| ‘चुनावको मिति तोक’ |
| शुक्रबार, 10 मे 2013 10:28 |
 |
 |
 |
|
|
काठमाडौं, २७ वैशाख । युरोपेली संसद्को प्रतिनिधिमण्डलका अध्यक्ष जीन लामबेटले मंसिरभित्रै संविधानसभाको चुनाव सम्पन्न गर्ने गरी चुनवाको मिति तोक्न आग्रह गरेका छन् ।
नेपालको चारदिने भ्रमण पूरा गरी ब्रसेल्स जादै गरेका जीनले वक्तव्य जारी गर्दै उक्त आग्रह गरेका हुन् ।
मंसिरभित्रै चुनाव गर्दा नेताहरु स्थिर, समृद्ध र प्रजातान्त्रिक नेपाल निर्माणको जनआकांक्षाप्रति गम्भीर रहेको सन्देश नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायमा पुग्ने उनले बताएका छन् ।
|
|
|
| पाँचौ राष्ट्रिय पर्यटन मेला शुरु |
| शुक्रबार, 10 मे 2013 10:18 |
 |
 |
 |
|
|
काठमाडौं, २७ वैशाख । राजधानीको भृकुटीमण्डपमा पाँचौँ राष्ट्रिय पर्यटन मेला शुक्रबारबाट सुरु भएको छ ।
नेपालको पर्यटकीय गन्तव्यको पहिचान तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप मेला शुरु गरिएको बोर्डले जनाएको छ ।
तीनदिनसम्म सञ्चालन हुने मेलामा पर्यटन र पर्यटनसँग सम्बन्धित सेवा प्रदान गर्ने शैक्षिक तथा तालिम प्रदायक संघसंस्थाहरूको सहभागिता रहने छ ।
मेलामा मुलुकका विभिन्न भूभागमा सञ्चालनमा रहेका १३ वटा घरवास पर्यटन (होमस्टे), प्याकेज पर्यटन र नयाँ गन्तव्य स्थानको जानकारी राखिएको छ ।
|
|
|
| झापा बन्द, ट्रकमा आगजनी |
| शुक्रबार, 10 मे 2013 10:09 |
 |
 |
 |
|
|
भद्रपुर, २७ वैशाख । राप्रपा नेपालले शुक्रबार झापा बन्द गरेको छ । पक्राउमा परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै उक्त पार्टीले अप्रत्यासित बन्द गरेको स्थानीय प्रशासनले जनाएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै पार्टीका कार्यकर्ताद्वारा आज बिहान चारपानेमा एक मालबाहक ट्रकमा आगो लगाइदिएका छन् ।
पेट्रोल छर्केर आगजनी गरेपछि ट्रकको आधा भाग जलेर नष्ट भएको छ । सो कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
|
|
|
| नेपाली भिडियोमा पनि बेडसिन |
| बिहिबार, 09 मे 2013 12:23 |
 |
 |
 |
|
|
काठमाडौ । नायिका प्रियांक कार्कीले रातकी रानी बोलको गीतमा बनेको म्युजिक भिडिमोमा ४५ सेकेण्ड बेडसिन दिएकी छन् ।
फिल्मका अश्लील दृश्य राखेको भन्दै कैँची चलिरहेको बेला प्रियंका अभिनित यो म्युजिक भिडियो एकसातायता टेलिभिजनहरूमार्फत बज्न थालेको छ।
भिडियोमा प्रियंकाले एक पुरुष कलाकारसँग झन्डै ४५ सकेन्ड बेडसिन दिएकी छन्। प्रताप सिंहले निर्देशन गरेको भिडियोमा प्रियंका यौनकर्मी महिला बनेकी छन्।
|
| पछिल्लो परिमार्जन ( शुक्रबार, 10 मे 2013 02:45 ) |
|
| 'आन्दोलनले कार्कीलाई हटाउन सक्दैन' |
| बिहिबार, 09 मे 2013 11:46 |
 |
 |
 |
|
|
काठमाडौ, २६ वैशाख । अख्तियार प्रमुख लोकमानसिहं कार्कीलाई कुनै पनि आन्दोलनले हटाउन नसक्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
राजधानीको वल्ड ट्रेड सेन्टरमा आयोजित ‘राजनीतिमा महिला सहभागिता’ बिषयक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कार्कीको नियुक्ति सिफारिस चारै राजनीतिक शक्तिका सहमतिमा भएकालेकसैले हटाउन नसक्ने बताएका हुन् ।
दाहालले अदालत वा अब बन्ने संसद्ले मात्रै उनको सम्बन्धमा निर्णय लिनसक्ने बताए । कार्कीको नाम राष्ट्रपतिले स्वीकृत नगरेको भए झन् खतरा हुने उनले खुलासा गरे । दाहालले भने, ‘दलहरुबीच एक हप्ता छलफलपछि कार्कीको नाम सिफारिस गरिएको हो ।’
|
|
|
| विद्यालयमा बम, सेनाद्धारा निस्क्रिय |
| बिहिबार, 09 मे 2013 11:38 |
 |
 |
 |
|
|
बुटवल, २६ वैशाख । रूपन्देहीको पर्रोहा उमाविमा परीक्षा हलमै प्रेसर कुकर बम फेला परेपछि विद्यार्थी अंताकिंत बनेका छन् । भवनको च्यानल गेटमै बम भेटिएपछि बिहान ७ बजे सुरु हुनुपर्ने परीक्षा एकघन्टा ढिलो गरी अर्कै भवना सञ्चालन गरियो ।
बम दिउँसो मात्र नेपाली सेनाको निस्क्रिय पारेको थियो । बुटवलस्थित भवानी बक्स गणबाट गएको टोलीले बम निस्क्रिय पारेको इलाका प्रहरी कार्यालय बुटवलले जनायो ।
चार दिनदेखि सञ्चालन भएको एकीकृत घुम्ती शिबिर बिथोल्ने योजनाका साथ बम राखिएको हुनसक्ने अनुमान गरिएको छ । अहिलेसम्म बमको जिम्मेवारी कुनै समुहले लिएको छैन ।
|
|
|
| बाघले २ को ज्यान लियो |
| बिहिबार, 09 मे 2013 11:29 |
 |
 |
 |
|
|
चितवन, २६ वैशाख । चितवनको पश्चिमी गाउँ गीतानगरमा बाघको आक्रमणमा परी बिहीबार दुई जनाको ज्यान गएको छ ।
बिहान ४ बजे गाउँ छिरेको बाघले गीतानगर–४ का ७५ वर्षीय हनुमन्त सार्की र गीतानगर–१ का ३१ वर्षीय भीमबहादुर आलेमगरको ज्यान लिएको हो। सार्कीलाई आक्रमणपछि जंगल फर्केका बाघ खोज्न गएका आलेमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बाघको आक्रमणमा ३० वर्षीय विकास न्यौपाने घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत टिकाराम पौडेलको नेतृत्वमा टोली खटिएको बुझिएको छ ।
|
| पछिल्लो परिमार्जन ( बिहिबार, 09 मे 2013 11:32 ) |
|
| ऋण लिन टोली गठन हुने |
| बिहिबार, 09 मे 2013 11:22 |
 |
 |
 |
|
|
काठमाडौं, २६ वैशाख । सरकारले सडक विस्तारका लागि एसियाली विकास बैंकबाट ऋण सहायता लिन एक वार्ता टोली गठन गर्ने भएको छ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सडक विस्तारका लागि एसियाली विकास बैंकबाट रु ६ अर्ब ५४ करोड ऋण सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
बैठकले विशिष्ट व्यक्तिको सुरक्षाका लागि कानुन बनाउन निर्णयसमेत गरेको प्रवक्ता पौडेलले बताए ।
|
|
|
| एमाओवादी कार्यकर्ताको हत्या |
| बिहिबार, 09 मे 2013 11:13 |
 |
 |
 |
|
|
कलैया, २६ वैशाख । एमाओवादीका कार्यकर्ता राजेन्द्र मण्डललाई गएराति घरेलु हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गाउँकै बहुमोजमा सहभागी भएर फर्कने क्रममा एक समुहले टाउकामा घरेलु हतियार प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । कराते खेलाडी समेत रहेका ३५ वर्षीय मण्डलको उपचारका क्रममा राति १२ बजे वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।
हतियार प्रहार गर्ने प्रमोद मण्डल, दिप मण्डल, जयनारायण मण्डल रहेको प्रहरीले जनाएको छ । उनीहरु फरार छन् ।
|
|
|
| भत्केको भवनमा परी मर्नेको संख्या ९१२ |
| बिहिबार, 09 मे 2013 11:06 |
 |
 |
 |
|
|
ढाका, २६ वैशाख । बङ्गलादेशको राजधानी ढाकामा केही दिन अघि भत्किएको एक व्यापारिक भवनमा परी मृत्यु हुनेको संख्या ९ सय १२ पुगेको छ ।
अप्रिल २४ मा नौ तले भवन भत्किएपछि अझैसम्म पनि त्यहाँ उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ । एकैदिन बुधबार राति १ सय ३० जनाको शव फेला परेपछि अझै पनि त्यहाँ थप शव हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।
|
|
|
|
|
|
Page 7 of 279 |