दर्ता तथा प्रवेश
राष्ट्रिय समाचार
मधेस बन्दमा ६ पक्राउ
आइतबार, 12 मे 2013 10:20    PDF Print E-mail

वीरगन्ज, २९ वैशाख । नेपाल सद्भावना पार्टीले १० सुत्रीय माग राख्दै गरेको मधेस बन्दका कारण यातायात ठप्प भएका छन् ।

बीरगन्जमा शैक्षिक संस्थामा बन्दको प्रभाव परेको छैन । विद्यालयलाई शान्ति क्षेत्र भएकोले कुनै रोकटोक नलगाइएको पार्टीले जनाइएको छ ।

यसैगरी इटहरीमा बन्द गराउदै हिड्ने पार्टीका सुनसरी जिल्ला सदस्य परमेश्वर मण्डलसहित ६ नेता तथा कार्यकर्तालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

 
नवाज सरिफ प्रधानमन्त्री हुने
आइतबार, 12 मे 2013 10:18    PDF Print E-mail

इस्लामावाद, २९ वैशाख । पाकिस्तानमा हिजो भएको चुनावमा पकिस्तान मुस्लिम लिग अग्रपंक्तिमा देखिएको छ । २७२ सिट संसदको लागि भएको चुनावमा लिगले ११५ सिट्मा विजय हासिल गरेपछि अग्रपक्तिमा देखिएको हो ।

लिग पुर्वप्रधानमन्त्री मुहमाद नवाज सरिफको पार्टी हो । दुइपटकसम्म प्रधानमन्त्री भएसकेका उनी पुनः प्रधानमन्त्री हुने निश्चित भएको पाकिस्तानी राजनीतिक दलहरुले जनाएका छन् । यसअघि उनी सन् १९९० र १९९७ मा प्रधानमन्त्री भएका थिए ।

आइतबार सार्वजनिक गरिएको निर्वाचनको परिणामअनुसार सरिफ दुईस्थानबाट जितेका छन् ।सन् १९९९ मा तत्कालीन सैनिक शासक परभेज मुसर्रफले सरिफलाई सैनिक कुबाट हटाएका थिए । कु गरी हटाउने मुसर्रफ स्वयम हाल जेलमा जीवन वितारहेका छन् ।

 
थ्री स्टार एएफसी प्रेसिडेन्ट कपका लागि छानियो
शनिबार, 11 मे 2013 11:54    PDF Print E-mail

altकाठमाडौं । थ्री स्टार क्लव एएफसी प्रेसिडेन्ट कपका लागि छनौट भएको छ ।
काठमाडौंको दशरथ रंगशालामा भएको छनौट चरण अन्तर्गत शनिवारको पहिलो खेलमा मंगोलियाको इर्चिम क्लवले बंगलादेशको अवहानी लिमिटेडलाई १–० ले हराएपछि थ्री स्टार एक खेल अघि नै प्रतियोगिताका लागि छनौट भएको हो ।
थ्रीस्टार सहिद स्मारक ए डिभिजन लिग विजेता पनि हो ।
प्रतियोगितामा छनौट हुने दोश्रो टोलीको टुंगो भने थ्री स्टार र चाइनिज ताइपेईको ताइवान पावर कम्पनीबीच अहिले बेलुकी हुने खेलको नजितापछि हुनेछ ।
पहिलो खेलमा बंगलादेशको अवाहानी लिमिटेडसंग १–१ को बराबरी र दोश्रो खेलमा मंगोलियाको इर्चिम क्लबलाई २–० हराएको थ्री स्टार ४ अंकका साथ समूह ए को शीर्ष स्थानमा छ ।

पछिल्लो परिमार्जन ( बिहिबार, 16 मे 2013 12:54 )
 
अग्नि एयर भयो नमस्ते एयर
शनिबार, 11 मे 2013 10:42    PDF Print E-mail

काठमाडौं, २८ वैशाख । सात महिनादेखि उडान बन्द गरेर बसेको आन्तरिक वायुसेवा कम्पनी अग्नि एयर नमस्ते एयर को ब्रान्ड र लोगोमा उड्ने तयारी गरेको छ।

उडान रोकेको लामो समयपछि नमस्ते एयरले अग्निको सम्पूर्ण व्यवस्थापनको जिम्मा हो।

अग्निले विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ६५ करोड रुपैयाँ सकार्न नमस्ते तयार भएपछि व्यवस्थापन हेरफेर सम्झौता भएको हो।

पछिल्लो परिमार्जन ( शनिबार, 11 मे 2013 10:44 )
 
सुरु भयो साँघुरो
शनिबार, 11 मे 2013 10:26    PDF Print E-mail

altकाठमाडौ । परम्परागत भन्दा पृथक शैलीमा निर्माण गरिएको भनिएको फिल्म 'साँघुरो' शुक्रबारदेखि हलमा लागेको छ । सुकुम्बासी बस्तीको एउटा परिवारभित्रको कथावस्तुलाई फिल्ममा समेटिएको छ।

युवापुस्ताबीच लोकप्रिय भइरहेको जोयश पाण्डे निर्देशित फिल्ममा सुशांक मैनाली र दिया मास्केको दाम्पत्यजीवनलाई देखाइएको छ । छाप्रोभित्र नवदम्पतीलाई गोपनीयताको कठिनाइलाई फिल्ममा उतारिएको छ ।

फिल्मका लेखक विनोद मैनालीले हुन् । फिल्ममा दयाहाङ राई र अरुणिमा कार्कीको पनि अहम् भूमिका छ ।

 

पछिल्लो परिमार्जन ( शनिबार, 11 मे 2013 10:42 )
 
सुरक्षा सतर्कता बढाउ–गृहमन्त्री
शनिबार, 11 मे 2013 10:18    PDF Print E-mail

चितवन, २८ वैशाख । शनिबार चितवन पुगेका गृहमन्त्री माधवप्रसाद घिमिरेले यहाँका सुरक्षा अधिकारीलाई चुनाव कात्तिक वा मंसिरमै हुने भएकोले सुरक्षा सतर्कता बढाउन निर्देशन दिए । घिमिरेले कात्तिक महिनाको अन्तिम वा मंसिरको पहिलो साता चुनाव गर्ने गरी मिति घोषणाको तयारिमा रहेको दाबी समेत गरेका छन् ।

गृहमन्त्री घिमिरेले संक्रमणकालमा राजनीतिक संरक्षणमा आपराधिक गतिविधि मौलाउन सक्ने बताउदै मन्त्री घिमिरेले त्यसतर्फ चनाखो रहन सुरक्षा निकायलाई निर्देशन दिए । अन्य निकायमा कार्यरतलाई पनि चुुनावी कार्यक्रमको मध्यनजर राख्दै लामो विदा नदिन उनले सुझाएका छन् ।

पछिल्लो परिमार्जन ( शनिबार, 11 मे 2013 10:23 )
 
‘उग्रबामपन्थी गतिविधिले विकास रोक्दैछ’
शनिबार, 11 मे 2013 10:17    PDF Print E-mail

काठमाडौं, २८ वैशाख । पुर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा रामशरण महतले उग्रवामपन्थी गतिविधिले देशमा विकास हुन नसकेको बताएका छन् । उनले एनेकपा माओवादी र नेकपा–माओवादी अझै पनि उग्रवामपन्थी विचारमै अल्झिएको आरोप लगाए ।

नेपाली काँग्रेस जोरपाटी गाउँ कार्यसमितिद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले सो भनाई राखेका हुन् ।
माओ र माक्र्सको सिद्धान्त पढेर नेपाल चलाउन ठिक नभएकोल नेपाली राजनीति जटिल मोडमा उनको भनाई थियो ।

पछिल्लो परिमार्जन ( शनिबार, 11 मे 2013 10:24 )
 
बिहेमा छुरा हानाहान, दुई घाइते
शनिबार, 11 मे 2013 10:16    PDF Print E-mail

रुकुम, २८ वैशाख । जिल्लास्थित दुली गाविसमा भइरहेको विहेमा गएराति भएको चक्कु प्रहारबाट दुईजना घाइते भएका छन् । विहेमा केही युवाबीच छुरा हानाहान हुदाँमनबहादुर खत्री र मालबहादुर खत्री घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्येका मनबहादुरको अवस्था गम्भीर रहेकाले उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरेहेको छ । घटनामा छुरा प्रहर गर्नेहरु फरार छन् । घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको संयुक्त टोली घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।

 
चुनावको दिन बम विस्फोट, ११ को मृत्यु
शनिबार, 11 मे 2013 10:15    PDF Print E-mail

इस्लामाबाद, २८ वैशाख । मतदान भएकरहेकै बेला पाकिस्तानको धर्मनिरपेक्ष दल अवामी नेसनल पार्टीको कार्यालय नजिकै बम विस्फोट हुँदा ११ जनाको ज्यान गएको छ । अन्य पाँच जना गम्भीर घाइते भएको समाचार संस्थाहरुले जनाएको छ ।

सेनाको शासनमा चल्दै आएको देशमा तालिवान विद्रोहीको आक्रमणको व्यापाक डर रहेको वताइएको छ । अहिले सत्ता प्रमुखमा सेना प्रमुख जनरल अश्फाक परवेज कायानी छन् । पाकिस्तानमा यो ६६ वर्षकै पहिलोपटक प्रजातान्त्रिक चुनाव हो ।

पछिल्लो परिमार्जन ( शनिबार, 11 मे 2013 10:26 )
 
सरकार सहजकर्तामात्रै–रेग्मी
शुक्रबार, 10 मे 2013 10:46    PDF Print E-mail

काठमाडौ, २७ बैशाख । अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले यो सरकार चुनावका सहजकर्ता मात्र भएको बताएका छन् ।

संविधानसभाको चुनावबारे शुक्रबार सिहंदरबारमा आफैले डाकेको बैठकमा रेग्मीले उक्त भनाई राखेका हुन् । उनले चुनावको माहौल बनाउने काम सरकारको नभएकोले सरकारले सहजकर्ता र सुरक्षाको जिम्मेवारी मात्रै लिने स्पष्ट पारेका थिए ।

चुनावको सम्पुर्ण तयारी राजनीतिक दलहरुले गर्नुपर्ने उनको भनाई थियो । निर्वाचनको बातावरणको विषयमा निर्वाचन आयोग र सरकारको भूमिकाको टिप्पणी गर्नुको अर्थ नभएको भन्दै आयोगले निर्वाच निष्पक्ष ढंगले गर्न आवश्यक काम कारवाही गर्ने र सरकारले सुरक्षा मात्रै दिने भन्दै बाँकी कामको लागि दलहरु सक्रिय हुनु पर्ने जिकिर गरेका थिए ।

पछिल्लो परिमार्जन ( शुक्रबार, 10 मे 2013 10:48 )
 


Page 8 of 281