दर्ता तथा प्रवेश
राष्ट्रिय समाचार
नेपाली फिल्ममा तामिल हिरोइन
सोमबार, 13 मे 2013 11:10    PDF Print E-mail

altकाठमाडौ । तामिल, मलयालम र तेलुगु भाषाका फिल्म खेलिसकेकी भारतीय अभिनेत्री सोनाली जोशीकोनेपाली फिल्म ‘माया दिउँ झैं भो’ मा अभिनय गरेकी छन् । फिल्म जेठको पहिलो शुक्रबार रिलिज हुने भएको छ।

निर्मल केसीद्वारा निर्देशित फिल्ममा सोनालीले बिराज भट्टको जोडी भएर अभिनय गरेकी छन्। सोनालीको यो पहिलो नेपाली फिल्म हो। फिल्ममा पूजना प्रधान, पुष्कर भट्ट, विनय आनन्द लगायतले पनि अभिनय गरेका छन्।


प्रेम, एक्सन र पारिवारिक ड्रामाले भरिपूर्ण यस फिल्मलाई भोजपुरी र नेपाली दुई भाषामा निर्माण गरिएको हो। फिल्मको ८० प्रतिशत छायांकन भारतको मुम्बईमा भएको थियो।

पछिल्लो परिमार्जन ( सोमबार, 13 मे 2013 11:32 )
 
मतपत्र ब्रेललिपिमा पनि
सोमबार, 13 मे 2013 11:07    PDF Print E-mail

काठमाडौं, ३० वैशाख । निर्वाचन आयोगले अबको चुनावमा दृष्टिविहीनले ब्रेल लिपिबाटै भोट हाल्न पाउने व्यवस्था गरेको छ । आयोगका अनुसार मोटर पुगेका हरेक मतदान केन्द्र समेत अपांग मैत्री बनाइनेछ ।

शारीरिक रुपले अशक्त भएकालाई ह्विलचेयरको सहायतामा मतदान पेटिकासम्म पुग्ने बाटो तयार गर्ने तयारी आयोगले गरेको निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले बताए ।

 
कोइराला र बोडेबीच भेट
सोमबार, 13 मे 2013 11:00    PDF Print E-mail

काठमाडौं, ३० वैशाख । अमेरिकी राजदुत पिटर डब्लु बोडे सोमबार महाराजगन्जस्थित कोइराला निवास पुगीनेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग भेट गरेका छन् ।

भेटमा राजदुतलाई सभापति कोइरालाले चुनाज मिति तोक्न दलहरुबीच छलफल भइराखेको जानकारी दिएको नेता डा मीनेन्द्र रिजालले बताए ।

राजदूत बोडेले भने चुनावबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत होस् भन्ने अपेक्षा राखेका थिए । राजदूत बोडेले चुनावलाई अमेरिकाले सक्दो सघाउने अश्वासन दिएका थिए ।

 
उमेर १०१, सन्तान १०६
सोमबार, 13 मे 2013 10:59    PDF Print E-mail

गुल्मी, ३० वैशाख । गुल्मीकी एक वृद्धा १०१ वर्षको उमेरमा गर्दा १०६ सन्तानका अभिभावक बनेकी छिन् ।

गुल्मी रुरु–३ की भीमला ज्ञवालीले आफ्नै खनाति खनातिनासँगै एकसय वर्ष पुरा गरेको उपलक्ष्यमा हालै जन्मदिन मनाएकी छन् । ज्ञवालीका दुई छोरा र पाँच छोरीबाट जन्मेका सन्तानको सङ्ख्या १०६ पुगेको छ ।

भीमलाका दुई छोरा र पाँच छोरीबाट जन्मेका सन्तानको हाँगो फैलिँदै गएर अहिले १७ नाति, १५ नातिनी, २९ पनाति, ३३ पनातिनी, एक खनाति र चार खनातिनी पुगेका छन् ।

पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 10:40 )
 
जनजाति महासंघमा अध्यक्षका लागि पाँचको उम्मेदवारी
सोमबार, 13 मे 2013 10:55    PDF Print E-mail

चितवन, ३० वैशाख । आइतबारदेखि चितवनको सौराहामा नेपाल आदिवासी जनजाति महासंघको आठौँ महाधिवेशन जारी छ ।

महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारीको घोषणा गरेका छन् । उम्मेदवारी दिनेहरुमा नागेन्द्र कुमाल, चन्द्रविक्रम राई, नरेश ताम्राकार, पेमा शेर्पा र नित्यानन्द ताजपुरियाको रहेका छन् ।

सोमबार साँझ तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । महासंघमा आबद्ध ७१ जिल्लाका ५०० बढी प्रतिनिधिको भेलाले नयाँ नेतृत्वसहित भावी रणनीति तय गर्ने महासंघको केन्द्रीय अध्यक्ष राजकुमार लेखीले जानकारी दिए ।

 
गरिबीकै कारण आत्महत्या
सोमबार, 13 मे 2013 10:42    PDF Print E-mail

जाजरकोट, ३० वैशाख । जाजरकोटकी एक महिलाले गरिबीकै कारण झुन्डिएर आत्महत्या गरेकी छिन् ।

परिवारमा दैनिकी चलाउदै गाह्रो भएपछि खगेनकोट–६ की २८ वर्षीय रत्नकुमारी विकले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यसअघि पनि उनले पटकपटक आत्महत्या प्रयास गरेको बुझिएको छ । यार्सा संकलनलाई डोल्पा जाने तयारी भइरहादाँ श्रीमानसँग विवाद भएपछि सो घटना भएको प्रहरीले जनाएको छ ।

विकका श्रीमान्, दुई छोरा र एक छोरी रहेका छन् । उनको शव आइतबार बिहान ८ बजे घर नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय खगेनकोट दल्लीले बताएको छ ।

 
यस्तो छ स्ववियुको चुनाव तालिका
आइतबार, 12 मे 2013 10:25    PDF Print E-mail

काठमाडौं, २९ वैशाख । आइतबार त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

२०६५ पछि स्ववियु निर्वाचनका बल्ल यसपाला स्ववियुको चुनाव हुन लागेकोले यसको निकै महत्वका साथ हेरिएको छ ।

जेठ १०–मातादाता नामावली प्रकाशन
जेठ १३–मतदाता नामावलीको अन्तिम प्रकाशन
जेठ १४– उम्मेदवार मनोनयनपत्र वितरण
जेठ १६–उम्मेदवारको नामावली प्रकाशन
जेठ १७–दाबी विरोधसहित उम्मेदवारको नामावली प्रकाशन
जेठ १९–उम्मेदवारको अन्तिम नामावली प्रकाशन
जेठ २३–मतदान

 

 
साना दलले बन्द फिर्ता लिए
आइतबार, 12 मे 2013 10:23    PDF Print E-mail

काठमाडौं, २९ वैशाख । सोमबार नेकपा–माओवादीलगायतका ३३ राजनीतिक दलले गरिने भनिएको बन्द कार्यक्रम स्थगन गरेका छन् ।

रातो मछिन्द्रनाथको जात्रालगायतका महत्वपूर्ण कामहरु परेका कारण बन्द फिर्ता लिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मणि थापाले बताए ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई नियुक्त गरिएको विरोधमा साना दलले नेपाल बन्दलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

 
सुरुङ खनेर ८ कैदी फरार
आइतबार, 12 मे 2013 10:21    PDF Print E-mail

रोल्पा, २९ वैशाख । शनिबार राति रोल्पा कारागारबाट आठ जना कैदी सुरुङ खनेर भागेको प्रहरीले जनाएको छ ।

करिब साढे १२ बजे सुरुङ खनेर भाग्नेमा अजुर्न सेन, राजबहादुर ओली, धु्रव डाँगी, चम्फे विक, दीपक पुन, बसन्त रोका, कृष्ण ओली र राजु थापा रहेका छन् ।

कैदी भागेपछि अनुसन्धान टोली गठन गरिएको छ । अनुसन्धानका लागि करागारमा खटिएका सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले नियन्त्रणमा लिएको जनाएको छ ।

 
मधेस बन्दमा ६ पक्राउ
आइतबार, 12 मे 2013 10:20    PDF Print E-mail

वीरगन्ज, २९ वैशाख । नेपाल सद्भावना पार्टीले १० सुत्रीय माग राख्दै गरेको मधेस बन्दका कारण यातायात ठप्प भएका छन् ।

बीरगन्जमा शैक्षिक संस्थामा बन्दको प्रभाव परेको छैन । विद्यालयलाई शान्ति क्षेत्र भएकोले कुनै रोकटोक नलगाइएको पार्टीले जनाइएको छ ।

यसैगरी इटहरीमा बन्द गराउदै हिड्ने पार्टीका सुनसरी जिल्ला सदस्य परमेश्वर मण्डलसहित ६ नेता तथा कार्यकर्तालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

 


Page 6 of 280