दर्ता तथा प्रवेश
राष्ट्रिय समाचार
नेपाल बन्यो डिभिजन च्याम्पियन
सोमबार, 06 मे 2013 10:47    PDF Print E-mail

altकाठमाडौं, २३ वैशाख । विश्व क्रिकेट डिभिजन–३ (आइसिसी) प्रतियोगितामा युगान्डालाई हराउदै नेपाल डिभिजन च्याम्पियन बनेको छ ।

बर्मुडामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपालले पाँच विकेटले युगान्डालाई पराजित गर्दै ६ राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहन सफल भएको हो ।

प्रतियोगिताको उप–विजेता युगान्डा तथा तेस्रो अमेरिका, चौथो बर्मुडा, पाचौ ओमन र छैटौं इटाली रहे ।

यो जित सँगै नेपाल (विजेता) र युगान्डा (उप बिजेता) ले विश्व बिक्रेट लिग डिभिजन–२ मा बढुवा हुनुका साथै सन् २०१४ मा न्युजिल्यान्डमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा भाग लिन पाउने भएको छ ।

 
लोकमानको सर्वत्र विरोध
सोमबार, 06 मे 2013 10:37    PDF Print E-mail

काठमाडौं, २३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीलाई नियुक्ति गराउन सिफारिस गरेको प्रति विरोध आउने क्रम जारी छ । जनआन्दोलन दबाउन भूमिका खेलेका भनी आलोचित कार्कीलाई प्रमुख आयुक्त पदमा नाम सिफारिश गरिएपछि नेकपा (एमाले) निकट अनेरास्ववियु मोरङले आज विराटनगरमा चक्काजाम गरेको छ ।

त्यसैगरी काठमाडौंमा पनि विद्यार्थी संगठनले कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेकोप्रति विरोध गरेका छन् ।
अखिल नोपल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु (क्रान्तिकारी)लगायतका विद्यार्थी सङ्गठनले सो सिफारिसको विरोधमा राजधानीका सरकारी क्याम्पस अगाडि सोमबार नाराबाजी गरेका थिए ।

 
थाई राजदूत जनकपुरमा
सोमबार, 06 मे 2013 10:37    PDF Print E-mail

जनकपुरधाम, २३ वैशाख । दुईदिने जनकपुर भ्रमणमा निस्केका थाइल्यान्डका राजदूत कानथोङ उनाकुलले सोमबार जनकपुरको धार्मिक तथा ऐतिहासिक स्थल भ्रमण गरे । चार सदस्यीय टोलीमा पुगेका राजदुत जनकपुरमा अत्याधुनिक सुविधा भएको स्मशानघाट निर्माणका लागि स्थलगत भ्रमणमा पुगेका थिए । 

थाइल्यान्डका व्यापारीहरुको संस्था ‘क्रिमेसन सेन्टर’ ले व्यवस्थित तथा सुन्दर स्मशानघाट निर्माण गरिदिने जनाएपछि ठाउँ हेर्न पुगेको दुतावास स्रोतले जनाएको छ । टोली आजै काठमाडौं फर्कनेछ ।

 
पुर्वका जिल्ला बन्द जारी
सोमबार, 06 मे 2013 10:35    PDF Print E-mail

धरान, २३ वैशाख । संघीय लिम्बुवान राज्य परिषद्ले पूर्वी क्षेत्रमा गरेको बन्द सोमबार पनि जारी रहेको छ । नागरिकता वितरण र मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्ने माग राखी शनिबारदेखि गरेको बन्दका कारण झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम मोरङ र सुनसरी असर परेको छ ।

बन्दका क्रममा तोडफोड गरेको अभियोगमा प्रहरीले १३ जनालाई पक्राउ गरेको जनाएको छ ।

 
दौडेरै ७५ जिल्ला
सोमबार, 06 मे 2013 10:03    PDF Print E-mail

जुम्ला, २३ वैशाख । जुम्ला तातोपानीका २३ वर्षीय कुलबहादुर शाहीले पुर्वपश्चिम दौड पुरा गरेका छन् । विसं २०६८ साल पुस २५ गते जुम्ला बसपार्कबाट थालेको यात्रा उनले २ वर्ष १८ दिनपछि पुरा गरेका हुन् ।

‘दिगो शान्तिका लागि देशव्यापी पैदल दौड’ अभियान लिएर शाही १४ अञ्चल ७५ जिल्ला पुगेका थिए ।

दौड पुरा गरेपछि शाहीले युवा तथा खेलकुद मन्त्रालयबाट रु १२ हजार राशिसहित सम्मानपत्र र एभरेस्ट वल्र्ड रेकर्डले प्रमाणपत्र दिएर सम्मान गरेको थियो । भिडियो डकुमेन्ट्री नहँुदा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउन सपना भने अधुरै रहेको शाहीले बताए ।

 
टेलिकमले सेवा विस्तार गर्न रिम बाँड्ने
आइतबार, 05 मे 2013 11:15    PDF Print E-mail

काठमाडौ, २२ वैशाख । नेपाल टेलिकमले चालू आर्थिक वर्षमा २ लाख ७० हजार रिम बाँड्ने जनाएको छ । सीडीएमए सेवा विस्तारका लागि नयाँ रिम बाँड्न लागिएको हो ।

कम्पनीले सीडीएमए सेवाको गुणस्तर बढाउनका लागि आईपीसीडएमए नेटवर्कको प्रयोग देशव्यापी बनाउने भएको छ । ुचालू आर्थिक वर्षभित्र पुरानो परिवर्तन गरेर सबै स्थानमा पहिलो चरणको आईपीसीडीएमए नेटवर्क सुरु हुने टेलिकमका नायब महाप्रबन्धक अनुपरञ्जन भट्टराईले बताए ।
सीडीएमए सेवामा नेपाल टेलिकमले सिफोन ब्रान्डमा फिक्सड लाइन, स्काइ नाममा मोबाइल सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले डाटाको नाम स्काई डाटा र स्काई प्रो राखेको छ ।

कम्पनीका अनुसार सीडीएमए सेवा प्रयोगकर्ता १० लाख नाघेका छन् । कम्पनीले बिक्री गर्ने प्रिपेड, पोस्टपेड र डाटा सेवा प्रयोगकर्ताको संख्या १० लाख ३५ हजार पुगेको हो । गत वैशाखबाट अन्तर्राष्ट्रिय एसएमएस सेवा पनि उपलब्ध हुन थालेको सीडीएमए सेवाबाट मुलुक भित्रैका अन्य नेटवर्कमा पनि एसएमएस पठाउने व्यवस्था गर्न लागिएको छ ।

 
अमेरिकालाई पछि पार्दै क्रिकेटमा बढुवा भयो नेपाल
आइतबार, 05 मे 2013 11:02    PDF Print E-mail

altकाठमाडौं। केही आशा बोके इटालीसँग खेलेको खेलमा नेपालले जित हात पारेसँगै विश्वकप क्रिकेटमा नेपाल बढुवा भएको छ । यसले नेपाली टोलीको विश्वकप सन् २०१४ मा न्युजिल्यान्डमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा भाग लिन पाउन भएको छ ।

बर्मुडामा जारी विश्व क्रिकेट डिभिजन–३ (आइसिसी) प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा नेपालले इटालीलाई आठ विकेटले पराजित गरेको हो । जितसँगै नेपाल आइसिसी डिभिजन–२ मा बढुवा भएको छ ।

शनिबार भएको अर्को खेलमा बर्मुडाले अमेरिकालाई पराजित गरेपछि नेपालको डिभिजन दुईमा प्रवेश गर्ने ढोका खुलेको हो ।

छ राष्ट्र सम्मिलित प्रतियोगिताको पाँच खेल सकिँँदासम्म युगान्डा शीर्ष स्थानमा रहेको छ । नेपाल, अमेरिका र बर्मुडाको समान ६ अङ्क रहे पनि नेट रन रेटका आधारमा नेपाल दोस्रो स्थामा रहेको हो ।

 
सुर्ती पिएको दृश्यमा कैची लाग्न सक्ने
आइतबार, 05 मे 2013 10:35    PDF Print E-mail

altकाठमाडौं । फिल्ममा कलाकारले चुरोट तानेका दृश्यले धेरै बालबालिका र किशोरी त्यसतर्फ आकर्षित हुने गरेको अध्ययनले पुष्टि गरेपछि यसै आधारमा चुरोट पिएको फिल्मी दृश्यमा सरकारले कैंची चलाउने भएको छ।

सुर्तिजन्य पदार्थको प्रमोट गर्छ भन्ने लागेका कुनै पनि दृश्य हटाउन सकिन्छ ।
अन्य सञ्चार माध्यममा सुर्तिजन्य पदार्थको विज्ञापन गर्न रोक लागे पनि चलचित्रमा चुरोट र खैनी खाएका दृश्य निर्वाध देखाइन्छ।

केही दिनअघि सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार बलिउड फिल्ममा भारतीय दर्शकले बर्सेनि १४ अर्ब सूर्तीजन्य पदार्थ प्रयोग भएको दृश्य हेर्नुपर्छ।

चलचित्र सेन्सर बोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेलले धुम्रपानसम्बन्धी कानुन लागू भइसकेको अवस्थामा त्यस्ता दृश्य काट्न सकिने बताए। सुर्तिजन्य पदार्थको प्रमोट गर्छ भन्ने लागेका कुनै पनि दृश्य हटाउन सकिन्छ,सञ्जेलले भने। धुम्रपान र सुर्ती सेवनका दृश्यमा कडाइका साथ रोक लगाइने बताएका सञ्जेलले राख्नै परे काट्न नपर्ने गरी राख्न निर्माता निर्देशकलाई सुझाए। स्वास्थ्य मन्त्रालयले सामग्री बनाएर दिए फिल्म सुरू हुनुअघि हलमा धुम्रपानविरोधी सन्देश देखाउन अनिवार्य गरिने पनि उनले बताए।

सरकारले २०६८ साल चैतमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन जारी गरी अघिल्लो वैशाखमा नियमावलीसमेत ल्याइसकेको छ। ऐनमा चलचित्रमा यस्ता दृश्य राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने प्रावधान छ।

भारतको नयाँ दिल्लीस्थित गैरसरकारी संस्था हृदयुले लन्डनको इम्पेरियल कलेजसग मिलेर सन् २००६ देखि २००८ सम्मका ४४ उत्कृष्ट कारोबार गर्ने फिल्मको अध्ययन गर्दा धेरैजसो किशोरकिशोरीले फिल्म हेरेपछि पहिलोपटक चुरोट वा सुर्ती सेवन गरेको पत्ता लगाएको थियो। विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य बस्तु सेवन गरेको दृश्य भएको फिल्मलाई एडल्ट सर्टिफिकेट दिनुपर्ने सुझाएको छ।

पछिल्लो परिमार्जन ( आइतबार, 05 मे 2013 11:01 )
 
परिषदको सिफारिस लोकमानलाई
आइतबार, 05 मे 2013 10:34    PDF Print E-mail

काठमाडौं, २२ बैशाख । वृहत चर्चा र विवादपछि संवैधानिक परिषद्को बैठकले आइतबार अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई नै नियुक्ति गर्न सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को करिब दुई घन्टा लामो बैठक सकेर बाहिरिएका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले भने, 'सबै कुरा मिलेर बैठक सकियो ।'

उच्चस्तरीय राजनीतिक संयन्त्रले अख्तियारमा कार्कीको सिफारिस गरेदेखि नै यसप्रति राष्ट्रपतिले असन्तोष व्यक्त गर्दै आएका थिए । अब राष्ट्रपतिले सिफारिस गरिदिएमा लोकमान अख्तियारका प्रमुख हुनेछ ।
उक्त निर्णयअनुसार लोकसेवामा कयोदेवी यमी र महालेखा परीषकमा भानुप्रसाद आचार्यको सिफारिस गरिएको छ । परिषद्को सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ ।

पछिल्लो परिमार्जन ( आइतबार, 05 मे 2013 10:45 )
 
शेर्पा दाजुभाईको नयाँ कीर्तिमान
आइतबार, 05 मे 2013 10:28    PDF Print E-mail

काठमाडौँ, २२ वैशाख । शेर्पा दाजुभाई मिङमा र छाङदावाले विश्वमा भएका आठ हजार मिटर भन्दामाथिका १४ वटा हिमाल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी कीर्तिमानी दाजुभाईले आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफलतापूर्वक आरोहण गर्ने आफूहरु पहिलो नेपाली भएको दाबी गरेका हुन् ।

उनीहरुले आरोहण गरेका हिमालहरु सगरमाथा, मकालु, लोत्से, ब्रोड पीक, दामी काङ, नागा पर्वत, मनास्लु, लाङटाङ लिरुङ, कञ्चनजङ्गा, कञ्चनजङ्गा जी–१ जी–२, अन्नपूर्ण, धौलागिरि, के–२ र सीइसा पाङमा हुन् । सन् २००० देखि हिमाल आरोहण शुरु गरेका थिए ।


संखुवासभा मकालु, नुर्वचौरका दाजुभाइले यस वर्ष सगरमाथा आरोहणको तयारी गरेको जानकारी समेत दिए ।

 


Page 9 of 279