दर्ता तथा प्रवेश
राष्ट्रिय समाचार
आन्दोलनले प्रधानमन्त्री हटाउने–कोइराला
PDF Print E-mail

काठमाडौ, २० माघ । नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले समयमै सत्ता नछाडे आन्दोलनबाट वर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई हटाउने दाबी गर्नुभएको छ ।

विरेन्द्रनगरमा शनिवार भएको पत्रकार सम्मेलनमा कोइरालाले अहिलेकै अवस्था रहिरहे प्रधानमन्त्रीलाई लिवियाका शाशक कर्णेल गद्धाफीको हालतमा पुर्याउने चेतावनी समेत दिनुभयो ।

अरव क्रान्तिबाट पाठ सिकेर समयमै माओवादीले बुद्धि पुर्याउन पनि कोइरालाले सुझाव दिनुभयो ।

 
छ महिनामा १ सय ३४ अर्व ५७ करोड असुली
PDF Print E-mail

काठमाडौँ, १९ माघ । चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्यभन्दा १०२.०४ प्रतिशतले बढी भएको छ। आव २०६९-७० को पुस महिनासम्म राजस्व सङ्कलनको लक्ष्य रु १३१ अर्व ८८ करोड भएकामा रु १३४ अर्ब ५७ करोड असुली भएको छ। 

अर्थ मन्त्रालयमा आज भएको अर्धवार्षिक समीक्षा बैठकमा दिइएको जानकारीअनुसार भन्सार महसुल रु २७०७.४१ करोड, मूल्यअभिवृद्धि कर रु ४०१३.५८, अन्तःशुल्क रु १७६९.३७ करोड र रु ३०६४.८३ करोड आयकर सङ्कलन भएको छ ।

 

यसैगरी रजिस्ट्रेसन दस्तुर रु १७४.२१ करोड, सवारी साधन कर रु २१५.७७ करोड र गैरकरतर्पफ रु १४५०.९६ करोड सङ्कलन भएको छ । 

कुल राजस्व असुलीमा भन्सार महसुलको अंश १९ प्रतिशत, मूल्य अभिवृद्धि करको अंश ३१ प्रतिशत, अन्तःशुल्कको अंश १३ प्रतिशत, आयकरको अंश २३ प्रतिशत, घरजग्गा रजिसट्रेसनको अंश एक प्रतिशत, सवारी साधन करको अंश दुई प्रतिशत र गैरकरको अंश ११ प्रतिशत छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, अर्थसचिव तथा उक्त मन्त्रालयका उच्च पदाधिकारी, विभागीय प्रमुख र काठमाडौ उपत्यकास्थित कार्यालय प्रमुखको उपस्थितिमा सम्पन्न समीक्षा बैठकमा उपाध्याक्ष दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्रका विद्यमान चुनौतीको विश्लेषण गर्दै मुद्रास्फीतिलाई नियन्त्रण गर्नुपर्ने तथा बढी आम्दानी गर्ने वर्ग अझै पनि करको दायराभन्दा बाहिर रहेकाले तिनको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।

 
प्रधानमन्त्रीलाइ भ्रष्टाचार गरेको प्रमाण दिन चुनौती–रायमाझी
PDF Print E-mail

 

काठमाडौ, २० माघ । शान्तिमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप लगाउनुभन्दा पनि प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको छ ।

तराई स्वतन्त्र न्याय मञ्चद्वारा शुक्रवार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, "सरकारलाई भ्रष्टाचारको आरोप लगाउने हैन, प्रमाणित गरेर देखाउनुहोस् ।"

सडकबाट सरकार ढाल्न चुनौती दिंदै मन्त्री रायमाझीले "कसैलाई कुर्चीमा राख्न र कसैलाई कुर्चीबाट हटाउनका लागि जनता सडकमा आउादैनन्, आउन पनि हुन्न ।"

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा नारायण खड्काले निर्वाचनको मिति घोषणा गरेर निर्वाचन गराउन नसकेकाले नैतिक रुपमा अहिलेको प्रधानमन्त्रीले कुर्ची छोड्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता चन्द्रबहादुर गुरुङले सर्वसत्तावादको नाममा राष्ट्रपतिमार्फत अधिनायकवाद ल्याउन प्रतिपक्षी उद्दत भएको र सत्तापक्ष चुनावको नाममा सत्ता लब्याउन चाहिरहेको बताउनुभयो ।

 
राष्ट्रिय सहमतिको लागि जुनसुकै विकल्पमा जाने– गौतम
PDF Print E-mail

 

काठमाडौ, १९ माघ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानसभाको निर्वाचन जेठमा हुने भए आफ्नो पार्टी राष्ट्रिय सहमतिको लागि जुनसुकै विकल्पमा जान पनि तयार रहेको बताउनुभएको छ ।

तर, वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई, सत्ता गठबन्धनको प्रमुख दल एमाओवादी र मधेसी मोर्चाको नेतृत्व भने कदापि स्वीकार्य हुन नसक्नेसमेत उहाँले प्रष्ट पार्नुभएको छ ।

उपाध्यक्ष गौतमले शुक्रवार प्रेस चौतारी रूपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा देशलाई संवैधानिक सङ्कटमा पुर्‍याउने, विगतमा आफौले घोषणा गरेको निर्वाचन गराउन नसक्ने दल र व्यक्तिको नेतृत्व स्वीकार्न नसकिने प्रष्ट पार्नुभएको हो ।

उहााले एमाओवादीकै आग्रहमा कााग्रेसले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको र त्यसमा सबैको सहमति बनेको अवस्थामा एमाओवादीले सहमतिका लागि बाधा खडा गरेको आरोप लगाउनुभयो ।

उहााले एमाओवादीको सर्वसत्तावादलाई परास्त गर्न आन्दोलन बाहेकको विकल्प नरहेको बताउादै सबैलाई आन्दोलनमा उत्रन आह्वानसमेत गर्नुभयो ।

उहाँ जेठ १४ गते संविधानसभा भङ्ग गरेर बाबुराम भट्टराईले अन्तरिम संविधानमा भएका केही प्रावधानबाट फाइदा उठाएर एमाओवादीले सत्ताकब्जाको रणनीतिमा लागेको आरोप लगाउनुभयो ।

उहाँले अन्तरिम संविधानअनुसार वर्तमान सरकारलाई हटाउन राजनीतिक सहमति आवश्यक पर्ने भए पनि एमाओवादी र मधेसी मोर्चा सहमतिका लागि तयार नभएकाले राजनीतिक सङ्कट जटिल बन्दै गएको बताउनुभयो ।

 
बाबुराम भट्टराई अहिलेसम्मकै निरंकुश–नेपाल
PDF Print E-mail

काठमाडौ, १९  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बावुराम भट्टराई अहिलेसम्मकै निरंकुश प्रधानमन्त्री भएको बताउनुभएको छ ।

 

दैलेखको दुल्लुमा हुने प्रतिपक्षी दलहरूको शक्ति प्रदर्शनमा सहभागी हुन शुक्रवार दैलेख पुग्नुभएका नेता नेपालले पत्रकारसँग कुरा गर्दै जनतालाई गोली हान्न आदेश दिने प्रधानमन्त्री इतिहासकै निरंकुश भएको बताउनुभएको हो ।

युद्धकालका अपराधहरू कोट्याउन नदिने माओवादीको चरित्रले देशमा दण्डहीनता बढेको नेता नेपालको भनाइ छ । त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बोली फेर्दै हिँड्ने एकीकृत माओबादीका अध्यक्ष प्रचण्डको प्रवृत्तिका कारण सहमतिको वातावरण बन्न नसकेको बताउनुभयो ।

 

प्रतिपक्षी दलले माघ ६ गते तेस्रो जनआन्दोनलका रूपमा दैलेखबाट सुरु गरेको सरकारविरोधी आन्दोलन देशभर चर्किंदै गएका वेला प्रतिपक्षीले दुल्लुमा शनिवार शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा कांग्रेस सभापति सुशील कोइराला, युवा नेता गगन थापा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, युवा नेता ठाकुर गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबरालगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 
वेश्यालाई पैसा पोस्ने सांसद पक्राउ
PDF Print E-mail

काठमाडों, १९ माघ । अष्ट्रेलियाको प्रहरीले त्यहाँका एक सांसदलाई 'मनोमानी' ढंगले काम गरेको आरोपमा पक्राउ गरेको छ । ती सांसदमाथी मनोमानी ढंगले काम गरेको आरोपमा १ सय ५० मामिला दर्ता गरिएको बीबीसीले जनाएको छ ।

क्रेग थमसन नामक ती सांसदलाई उनको कार्यालयबाट पक्राउ गरेको जनाइएको छ । उनीमाथी आरोप छ कि, उनले एक युनियनको रकम दुरुपयोगगरी यौनकर्मी महिलालाई पोसे ।

त्यस्तै उनीमाथी अत्यधिक मोजमस्ती गरेको, अनावश्यक हवाईयात्रामा रकम खर्ज गरेको जस्ता आरोप लगाइएको जनाइएको छ ।

ती सांसद विरुद्ध महिला यौनकर्मीलाई पोस्ने लगायतका काममागरी सरकारी ढुकुटीबाट १ लाख डलर रकम दुरुपयोग गरेको आरोप लागेको छ । यो मामिला भने उनी सांसद बन्नुअघिको भएको जनाइएको छ ।

जतिखेर उनी त्यहाँको स्वास्थ्य सेवाक्षेत्रमा काम गर्ने व्यक्तिहरुका एक संघका प्रमुख थिए । राजनीतिमा आउनुअघि उनी स्वास्थ्य क्षेत्रका कर्मचारीहरुका युनियनसँग आवद्ध भएको बताइएको छ ।

 
भट्टराईलार्इ निर्वाचन गराउने अधिकार नभएको देउवाको दावी
PDF Print E-mail

काठमाडौ, १९ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डा बाबुराम भट्टराई नेतृत्वको सरकारले नयाँ जनादेशका लागि हुने संविधानसभाको निर्वाचन गराउने कुनै हैसियत नै नभएको बताउनु भएको छ।

नेपाली काँग्रेस हाँसपोसाले शुक्रवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले संवैधानिक निकायहरु खाली बनेको अवस्थामा यो सरकारले कसरी संविधानसभाको निर्वाचन गर्न सक्छ? भनेर प्रश्न समेत गर्नु भएको छ।

 

निर्वाचन आयोग खाली छ , अरु संवैधानिक निकायहरु धमाधम पदाधिकारीविहीन बनिरहेका छन् भन्दै नेता देउवाले सरकारका सबै निकाय खाली बनाएर मुलुकलाई अरु सङ्कटमा पारेर असफल राष्ट्र बनाउने यो सरकारलाई नेपाली जनताले एकछिन पनि राख्न नहुने जिकिरसमेत गर्नुभयो।

 

संविधान नै बनाउन नचाहने वर्तमान सरकारले नै संविधानसभा विघटन गरेर मुलुकलाई अन्योलग्रस्त बनाएको दाबी गर्दै उहाँले मुलुकमा सिर्जना गरिएको विद्यमान सङ्कट समाधानका लागि सम्पूर्ण राजनीतिक दल सहभागी रहेको राष्ट्रिय सहमतिको सरकार आवश्यक भएकोमा जोड दिनुभयो।

 
अमेरिकी अर्थतन्त्रमा गिरावट
PDF Print E-mail

वासिङ्टन, १८ माघ । युरोजोनमा आर्थिक मन्दीका समाचारहरू आइ नै रहेका बेला विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा पनि आर्थिक गिरावट आएको समाचारमा जनाइएको छ ।

सन् २०१२ को चौथो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र शून्य दशमलव एक प्रतिशतले गिरावट आएको बुधबारका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी वाणिज्य विभागले करिब तीन वर्षमा पहिलोपटक चौथो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ्य उत्पादनमा गिरावट आएको जानकारी गराएको छ ।

सङ्घीय सरकारका तीव्र खर्च कटौती र व्यापार सूचीमा भएको गिरावटजस्ता प्रमुख कारणले आर्थिक सङ्कुचन आएको पनि समाचारमा जनाइएको छ ।

वास्तविक सङ्घीय सरकारको उपभोग खर्च र कुल लगानी चौथो त्रैमासिकमा १५ प्रतिशतले गिरावट आएको थियो । यो अवस्थाको आंकलन पहिले नै गरिएको विश्लेषकहरूको भनाई छ ।

अमेरिकी वाणिज्य विभागका अनुसार त्यसको विपरित तेस्रो त्रैमासिकमा सो आाकडा नौ दशमलव पााच प्रतिशतले वृद्धि भएको थियो ।

 
अमेरिकामा बच्चा खोरमा थुनेर फिल्म हेर्न
PDF Print E-mail

 

लस एन्जेल्स, १८ माघ । अमेरिकाको लस एन्जेल्स सहरका एक महिला र उनको केटा साथीले बच्चालाई खोरमा थुनेर फिल्म हेर्न गएकोले प्रहरी थुनामा परेका छन् ।   बालबालिकाको हेरचाहमा लापरवाही गरेको भन्दै सो जोडीलाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले धर्म पुत्रीका रूपमा राखेका आठ वर्षीया बालिकालाई आफ्नै घरमा काठको खोरमा थुनेर राखेका थिए ।  उनको घरमा बच्चा बेवारिसे रहेको खबरका आधारमा प्रहरीले सो जोडीलाई पक्राउ गरेको समाचारमा जनाइएको छ । सो घरको सुत्ने कोठामा बनाइएको एकजना बच्चामात्र मुस्किलले अट्ने सो खोरमा ती बच्चा पाइएको प्रहरीले जनाएको छ । प्रहरीले बालबालिकाको राम्रो हेरचाह नगर्दा हुने कानुनी कारबाही अन्तर्गत सो जोडीलाई पक्राउ गरेको बताएको छ । सो जोडीले फिल्म हेरेर फर्किनु अगावै प्रहरीले सो घरको खानतलासी गरेर बच्चालाई एक्लै छोडेको बारेमा अनुसन्धान गरेको थियो ।

 
विचार नभएकाहरु जंगल जाने–कोइराला
PDF Print E-mail

काठमाडौ, १८ माघ । आफूहरु १० वर्ष सत्तामा टिकिराख्ने भन्दै काँग्रेसलाई जंगल पस्न एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेको टिप्पणीको जवाफ काँग्रेस सभापति शुशील कोइरालाले सुर्खेतबाटै दिनुभएको छ ।

'हामीसंग बन्दूक हैन विचार छ, हामी किन जंगल पस्ने ?' विहीबार वीरेन्द्रनगरमा भएको कार्यक्रममा सभापति कोइरालाले माओवादीतिर उल्टो तीर सोझ्याउँदै भन्नुभयो–'विचार नभएकाहरु जंगल पस्छन् विचार भएकाहरु जनतामाझ जान्छन ।'

नेपाली काँग्रेस सुर्खेतको पार्टी कार्यालय उद्घाटनका क्रममा भएको सभामा सभापति कोइरालाले काँग्रेस जंगल पस्ने नभई, जंगलबाट ल्याएको माओवादीलाई लोकतन्त्रको मूलधारमा ल्याई छाड्ने टिप्पणीपनि गर्नुभयो ।

'मैले प्रचण्डलाई पनि भनेको छु, तपाईंको बन्दूकले मलाई मार्न सक्ला तर मेरो विचारलाई मार्न सक्दैन ।' बन्दूके मानसिकताबाट माओवादी मुक्त हुन नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो–एउटा विचारमार्दा हजारौं विचार जन्मन्छन् ।'

१२ बुँदे समझदारीको विरोधीका रुपाम आँफूलाई चित्रित गरिएकोमा आक्रोशित बनेका सभापति कोइरालाले उक्त सम्झौताको कदर नगर्ने माओवादीकै जिम्मेवार नेताहरुबाट समझादारी च्यात्ने टिप्पणी आउनु दुःखद भएको उल्लेख गर्नुभयो ।

 


Page 67 of 280