २० किलो सुन आयात हुने
बिहिबार, 16 मे 2013 12:51    PDF Print E-mail

काठमाडौ, २ जेठ ।केन्द्रीय बैंकले १५ किलो सीमा तोकेको सुन आयतमा ५ किलो बढाएर दैनिक २० किलो सुन बजारमा आयात गर्न सकिने व्यवस्था गरेको छ । करिब ३ वर्षअघि अत्यधिक सुन आयात भएपछि दैनिक १५ किलो सीमा तोकेको केन्द्रीय बैंकले जेठ र असारका लागि ५ किलो थपिदिएको छ ।

पछिल्लो व्यवस्थाअनुसार औसत दिनको २० किलोका हिसाबले वाणिज्य बैंकहरूले सुन आयात गर्न पाउने छन् । विवाहको मौसमलाई ध्यानमा राखी सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ लाई संशोधन गरेर सुन आयात गर्न सकिने परिमाणमा ५ किलो थपिएको हो । बजार भने दैनिक ४० किलो सुन माग हुने व्यापारी बताउँछन् ।

 
विमान दुर्घटना, यात्रु घाइते
बिहिबार, 16 मे 2013 12:47    PDF Print E-mail

पोखरा, २ जेठ । मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नै लाग्दा नेपाल एयरलाईन्सको विमा बिहीबार दुर्घट्नामा परेको छ । धावन मार्ग‘ रन वे’ मा गुडेर मोड्ने बेलामा दुर्घट्ना भएको एयरलायन्सले बताएको छ । विमान रन वे बाहिर नजिकै कालिगण्डकी नदीको किनारमा खसेको थियो ।

विमानमा रहेका सबै २२ जना घाइते भएका छन् । उक्त विमानमा आठ जापानी नागरिकसहित २२ जना यात्रु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 
ढिस्कोले पुर्दा ड्राइभरको ज्यान गयो
बिहिबार, 16 मे 2013 12:40    PDF Print E-mail

कास्की, २ जेठ । जिल्लाको मिजुरेडाँडा–३ मा बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर स्काभेटर चालकको ज्यान गएको छ । मृतक मकवानपुर भीमफेदीका रामबहादुर थापा भएको खुलेको छ ।

बाटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर स्काभेटर पुरिँदा स्काभेटर घाइते भएका थापालाई उपचारका लागि पोखरा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

 
बारबराको नाममा खोजी पत्रकारिता पुरस्कार
बिहिबार, 16 मे 2013 12:34    PDF Print E-mail

काठमाडौं, २ जेठ । अमेरिकी नागरिक बारबरा एडम्सले नेपाली स्वतन्त्र र खोजी पत्रकारिताको अभिवृद्धि गर्ने उद्देश्यले 'बारबरा एडम्स खोजी पत्रकारिता सम्मान' को स्थापना गरेकी छिन् ।

बारबरा पिस फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा बिहिबार आयोजना गरेको कार्यक्रममा सम्मानको घोषणा गरिएको हो ।
एडम्सले पुरस्कारको लागि १० हजार अमेरिकी डलरको पुरस्कार अक्षय कोष स्थापना गरेकी छिन् । एडम्सले त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको मातहतमा सञ्चालन हुने गरी उक्त सम्मान स्थापना गरेकी हुन् ।
हरेक वर्ष लोकतन्त्र दिवसको अवसरमा एकजनालाई ५१ हजार रुपैया प्रदान गरिनेछ ।

नेपालको सामाजिक क्षेत्रका विकृति तथा विसंगति जस्ता विषयमा स्वतन्त्र लेखकका रूपमा रहेकी उनले नेपाली नागरिकता लिइसकेकी छिन् ।

पछिल्लो परिमार्जन ( बिहिबार, 16 मे 2013 12:51 )
 
महिला सहभागिता सुनिश्चित छ : कोइराला
बिहिबार, 16 मे 2013 12:24    PDF Print E-mail

काठमाडौं, २ जेठ । महिलाको सहभागिताबारे विभिन्न दलले अश्वासन दिइरहेकै बेला नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पनि अब हुने संविधानसभा चुनावमा महिलाको सहभागिता सुनिश्चित हुने बताएका छन् ।

सभापति कोइरालाले आफ्नै निवास महाराजगन्जमा बिहिबार विभिन्न महिला अधिकारकर्मी तथा महिला पत्रकारसँगको संविधानसभा चुनावमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सचेत रहेको बताएका हुन् ।

सभापति कोइरालाले पार्टीमा महिला कार्यकर्ताको बाक्लो सहभागिता रहेकाले सरकारमा महिलालाई प्रधानमन्त्री बनाउन पनि आफूू तयार रहेको प्रस्ट पारे । कोइरालालाई भेट्न महिलाका सवालमा काम गर्ने विभिन्न २४ वटा संस्थाका प्रतिनिधि महाराजगन्ज पुगेका थिए ।

 
‘चुनावै नगरी संविधान जारी गर्न सकिन्छ’
बिहिबार, 16 मे 2013 12:17    PDF Print E-mail

नेपालगन्ज, २ जेठ । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले चुनाव नगरी कनै संविधान जारी गर्न सक्ने ठोकुवा गरेका छन् ।

माओवादीले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा चन्दले दलहरुवीच सहमति भए चुनाव विनदै संविधान बन्ने दाबी गरेका हुन् । त्यसैले सहमति नगरी चुनावमा जानुको जानुको कुनै अर्थ नरहने उनको तर्क थियो ।

नेता चन्दले विमतिका विषयलाई चटक्कै बिर्सेर चुनावले सबै विवाद किनारा लगाउँछ भन्नु जनतालाई झुक्याउनु मात्र भएको बताए ।

 
‘अन्तराल’ देशव्यापी
बिहिबार, 16 मे 2013 11:56    PDF Print E-mail

altकाठमाडौ । चार युवाहरूको कथामा आधारित रहेर बनेको फिल्म अन्तराल जेठ ३ बाट देशव्यापी प्रदर्शनमा आएको छ ।

यसको विशेष प्रदर्शनी भने बुधबार जय नेपाल हलमा गरिएको थियो । दीपा बस्नेतको निर्देशन रहेको फिल्ममा कमलमणि नेपाल, राजकुमार पुडासैनी, धनुभाइ जोशी, लोकेन्द्र लेखक, मानव सुवेदी, नम्रता सापकोटा र असिष्मा नकर्मीले अभिनय गरेका छन् ।

अभिमन्यु निरबीको लेखन रहेको फिल्ममा शशि बी थापाको संगीत रहेको छ । त्यसैगरी छायांकन शिवराम श्रेष्ठको रहेको छ ।

जीवनसाथी फिल्मस्को ब्यानरमा बीबी बस्नेत र डा लक्ष्मीकान्त पाण्डेले निर्माण गरेको फिल्मबाट निर्देशक बस्नेतले डेब्यु गरेकी हुन् ।

फिल्मका निर्देशकदेखि अधिकांश सदस्यहरू नाट्य क्षेत्रबाट आएका छन्।

पछिल्लो परिमार्जन ( बिहिबार, 16 मे 2013 12:00 )
 
माओवादी दुरदृष्टि नभएको पार्टी–ओली
बुधबार, 15 मे 2013 11:30    PDF Print E-mail

दमक, १ जेठ । एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले एमाओवादी कुनै दर्शन र दुरदृष्टि नभएको पार्टी भएको बताएका छन् ।

दमकमा प्रेस चौतारीले बुधबार आयोजना गरेको पत्रकरा भेटघाटमा ओलीले सो भनाई राखेका हुन् ।

कार्यक्रममा उनले एमाओवादीे खोक्रो सिद्धान्तबाट चलेको पार्टी भएको दाबी गर्दैै यस्तो पार्टीको सिद्धान्तले मुलुक अगाडि बढन नसक्ने बताए ।

 
विश्व बैंकको नेपाल निर्देशकमा जुट
बुधबार, 15 मे 2013 11:29    PDF Print E-mail

काठमाडौं, १ जेठ । विश्व बैंकले नेपाल आवासीय निर्देशकमा जोहान्नेस जुटलाई नियुक्त गरेको छ। उनले नेपाल र बंगलदेशको कार्यभार सम्हाल्नेछन् ।

बैंकका अनुसार नेदरल्यान्डका नागरिक जुटसँग सन् १९९० यताको विकाससम्बन्धी अनुभव छ। उनी १९९९ मा विश्व बैंक प्रवेश गरेका थिए।

उनले इरिट्रिया, केन्या र रुवान्डाका लागि आवासीय निर्देशकका रूपमा काम गरेका थिए। त्यसै गरी उनी अंगोला, चीन, मालावी, मंगोलिया, मोजाम्बिक र जाम्बियामा आवासीय कार्यक्रम संयोजक थिए।

नेपालको गरिबी घटाउन र समृद्धिका लागि जुटले काम गर्ने बैंकले जनाएको छ। दिगो विकास, समावेशी वृद्धि र सुशासन प्रवर्द्धनमा नेपाल सरकार गरिरहेको काममा मद्दत गर्ने उनको प्राथमिकता हुने बैंकले उल्लेख गरेको छ।

 


Page 5 of 281