|
जुम्ला, २३ वैशाख । जुम्ला तातोपानीका २३ वर्षीय कुलबहादुर शाहीले पुर्वपश्चिम दौड पुरा गरेका छन् । विसं २०६८ साल पुस २५ गते जुम्ला बसपार्कबाट थालेको यात्रा उनले २ वर्ष १८ दिनपछि पुरा गरेका हुन् ।
‘दिगो शान्तिका लागि देशव्यापी पैदल दौड’ अभियान लिएर शाही १४ अञ्चल ७५ जिल्ला पुगेका थिए ।
दौड पुरा गरेपछि शाहीले युवा तथा खेलकुद मन्त्रालयबाट रु १२ हजार राशिसहित सम्मानपत्र र एभरेस्ट वल्र्ड रेकर्डले प्रमाणपत्र दिएर सम्मान गरेको थियो । भिडियो डकुमेन्ट्री नहँुदा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउन सपना भने अधुरै रहेको शाहीले बताए ।
|
|
|
| टेलिकमले सेवा विस्तार गर्न रिम बाँड्ने |
|
|
काठमाडौ, २२ वैशाख । नेपाल टेलिकमले चालू आर्थिक वर्षमा २ लाख ७० हजार रिम बाँड्ने जनाएको छ । सीडीएमए सेवा विस्तारका लागि नयाँ रिम बाँड्न लागिएको हो ।
कम्पनीले सीडीएमए सेवाको गुणस्तर बढाउनका लागि आईपीसीडएमए नेटवर्कको प्रयोग देशव्यापी बनाउने भएको छ । ुचालू आर्थिक वर्षभित्र पुरानो परिवर्तन गरेर सबै स्थानमा पहिलो चरणको आईपीसीडीएमए नेटवर्क सुरु हुने टेलिकमका नायब महाप्रबन्धक अनुपरञ्जन भट्टराईले बताए । सीडीएमए सेवामा नेपाल टेलिकमले सिफोन ब्रान्डमा फिक्सड लाइन, स्काइ नाममा मोबाइल सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले डाटाको नाम स्काई डाटा र स्काई प्रो राखेको छ ।
कम्पनीका अनुसार सीडीएमए सेवा प्रयोगकर्ता १० लाख नाघेका छन् । कम्पनीले बिक्री गर्ने प्रिपेड, पोस्टपेड र डाटा सेवा प्रयोगकर्ताको संख्या १० लाख ३५ हजार पुगेको हो । गत वैशाखबाट अन्तर्राष्ट्रिय एसएमएस सेवा पनि उपलब्ध हुन थालेको सीडीएमए सेवाबाट मुलुक भित्रैका अन्य नेटवर्कमा पनि एसएमएस पठाउने व्यवस्था गर्न लागिएको छ ।
|
|
|
| अमेरिकालाई पछि पार्दै क्रिकेटमा बढुवा भयो नेपाल |
|
|
काठमाडौं। केही आशा बोके इटालीसँग खेलेको खेलमा नेपालले जित हात पारेसँगै विश्वकप क्रिकेटमा नेपाल बढुवा भएको छ । यसले नेपाली टोलीको विश्वकप सन् २०१४ मा न्युजिल्यान्डमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा भाग लिन पाउन भएको छ ।
बर्मुडामा जारी विश्व क्रिकेट डिभिजन–३ (आइसिसी) प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा नेपालले इटालीलाई आठ विकेटले पराजित गरेको हो । जितसँगै नेपाल आइसिसी डिभिजन–२ मा बढुवा भएको छ ।
शनिबार भएको अर्को खेलमा बर्मुडाले अमेरिकालाई पराजित गरेपछि नेपालको डिभिजन दुईमा प्रवेश गर्ने ढोका खुलेको हो ।
छ राष्ट्र सम्मिलित प्रतियोगिताको पाँच खेल सकिँँदासम्म युगान्डा शीर्ष स्थानमा रहेको छ । नेपाल, अमेरिका र बर्मुडाको समान ६ अङ्क रहे पनि नेट रन रेटका आधारमा नेपाल दोस्रो स्थामा रहेको हो ।
|
|
|
| सुर्ती पिएको दृश्यमा कैची लाग्न सक्ने |
|
|
काठमाडौं । फिल्ममा कलाकारले चुरोट तानेका दृश्यले धेरै बालबालिका र किशोरी त्यसतर्फ आकर्षित हुने गरेको अध्ययनले पुष्टि गरेपछि यसै आधारमा चुरोट पिएको फिल्मी दृश्यमा सरकारले कैंची चलाउने भएको छ।
सुर्तिजन्य पदार्थको प्रमोट गर्छ भन्ने लागेका कुनै पनि दृश्य हटाउन सकिन्छ । अन्य सञ्चार माध्यममा सुर्तिजन्य पदार्थको विज्ञापन गर्न रोक लागे पनि चलचित्रमा चुरोट र खैनी खाएका दृश्य निर्वाध देखाइन्छ।
केही दिनअघि सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार बलिउड फिल्ममा भारतीय दर्शकले बर्सेनि १४ अर्ब सूर्तीजन्य पदार्थ प्रयोग भएको दृश्य हेर्नुपर्छ।
चलचित्र सेन्सर बोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेलले धुम्रपानसम्बन्धी कानुन लागू भइसकेको अवस्थामा त्यस्ता दृश्य काट्न सकिने बताए। सुर्तिजन्य पदार्थको प्रमोट गर्छ भन्ने लागेका कुनै पनि दृश्य हटाउन सकिन्छ,सञ्जेलले भने। धुम्रपान र सुर्ती सेवनका दृश्यमा कडाइका साथ रोक लगाइने बताएका सञ्जेलले राख्नै परे काट्न नपर्ने गरी राख्न निर्माता निर्देशकलाई सुझाए। स्वास्थ्य मन्त्रालयले सामग्री बनाएर दिए फिल्म सुरू हुनुअघि हलमा धुम्रपानविरोधी सन्देश देखाउन अनिवार्य गरिने पनि उनले बताए।
सरकारले २०६८ साल चैतमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन जारी गरी अघिल्लो वैशाखमा नियमावलीसमेत ल्याइसकेको छ। ऐनमा चलचित्रमा यस्ता दृश्य राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने प्रावधान छ।
भारतको नयाँ दिल्लीस्थित गैरसरकारी संस्था हृदयुले लन्डनको इम्पेरियल कलेजसग मिलेर सन् २००६ देखि २००८ सम्मका ४४ उत्कृष्ट कारोबार गर्ने फिल्मको अध्ययन गर्दा धेरैजसो किशोरकिशोरीले फिल्म हेरेपछि पहिलोपटक चुरोट वा सुर्ती सेवन गरेको पत्ता लगाएको थियो। विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य बस्तु सेवन गरेको दृश्य भएको फिल्मलाई एडल्ट सर्टिफिकेट दिनुपर्ने सुझाएको छ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 05 मे 2013 11:01 ) |
|
| परिषदको सिफारिस लोकमानलाई |
|
|
काठमाडौं, २२ बैशाख । वृहत चर्चा र विवादपछि संवैधानिक परिषद्को बैठकले आइतबार अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई नै नियुक्ति गर्न सिफारिस गरेको छ ।
संवैधानिक परिषद्को करिब दुई घन्टा लामो बैठक सकेर बाहिरिएका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले भने, 'सबै कुरा मिलेर बैठक सकियो ।'
उच्चस्तरीय राजनीतिक संयन्त्रले अख्तियारमा कार्कीको सिफारिस गरेदेखि नै यसप्रति राष्ट्रपतिले असन्तोष व्यक्त गर्दै आएका थिए । अब राष्ट्रपतिले सिफारिस गरिदिएमा लोकमान अख्तियारका प्रमुख हुनेछ । उक्त निर्णयअनुसार लोकसेवामा कयोदेवी यमी र महालेखा परीषकमा भानुप्रसाद आचार्यको सिफारिस गरिएको छ । परिषद्को सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 05 मे 2013 10:45 ) |
|
| शेर्पा दाजुभाईको नयाँ कीर्तिमान |
|
|
काठमाडौँ, २२ वैशाख । शेर्पा दाजुभाई मिङमा र छाङदावाले विश्वमा भएका आठ हजार मिटर भन्दामाथिका १४ वटा हिमाल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी कीर्तिमानी दाजुभाईले आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफलतापूर्वक आरोहण गर्ने आफूहरु पहिलो नेपाली भएको दाबी गरेका हुन् ।
उनीहरुले आरोहण गरेका हिमालहरु सगरमाथा, मकालु, लोत्से, ब्रोड पीक, दामी काङ, नागा पर्वत, मनास्लु, लाङटाङ लिरुङ, कञ्चनजङ्गा, कञ्चनजङ्गा जी–१ जी–२, अन्नपूर्ण, धौलागिरि, के–२ र सीइसा पाङमा हुन् । सन् २००० देखि हिमाल आरोहण शुरु गरेका थिए ।
संखुवासभा मकालु, नुर्वचौरका दाजुभाइले यस वर्ष सगरमाथा आरोहणको तयारी गरेको जानकारी समेत दिए ।
|
|
|
|
नवलपरासी, २२ वैशाख । जिल्लको शिवमन्दिरका एक युवकले सुतिराखेकी आफनी श्रीमतीलाई सिलौटाले हानेर हत्या गरेका छन् । सिलौटा प्रहारपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिवमन्दिर गाविस–२ निवासी ३७ वर्षिय विश्वास पौडेलले राति १ बजे निदाई रहेको अवस्थामा एक्कासी सिलौटाले टाउकोमा हानेपछि उनको मृत्यु भएको हो ।
मानसिक रोगको औषधी सेवन गर्दै आएका पौडेलले श्रीमतीको हत्यागरेपछि आफैले प्रहरीलाई खबर गरेका थिए । उनी रातिनै इलाका प्रहरी कार्यालय कावासोतीको नियन्त्रणमा छन् ।
उनका ५ वर्षीय एक छोरा छन् । आमासँगै सुतेका छोरालाई उठाएर अर्को विस्तारामा सारेपछि सिलौटाले हानेर हत्या गरेको पौडेलले स्विकारेका छन् ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 05 मे 2013 10:31 ) |
|
| ‘भाषण गर्नु सरकारको काम होइन’ |
|
|
फिदिम, २२ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले चुनावी सरकारका सदस्यलाई राजनीतिक पार्टीहरुकाविरुद्ध भाषणबाजी नगर्न सुझाएका छन् ।
चुनावको जिम्मेवारी पाएका मन्त्रीहरुले राजनीतिक दलको विरोधमा बोल्न नसुहाउने उनको तर्क थियो । नेपाल प्रेस युनियनि पाँचथर शाखाले फिदिममा आयोजना गरेको पत्रकार सम्मलेनमा महतले दलहरु चुनावी अभियानमा लागिसकेकोले वर्तमान सरकारले राजनीतिक शक्तिले सहयोग गरेन भन्नुको कुनै तुक नरहेको बताए । चुनावी सरकारको यस्तो भाषणबाजीले बेलाबेला चुनाव हुदैन कि भन्ने शंका उत्पन्न हुने समेत उनको भनाई थियो ।
|
|
|
| पुर्वका नौ जिल्ल बन्द जारी, गाडीमा तोडफोड |
|
|
धरान, २२ वैशाख । निर्वाचन आयोगको मातादाता नामावली संकलनको विरोधमा संघीय लिम्बुवान राज्यपरिषदले गरेको पुर्वका नौ जिल्ला बन्द आइतबार पनि यथावतै रहेको छ । शनिबारबाट शुरु गरेको बन्दको अवज्ञा गरेको भन्दै आज इटहरीमा चारवटा सवारीसाधनमा तोडफोड गरिएको समाचार छ ।
राज्यपरिषद्का कार्यकर्ताले दुई वटा जिप, एउटा रात्रिबस र एउटा माइक्रोबसको सिसा पूर्णरुपमा फुटेको छ । सार्वजनिक तथा निजी स्वामित्वका सवारीसाधनमाथि तोडफोड भएपछि प्रहरी टोली परिचालन गरिएको छ । फोटोसहितको मतदाता नामावली सङ्कलनमा अवरोध गर्न गएको परिषद्का सातजना कार्यकर्तालाई शुक्रवार धनकुटाको बुधबारेबाट प्रहरीले पक्राउ गरेपछि शनिबारदेखि परिषद्ले अरुण पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको छ ।
|
|
|
| जाजरकोट जिल्ला अस्पताल अहेवकै भरमा |
|
|
जाजरकोट, २२ वैशाख । सामान्यतय इलाका हेल्थ पोस्टमा कार्यभार सम्हाल्ने आहेवले जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि धनिराहेका छन् ।
अस्पतालमा तीनजना चिकित्सकको दरबन्दी भएपनि आहेवकै भरमा सञ्चालन हुदाँ सेवाग्राहीलाई पर्याप्त सुविधा दिन सकेको छैन ।
अस्पतालमा डेलिभरी केसका लागि समेत सेवा नभएपछि सेवाग्राही नेपालगन्ज जान वाध्य छन् । नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहका अनुसार अस्पतालले सामान्य औषधिबाहेक मात्र वितरण गर्दै आएको छ ।
|
|
|
|
|
|
Page 10 of 279 |